अल्पसङ्ख्यक तथा सिमान्तकृत बोटे माझी समुदायको बाहुल्यता रहेको रुरुक्षेत्र गाउँपालिका–५ को बोटेगाउँमा नयाँ विद्यालय निर्माण भएको छ ।
सप्तरी प्रहरीले रसायनिक मल कालोबजारी गरेको आरोपमा एकजनालाई प्रक्राउ गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ३ पोर्ताहा ४५ वर्षीय मनोज कुमार यादवलाई पक्राउ गरेको हो ।
सन् १९३० को आर्थिक मन्दीको प्रभावबाट जोगिन राज्यको लगानीमा आर्थिक सक्रियता ल्याउन सार्वजनिक संस्थान स्थापना गर्ने लहड नै चल्यो । जनताका अति आवश्यक वस्तुको आपूर्ति तथा सेवा प्रवाह गर्न संस्थानको आवश्यकता पनि थियो । निजी क्षेत्रले नाफाको अपेक्षा गर्ने र नाफा कम तथा जोखिम हुने क्षेत्रमा लगानी गर्न उत्साहित नहुने क्षेत्रमा सरकारको लगानी बाध्यता देखियो ।
नेपाल जस्तो विकासोन्मुख मुलुकमा सार्वजनिक सेवा प्रवाह राज्य सञ्चालनको एक महत्वपूर्ण आधार हो । नागरिक राज्यसँग प्रत्यक्ष सम्पर्कमा आउने सबैभन्दा ठुलो क्षेत्र प्रशासन नै हो ।
यहाँ जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा कास्की कारागारमा गरिएको तोडफोडपछि फरार भएका कैदी बागलुङमा पक्राउ परेका छन् ।
१. नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण कहिलेबाट सुरु भएको हो ? विसं २०८२ मङ्सिर १ (सन् २०२५ नोभेम्बर १७) खेल सञ्चालन मिति : विसं २०८२ मङ्सिर १ – २७
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले शान्ति सुरक्षालाई विशेष प्राथमिकतामा राखेको बताउनुभएको छ ।
वैदेशिक सहायता परिचालन १. वैदेशिक सहायतालाई नेपालको राष्ट्रिय प्रणालीसँग तादात्म्यता कायम गरी परिचालन गर्न के गर्नु पर्ला ? लेख्नुहोस् । नेपालको संविधानले वैदेशिक सहायता लिँदा राष्ट्रिय आवश्यकता र प्राथमिकतालाई आधार बनाउँदै यसलाई पारदर्शी बनाउने र वैदेशिक सहायताबाट प्राप्त रकम राष्ट्रिय बजेटमा समाहित गर्ने नीति लिएको छ ।
सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहेको क्यासिनोलाई थप कानुनी दायरामा ल्याउने उद्देश्यका साथ विभिन्न १२ बुँदे निर्देशन जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय दाङ र इलाका प्रशासन कार्यालयहरूले एक महिनाको अवधिमा नागरिकता, राहदानी (ई–पासपोर्ट), राष्ट्रिय परिचयपत्रलगायतका १२ हजार ४२९ सेवा प्रदान गरेका छन् ।
दिवङ्गत पितृको सद्गतको कामना गर्दै मनाइने बालाचतुर्दशी बुधबार शतबीज छरेर मनाइएको छ । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा बिहानदेखि भिड लाग्ने गर्छ ।
बालाचतुर्दशी पर्वका दिन आज धार्मिक क्षेत्र देवघाटमा स्नान गर्ने र सतविज छर्नेको बिहानैदेखि भिड लागेको छ ।
जन्मजात आँखा नदेख्ने ताँजाकोट गाउँपालिका–२ का मीलन नेपालीलाई अन्धोपनले देउडा गाउन कुनै छेकबार लगाउन सकेको छैन । मिठो स्वरका धनी नेपालीले पहिले वनपाखामा देउडा गाउने गर्दै आएको भए पनि पछिल्लो समयमा भने ठुला कार्यक्रमका मञ्चमै गाउन थाल्नुभएको हो ।
करिब तीन सय वर्ष पुरानो बार्दलीसहितको ‘शताब्दी घर’ । इँटा र काठको वास्तुकला मात्र नभएर पहाडी जीवनशैली, इतिहास र अध्यात्मको सौन्दर्य बनेको छ । काँधमा मादल, हातमा झुर्मा बोकेर यही घरमा हरेक शनिबार साँझ युवाको भेला हुने गर्छ । पुरानो परम्परालाई जोगाइराख्न र नयाँ पुस्तामा पनि यसको प्रभाव कायम होस् भन्दै पर्वतका युवाको समूहले हरेक शनिबार ‘भजनकीर्तन साँझ’ को अभियान सुरु गरेको छ ।