गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषिलाई प्राथमिकतामा राखी आवश्यक लगानी गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आइतबार शुभकामना सन्देश व्यक्त गर्दै सो कुरा बताउनुभएको हो ।
केही दिन अगाडि सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाले सप्तरीमा शिक्षाको परिणाम कमजोर देखाएको छ ।
गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले कृषि पेसालाई प्रविधिमैत्री बनाउन जरुरी रहेको बताउनुभएको छ ।
पूर्वपश्चिम नारायणगढ–बुटवल सडकखण्डमा अहिले यात्रा गर्दा एकतर्फी भाडा ३५० रुपयिाँ लिने गरिन्छ । सो दुरीभन्दा कम रहेको कालीगण्डकी कोरिडोरको गैँडाकोटबाट रामपुर पाल्पासम्म यात्रा गर्दा ९५० रुपियाँसम्म भाडा लिएर यात्रु ठग्ने काम भएको यात्रुको गुनासो छ ।
सोमबार बिहान मुगुको कोटडाँडालाई केन्द्रविन्दु बनाएर ४.३ रिक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समयअनुसार बिहान ८ बजेर ३९ मिनेट जाँदा भूकम्प गएको हो ।
जडान कार्य नससकिँदै भाँचिएर क्षतिग्रस्त बनेको मेची राजमार्गको पाँचथर खण्डस्थित हेंवा खोलाको बेलिब्रिज खोल्ने काम अन्तिम चरणमा पुगेको छ ।
सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग बर्दियामा मात्र ५० हजारभन्दा बढीले आवेदन दर्ता गराएका छन् ।
उपप्रमुखको नेतृत्वमा रहने न्यायिक समिति बुटवल उपमहानगरपालिकामा घरायसी विवादका मुद्दा धेरै दर्ता हुने गरेकामा अधिकांश मिलापत्रमै टुङ्गो लाग्ने गरेको छ । घरेलु हिंसा, जग्गाको किचलो, लेनदेन र घरायसी झगडा जस्ता मुद्दा न्यायिक समितिमा समाधानका लागि आउने गरेकोमा अधिकांश मिलापत्र गरेर टुङ्ग्याउने गरिएको हो ।
महोत्तरीमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु भएको भने एक जना गम्भीर घाइते भएका छन् ।
वन क्षेत्रको विकाससँगै किसानलाई उद्यममा जोड्न जिल्लामा साढे आठ हजार बढी बिरुवा वितरण गरिएको छ । यहाँका किसानलाई आयआर्जनमा जोड्ने लक्ष्यले डिभिजन वन कार्यालयले दाँते ओखर, टिमुर, रुद्राक्षलगायतका बिरुवा वितरण गरेको हो ।
ताप्लेजुङमा कार्यरत १३ शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक सङ्घ प्रतिनिधि, स्रोत शिक्षकलाई पुरस्कृत गरिएको छ ।
दैलेखमा ३४ प्रतिशत रोपाइँ सकिएको छ । कृषि विकास कार्यालय अनुसार जिल्लामा ३४ प्रतिशत रोपाइँ सकिएको हो ।
सिरहामा यस वर्ष आँप उत्पादनमा गिरावट आएको छ । कृषि ज्ञान केन्द्र सिरहाका अनुसार चालु वर्षमा आँप उत्पादन ५९ हजार ८६६.५ मेट्रिक टनमा सीमित भएको छ । गत वर्ष ९९ हजार दुई सय ३५ मेट्रिक टन उत्पादन भएको थियो । यो अघिल्लो वर्षको तुलनामा झण्डै ४० प्रतिशत कमी रहेको केन्द्रले जनाएको छ ।
पार्टीको आगामी रणनीति र सङ्गठन सुदृढीकरणका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
सुन्दर सपना र घरपरिवार पाल्ने जिम्मेवारी बोकेर वैदेशिक रोजगारका लागि गएका २४ जना युवा सम्झनामा सिमित भएका छन् । देशमा रोजगारीको अवसर नपाएर घरको आर्थिक अभाव टार्ने विकल्पको रुपमा विदेशिएका सप्तरीका २४ जना युवा अब सम्झनामा मात्रै रहेका हुन् ।