पत्रकार तथा कवि सरोज ओझालाई साहित्य तथा काव्य अभिव्यक्तिमा अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप उत्कृष्ट कवि तथा लरेट पुरस्कार २०२६ प्रदान गरिएको छ।
पछिल्ला केही वर्षयता धनकुटा जिल्लामा लागूऔषध सेवन र कारोबार उल्लेखनीय रूपमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ।
काठमाडौँ जिल्ला प्रहरी परिसरले धरौटीमा छुटाइदिने भनी नौ लाख रुपियाँ ठगी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ।
बैतडीको महाकाली नदीमा एक पुरुष बगेर बेपत्ता भएका छन् भने अर्की महिला मृत फेला परेकी छन्। पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द हल्दुघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता हुनुभएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम भएको छ ।
कम्बोडियामा अनलाइन ठगी र अन्य गैरकानुनी गतिविधिमा संलग्न र बिना भिषा बसिरहेका ८ जना नेपाली नागरिकलाई उद्दार गरी नेपाल फर्काइएको छ।
पूर्वाधार विकास कार्यालय धनकुटाले जिल्लाका तीन महत्वपूर्ण सडक खण्डमा ‘सडक हेरालु’ खटाएको छ। विगतमा निर्माण भइसकेका यी सडक नियमित हेरचाह नहुँदा बिग्रँदै गएका थिए। अब सडक हेरालुको व्यवस्थाले सडक संरक्षण र दिगोपनामा टेवा पुग्ने अपेक्षा गरिएको छ।
जिल्लाका विभिन्न भागका एक हजार १०० हेक्टरमा चैतेधान रोपिएको छ ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा (स्नातक तह) अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने भएको छ । पालिकाभित्रका स्नातक तह अध्ययन गर्दै विद्यार्थीको क्याम्पसलाई बुझाउनुपर्ने शुल्क गाउँपालिकाले तिरिदिने भएको हो ।
हिमाली जिल्ला हुम्लामा वनजडिबुटी व्यवस्थापनका लागि पाँचवर्षीय कार्ययोजना बन्ने भएपछि व्यवसायीहरू खुसी भएका छन्।
काठमाडौँस्थित विभिन्न यातायात कार्यालयहरूमा सवारी दर्ता किताब (बिलबुक) नवीकरण नगरी सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याउने र सेवा ग्राहीहरूलाई अनावश्यक दुःख दिने गरेको सम्बन्धमा प्रहरी टोलीले १६ जनालाई पक्राउ गरेको छ।
भारतसँग सीमा जोडिएको पूर्वी नवलपरासीको प्रस्तावित बघुवन–त्रिवेणी सडकखण्डको निर्माण प्रक्रिया अघि बढेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकखण्डको वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी क्षेत्र निर्धारण तथा कार्यसूची स्वीकृतिका लागि सिफारिस गरेको छ । मन्त्रालय अन्तर्गत वातावरण तथा सामाजिक शाखाले वन तथा वातावरण मन्त्रालय, सिंहदरबार काठमाडौँलाई पत्र पठाउँदै उक्त सडक आयोजनाको वातावरण मूल्याकङ्न प्रक्रिया अघि बढाउन क्षेत्र निर्धारण र कार्यसूची स्वीकृत गर्न अनुरोध गरेपछि अब भने यो सडकको पहुँच भारतसँग जोडिने वाल्मीकि आश्रम पर्यटन विकास समितिका अध्यक्ष झपेन्द्रश्वर भुसालले बताउनुभयो ।
बाँके जिल्लाको नेपालगन्जमा आगामी वैशाखमा पहिलो पटक “नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल” आयोजना हुने भएको छ।
पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सास्थित तिलोत्तमा माध्यमिक विद्यालयमा छात्रावासमै एक विद्यार्थी (छात्रा) ले बच्चा जन्माएपछि विद्यालय र स्थानीय समुदायमा हलचल मच्चिएको छ । कक्षा ११ मा अध्ययनरत एक छात्रा कल्पना (नाम परिवर्तन) ले गत चैत ११ गते राति विद्यालयकै होस्टेलमा छोरी जन्माउनुभएको हो । विद्यालयका अनुसार ती छात्रा शिक्षा सङ्कायमा अध्ययनरत हुनुहुन्थ्यो ।
तनहुँका छुट्टाछुट्टै स्थानमा भएका दुई सवारी दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । जिल्लाको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको ज्यान गएको हो ।