उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए मनिकरले शिष्टाचार भेट गर्नुभएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१४ स्थित एकपत्ते सामुदायिक वन र सुन्दररानी सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको खौसापुर कृत्रिम जलाशय।
कोशी प्रदेशले परम्परागत घरेलु मदिरालाई प्रतिबन्ध (ब्यान्ड) बाट ब्राण्ड बनाउने बहसमा एक कदम अगाडि बढाएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा आज भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा बुधबार भएको सेमिफाइनल खेलमा नेपाल बङ्गलादेशसँग १–० गोलले पराजित भयो ।
वैदेशिक रोजगारीका सिलसिलामा रोमानियामा रहेका नेपाली नागरिकहरूलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी नवीकरण घुम्ती शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।
इलामको सूर्योदय नगरपालिका ३ बौद्धधाममा निर्माण गरिएको बुद्धको प्रतिमा सहित बुद्ध पार्कको आज उद्घाटन गरिएको छ ।
गृहमन्त्री सुधन गुरुङले आम सर्वसाधारणका समस्या र गुनासा प्रत्यक्षरूपमा सुन्ने नयाँ अभियानको थालनी गर्नुभएको छ ।
विश्व किक बक्सिङ महासङ्घका उपाध्यक्ष नासिर नासिरी बुधबार नेपाल आउनुभएको छ ।
प्रतियोगितामा एमेच्योर, सेमिप्रोफेसनल र प्रोफेसनलतर्फ ३० स्पर्धामा ६० खेलाडी सहभागी हुने बताइएको छ । त्यसमा नेपालका ५६ र भारतका चार खेलाडी रहने छन् ।
राष्ट्रिय आर्थिक गणना २०८२ का लागि मकवानपुरमा ५९ गणक परिचालन गरिने भएको छ ।
युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले एकीकृत सेवा कार्यालय बागलुङको आयोजनामा नेपाली खाना बनाउने तालिम सुरु भएको छ । पन्ध्र दिने तालिममा इला कम्फर्ट र पर्व होटलका सेफले सहजीकरण गर्नु हुनेछ ।
ताप्लेजुङको मैवा खोला गाउँपालिकामा बहुउद्देश्यीय कभर्ड हल निर्माण गरिएको छ ।
मालपोत कार्यालय, पर्साका तत्कालीन अधिकृत हरिनारायण मिश्रसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पुल निर्माणका लागि सम्झौता भएको म्याद सकिएको सात महिनापछि रानीघाट खोला (काला खोला)मा पुल निर्माणको काम सुरु भएको छ । दाङको घोराही–तुलसीपुर चार लेन सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका –७ स्थित रानीघाट खोलामा पुल निर्माणको काम सुरु भएको हो ।