ताप्लेजुङको सुकेटार विमानस्थलमा दुई सातायता उडान अवरुद्ध बनेको छ। प्रतिकूल मौसमका कारण सुकेटारमा एकमात्र नेपाल वायु सेवा निगमले गर्दै आएको उडान अवरुद्ध बनेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताललाई चाँडै अतिक्रमण मुक्त पारी सौन्दर्यकरणसमेत गर्न सरकार दत्तचित्त रहेको उल्लेख गर्नुभएको छ ।
ताप्लेजुङमा वन कुकुरले याक चौंरी खान थालेपछि किसान चिन्तित बनेका छन् ।
नागरिकता लिन जिल्ला सदरमुकाम हेटौँडासम्म आउन नसक्ने मकवानपुरको राक्सिराङ गाउँपालिका चेपाङ र दलित परिवारले आफ्नै बस्तीमा नागरिकताको प्रमाणपत्र पाउनुभएको छ ।
प्रहरी वृत्त मालीगाउँ काठमाडौँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउत पक्राउ परेका छन् ।
नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा र आगामी कार्यदिशा तय गर्न सातै प्रदेशमा विशेष छलफल कार्यक्रम आयोजना गर्ने भएको छ ।
श्रीलङ्का सरकारले भ्रष्टाचार विरुद्धको प्रयासलाई अझ प्रभावकारी बनाउन सोमबार (३१ मार्च २०२६) बाट ‘केन्द्रीकृत इलेक्ट्रोनिक सम्पत्ति घोषणा प्रणाली’ सुरु गरेको छ ।
तनहुँको खैरेनीटारमा जारी पाँचौँ शुक्लागण्डकी महोत्सव अन्तर्गत आयोजित कृषि प्रदर्शनीमा भीमकाय तरुल उत्पादन गर्ने कृषक पुरस्कृत हुनु भएको छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले नवगठित बालेन्द्र साह नेतृत्वको सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्न देखाएको चासो सकारात्मक रहेको बताउनुभएको छ ।
रौतहट जिल्ला अदालतका डिठ्ठा लवकुमार सिंह घुससहित पक्राउ परेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको तस्बिर कार्यालयको प्रयोजनका लागि सार्वजनिक भएको छ। यो तस्बिर प्रत्येक सरकारी कार्यालयमा राखिने छ ।
नेकपा (एमाले) को सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।
सरकारले सार्वजनिक गरेको शासकीय सुधार कार्यसूची भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय सुरुआत भएको विश्वास व्यक्त गरिएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरूको त्याग र बलिदानीकै कारण महिला तथा उत्पीडित समुदायको अधिकार स्थापित भएको दाबी गर्नुभएको छ ।
मध्य इरानको इस्फहान प्रान्तमा केही सैन्य स्थलमा आक्रमण हुँदा प्रान्तको सुरक्षा संरचना र औद्योगिक पूर्वाधारमा क्षतिको सङ्केत देखिएको छ । प्रारम्भिक विवरण अनुसार आक्रमणले प्रान्तका प्रमुख सैन्य बेसलाई लक्षित गरेको देखिन्छ, तर क्षतिको परिमाण र हताहतको विवरण अझै स्पष्ट भएको छैन ।