गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान विस्तार र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्ने नयाँ रणनीति अघि सारिएको छ । विमानस्थल व्यवस्थापनले आगामी हिउँदे तालिकादेखि अन्तरराष्ट्रिय उडान सङ्ख्यामा उल्लेख्य वृद्धि गर्ने तयारी थालिएको जनाएको हो ।
सङ्खुवासभामा निर्माणधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहका मजदुरले तलब नपाएपछि काम ठप्प पारेका छन् । छ महिनादेखि तलबभत्ता नपाएपछि एक हजार ५०० कामदारले काम ठप्प परेका हुन् ।
२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको पहिलो अधिवेशन भोलि (बिहीबार)देखि सुरु हुँदैछ ।
बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका-४, मल्लाजमा नेपाली सेनाको बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
कपिलवस्तुमा बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को सबै तयारी पूरा भएको छ ।
लहान नगरपालिका-१७ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र देवीदहमा चराहरूको बासस्थान सङ्कटमा पर्दै गएको छ । उचित संरक्षणको अभाव, मिचाहा प्रजातिका झारपात वृद्धि र चोरीसिकारका कारण यहाँका जलपन्छीको अस्तित्व जोखिममा परेको हो ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पताल जलेश्वरले बुधबारदेखि डायलासिस सेवा सुरु गरेको छ ।
हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भन्दै नौ लाख ठगी गरेको अभियोगमा जिल्ला प्रहरी परिसरले दुई जनालाई पक्राउ गरेको छ ।
वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा २३ अर्ब ५७ करोडका सवारी साधन तथा पार्टपुर्जा भित्रिएका छन् । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा सवारीसाधन र पार्टपुर्जाको आयात रु छ अर्ब ४२ करोडले बढी हो ।
यहाँका पाँचवटै स्थानीय तहमा एक सय ९४ जना किशोरीलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप अभियान सुरु गरिएको छ ।
गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठको रूपमा रहेको बागलुङ कालिका मन्दिरमा चैते दसैंको अवसरमा ३७ लाख रुपियाँ भेटी सङ्कलन भएको छ ।
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका-४, सिङ्गा तातोपानी कुण्ड क्षेत्र पछिल्लो समय धार्मिक तथा सांस्कृतिक गतिविधिले थप आकर्षण बढाउन थालेको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, ‘दर्मिजा भ्यू प्वाइन्ट’ पूर्वाधार र पर्यटकका पर्खाइमा रहेको छ । ‘नाङ्गेदेवी’ र ‘बौसा हान्ने डाँडा’का रूपमा परिचित यस क्षेत्रलाई दर्मिजा दृष्यावलोकन स्थलको रुपमा विकास गर्न दर्मिजाबासीले अग्रसरता देखाएका छन् ।
कञ्चनपुरको एकमात्र राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरण अन्तर्गत मूल नहर निर्माण तीव्र गतिमा भइरहे पनि नहरमा पानी नियमित प्रवाह गराउने विषय भने अन्योलमा छ ।
रुसद्वारा कब्जा गरिएको क्रिमियन प्रायद्वीपमा एक रूसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चालक दलसहित सबै २९ जनाको मृत्यु भएको छ ।