चारतारे युवा क्लब सिवाइसी नेपालद्वारा सञ्चालित वातावरणमैत्री नमुना गाउँ विकास कार्यक्रम अन्तर्गत बागलुङ नगरपालिका वडा नं.९ का भुजाकाटे र फूलपाती क्षेत्रका पशुपालक कृषकहरूलाई बाख्रा वितरण गरिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सांसदसँगको छलफललाई निरन्तरता दिनुभएको छ । बुधबार मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गर्नुभएको हो ।
मकवानपुरको हेटौँडामा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान विस्तार र अन्तरराष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्ने नयाँ रणनीति अघि सारिएको छ ।
नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर पाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी र नतिजामुखी बनाउने लक्ष्यसहित ‘सुशासन एकाइ’ गठन गर्नुभएको छ ।
सङ्घीय संसद् सचिवालयको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ ।
गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौँको अनुगमन गर्नुभएको छ ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने देशभरका एक हजार ८३६ वटा सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन अनुमति पत्र प्राप्त गरेका छन् ।
संयुक्त राज्य अमेरिकाले नेपालका लागि जारी गर्दै आएको यात्रा मार्गनिर्देशन (ट्राभल एडभाइजरी) मा सुधार गर्दै सतर्कताको तह घटाएको छ । सन् २०२५ सेप्टेम्बरदेखि सुरु भएको देशव्यापी प्रदर्शनहरू साम्य भई सुरक्षा अवस्था स्थिर बनेपछि अमेरिकाले आफ्नो नागरिकका लागि ‘एडभाइजरी’ अपडेट गरेको हो ।
पोखरामा विदेशीसँग मिलेर ट्रान्सपार्टी गर्ने ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान विस्तार र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्ने नयाँ रणनीति अघि सारिएको छ । विमानस्थल व्यवस्थापनले आगामी हिउँदे तालिकादेखि अन्तरराष्ट्रिय उडान सङ्ख्यामा उल्लेख्य वृद्धि गर्ने तयारी थालिएको जनाएको हो ।
सङ्खुवासभामा निर्माणधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहका मजदुरले तलब नपाएपछि काम ठप्प पारेका छन् । छ महिनादेखि तलबभत्ता नपाएपछि एक हजार ५०० कामदारले काम ठप्प परेका हुन् ।
२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको पहिलो अधिवेशन भोलि (बिहीबार)देखि सुरु हुँदैछ ।
बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका-४, मल्लाजमा नेपाली सेनाको बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।