सामान्य अवस्थामा पनि बजेटमाथि सर्वसाधारणका थुप्रै अपेक्षा हुन्छन् तर अहिले केही विशेष अवस्थामा बजेट बन्दै छ । एकातिर जनताका आशा धेरै छन् भने अर्कातिर अवास्तविक र कार्यन्वयनयोग्य नहुने गरेको आरोप पनि बजेटले सामना गर्दै आएको छ । वास्तवमा बजेट आर्थिक वृद्धि, रोजागरी विस्तार, मूल्य स्थिरता, सामाजिक न्याय र शोधनान्तर सन्तुलनको संयन्त्र हो । विगतका तथ्य विश्लेषण गर्दा बजेट तर्जुमा प्रक्रिया र यसका सारभूत पक्षमा आमूल परिवर्तन नगरी बजेट आफ्नो अभीष्टमा सफल नहुने देखिन्छ । बजेटको आकार मात्र अवास्तविक भएका होइनन्, यसले सम्बोधन गर्नुपर्ने नीति, प्राथमिकता र वार्षिक विकासका कार्यक्रमले सम्बोधन गर्नुपर्ने
चैत १९ गतेदेखि सुरु हुन लागेको एसइई परीक्षालाई जिल्लामा मर्यादित बनाउन सिरहा विकास मञ्च, सिरहाले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको छ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
रजत वर्षको अवसरमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आगामी चैत २० र २१ मा गर्ने मिडिया मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेलामा पत्रकारितामा गिद्वे प्रेसदेखि डिजिटल मिडियाको विषयमा चर्चा हुनेछ ।
कर्मचारी प्रशासनमा नियुक्ति, पदस्थापन र सरुवाको विशेष महत्व हुन्छ । नियुक्तिका लागि योग्य व्यक्ति छनोटका प्रक्रिया अपनाउने, छानिएका योग्य व्यक्तिलाई सही ठाउँमा पदस्थापन गर्ने र समय समयमा निष्पक्ष, पारदर्शी र अनुमानयोग्य ढङ्गले सरुवा गर्ने प्रणालीले कर्मचारी प्रशासनको उत्पादकत्व बढाउँछ । यहाँ सरुवा सम्बन्धमा चर्चा गर्न लागिएको छ ।
१. राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ तथा संसदीय दलका नेता बालेन्द्र शाहको प्रधानमन्त्रित्वमा नयाँ सरकारको गठन कहिले भएको हो ? विसं २०८२ चैत १३ – प्रधानमन्त्री नियुक्त : विसं २०८२ चैत १३
उद्योग वाणिज्यसंघ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका नरेश कँडेल सर्वसम्मत हुनुभएको छ । चैत २० गते आयोजित नवौं गण्डकी प्रदेशस्तरीय सभा तथा तेस्रो अधिवेशनका लागि चैत १५ गते मनोनयन दर्ता रहेको थियो ।
जिल्ला प्रशासन कार्यालय, दाङले सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
प्रशासनिक कार्यसञ्चालनका आधार १. सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐनले व्यवस्था गरेबमोजिम प्रशासनिक कार्यसञ्चालनका आधारहरू प्रस्तुत गर्नुहोस् । साथै सो ऐनले प्रशासनिक निर्णय प्रक्रियालाई कसरी निर्देशित गरेको छ ? उल्लेख गर्नुहोस् । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ ले सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी तथा जनसहभागितामूलक बनाई त्यसको प्रतिफल सर्वसाधारण समक्ष पु¥याउने उद्देश्य लिएको छ । प्रशास
सार्वजनिक सवारीमा यात्रुमाथि दुर्व्यवहार गरेको आरोपमा एक जिप चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिरुवा गाउँपालिका–७ निवासी ४९ वर्षीय अनबहादुर गुरुङलाई पक्राउ गरेको हो ।
घरेलु तथा साना उद्योग कार्यक्रममार्फत एक सय ५५ जनाले रोजगारी प्राप्त गरेका छन् । चालु आर्थिक वर्ष २०८२–८३ को फागुन मसान्तसम्ममा एक सय ५५ जनाले रोजगारी प्राप्त गरेका हुन् ।
चलचित्र ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेतृ स्वस्तिमा खड्कासँगै अभिनेता विशाल देवकोटा देखिनुभएको छ । नेपालको रङ्गमञ्चमा अभिनेतासँगै निर्देशकका रूपमा चिनिएका कलाकार देवकोटा चलचित्रमा अडिसनमार्फत छनोट हुनुभएको हो ।
आगामी चैत १९ देखि २३ गतेसम्म हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । ‘विश्वका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलिचत्र महोत्सव’ भन्ने नाराका साथ फ्युचर फर्वार्ड थिममा आयोजना हुन लागेको महोत्सवको प्राविधिक र व्यवस्थापकीय पक्षलाई आयोजक समितिले अन्तिम रूप दिएको हो ।
नेपालयको ‘आर’ शालामा दार्जिलिङका गायक तथा सङ्गीतकार दुर्गा खरेलको साङ्गीतिक कार्यक्रम पलेँटी सम्पन्न भएको छ । कार्यक्रममा प्रस्तुत गरिएका गीतको छनोट दुर्गा खरेलले आफ्नो बाल्यकालको सम्झनाका आधारमा गर्नुभएको थियो ।