छोटो समयमै घर तथा भवन निर्माणमा प्रयोग गरिने सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । रौतहटको गौशालामा रहेको एभरेस्ट फाइबर बोर्ड सिमेन्ट उद्योगले यस प्रकारको बोर्ड उत्पादन सुरु गरेको हो ।
नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त भएको एक महिनामा प्राडा विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । सार्वजनिक सम्पत्ति विवरण अनुसार उहाँसँग हाल साढे १७ करोड रुपियाँभन्दा बढीको सम्पत्ति रहेको छ ।
मानसरोवर कैलाशको दर्शन गर्न जाने ३४१ जना भारतीय पर्यटक हुम्लामा आएका छन् । कोरोनायता भारतीय तीर्थयात्रीलाई रोक लगाएको चीनले कैलाश मानसरोवर यात्रा पुनः सुचारु गर्दा हुम्ला आउने भारतीय पर्यटकको बढेका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालका श्रमिकले खाडीका देशको विकासमा योगदान दिएको हुँदा ती देशले हाम्रा नागरिकलाई श्रमिकका रूपमा मात्र नलिई विकास साझेदार मान्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको दोस्रो विधान महाधिवेशनमा तीनवटा प्रस्ताव पेस गर्ने निर्णय गरेको छ । ललितपुर च्यासलस्थित एमाले मुख्यालयमा बिहीबार बसेको ५३औँ सचिवालय बैठकले विधान महाधिवेशनमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव पेस गर्ने निर्णय गरेको बैठकपछि पत्रकार सम्मेलनमा पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार गतिविधिलाई स्वच्छ, पारदर्शी र प्रभावकारी बनाउन प्रविधिको उच्चतम उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ४३ पैसा र बिक्रीदर १३८ रुपियाँ ०३ पैसा निर्धारण गरिएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने विप्रेषण (रेमिट्यान्स) नेपालले विदेशबाट प्राप्त गर्ने सबैभन्दा ठुलो आम्दानी हो ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही मधेश प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
कोशीमा बिजुलीका ट्रान्सफर्मर चोरी भएर नेपाल विद्युत् प्राधिकरण हैरान बनेको छ । पछिल्लो तीन महिनामा सुनसरी, झापा र मोरङमा छ वटा ट्रान्सफर्मर चोरी भइसकेका छन् । चोरीमा संलग्न अहिलेसम्म पक्राउ परेका छैनन्, जसका कारण नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेश कार्यालयमातहत कार्यलयका प्रमुख हैरानमा परेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा सुनको आयात ५० प्रतिशतले घटेको छ । निरन्तर सुनको मूल्य बढेका कारण स्थानीय बजारमा माग कम हुँदा आयातमा कमी आएको हो ।
कानुनले तोकेकै समयमा गाउँ र नगर सभामा बजेट पेस नगर्ने स्थानीय तहलाई समानीकरण अनुदान शीर्षकको रकम कटौती गर्ने व्यवस्था कार्यान्वयन हुने भएको छ ।
जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायको सांस्कृतिक अस्तित्व र जनजीवन असुरक्षित हुन थालेको छ । बाह्य समाजमा घुलमिल हुन थालेपछि उनीहरूको सांस्कृतिक अस्तित्व र जनजीवन असुरक्षित हुन थालेको हो ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ काम भइरहेको बताउनुभयो ।
नेपालमा कुल जनसंख्याको ३७ प्रतिशत प्रतिनिधित्व गर्ने आदिबासी जनजातिका अगुवाहरुले पहिचान, संविधानद्वारा प्रदत्त अधिकारको कार्यान्वयनसहितका साझा मुद्दामा एकताबद्ध भएर समन्वयात्मक ढङ्गले अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।