पैदल यात्रीको मृत्यु हुने गरी ठक्कर दिएर घटनास्थलबाट फरार भएका कारसहित चालकलाई इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले पक्राउ गरेको छ ।
अछामको साँफेबगर नगरपालिकाद्धारा आगामि आर्थिक वर्ष २०८२/०८३ का लागि ७१ करोड १२ लाख ६६ हजार २०१ रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
लुम्बिनी प्रदेशका विभिन्न पालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा केन्द्रित रहेर आगामी वर्षको बजेट प्रस्तुत गरेका छन् । आर्थिक वर्ष २०८२/८३ का लागि पालिकाले बजेटमार्फत मुख्य चार वटा क्षेत्रलाई प्राथमिकतामा राखेका हुन् ।
इलामका १० वटै नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको बजेटमा भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, सामाजिक विकास र पर्यटन प्रवर्धनमा जोड दिएको पाइएको छ ।
बागलुङको तमानखोला गाउँपालिले आगामी आवका लागि ३३ करोड ४१ लाख ६ हजार दुई सय ६५ रुपियाँको बजेट प्रस्तुत गरेको हो ।
चितवनमा श्रीमान्–श्रीमतीले भिरबाट हाम फालेका छन् । हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।
जनता समाजवादी पार्टी नेपालको राजविराज नगर अध्यक्षमा अरूण कुमार यादव निर्वाचित हुनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही असार १३ गते सचिवालय बैठक आह्वान गरेको छ ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले विद्यालय व्यवस्थापन समिति विद्यालय शिक्षा सुधारको बाधक रहेको बताउनुभएको छ । जनकपुरधाममा मङ्गलबारदेखि
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा दिउँसो १ः०० बजे बस्न तय भएको छ ।
लुम्बिनी प्रदेशका चार उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नौ अर्बभन्दा बढीको बजेट ल्याएका छन् । बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिइएको छ ।
सप्तकोशीको कटानबाट सिङ्गो बस्ती नै जोखिममा परेको भन्दै उदयपुरको बेलका नगरपालिकाका विभिन्न वडाका स्थानीयले तत्काल तटबाँध निर्माण गर्न माग गरेका छन् ।
गृह मन्त्रालयले यस वर्ष सार्वजनिक गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८२ मा बर्दिया जिल्लामा मनसुनजन्य विपत्बाट ८३ हजार ८१३ जना प्रभावित हुन सक्ने आकलन गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा बुधबार र बिहीबार सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको महाकाली बेसिन कार्यालयले जनाएको छ ।
बागमती प्रदेशका स्थानीय तहले मङ्गलबार नीति तथा कार्यक्रम र आगामी वर्षका लागि प्रस्तावित बजेट सार्वजनिक गरेका छन् । प्रदेशका उपमहानगर, नगरपालिका र गाउँपालिकाले आगा