प्रकृतिलाई खुसी बनाई प्राकृतिक विपत्तिबाट जोगिने विश्वासका साथ म्याग्दीका मगर समुदाय परम्परागत भूमे पूजामा जुटेका छन् ।
सप्तरीको कोशी पम्प नहर सिंचाई प्रणाली, कोशी पश्चिमी वितरण नहर सिंचाइ प्रणाली र चन्द्र नहर सिंचाइ प्रणालीको नहर क्षेत्र भित्रको स्वामित्वमा रहेका सार्वजनिक जग्गाको अतिक्रमणहरू हटाइने भएका छन् ।
कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापालाई प्रदान गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले अलपत्र परेका तथा रुग्ण अवस्थामा रहेका आयोजनाहरूको पुनरावलोकनका लागि समिति गठन गर्नुभएको छ ।
कतारको सरकारी स्वामित्वमा रहेको ऊर्जा कम्पनीको एक ट्याङ्करमा कतारको सामुद्रिक इलाकामा इरानी मिसाइलद्वारा प्रहार भएको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर र चुनौती भएकाले बदलिँदो विश्व परिवेशमा राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेमा जोड दिनुभएको छ।
निर्वाचन आयोगले यही चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
प्रतिनिधिसभामा नवनिर्वाचित थारु सांसदहरुले संविधानले सुनिश्चित गरेको अधिकार सम्बोधनका लागि सामूहिक पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सुनिश्चित भएको अधिकारको कार्यान्वयन गर्ने र बाँकी अधिकार संविधान संशोधनमार्फत सम्बोधनका लागि पहल गर्ने उहाँहरुले विश्वास दिलाउनुभएको छ ।
बाँकेको खजुरालाई चिनाउन खेलकुदको क्षेत्रमा मुलुकमै योगदान गरेको खजुरामा अन्तर्राष्ट्रिय टिमसहित खजुरा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
नेपाली सेनाको नयाँ रणभिम गुल्मअन्तर्गत रहेको दुर्लुङ्गथुम ब्यारेक, पर्वतको आयोजनामा आज जलजला गाउँपालिका–४, फड्केढुङ्गामा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन हिमाली भू–भागमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक विष्णुप्रसाद ज्ञवालीले एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए मनिकरले शिष्टाचार भेट गर्नुभएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१४ स्थित एकपत्ते सामुदायिक वन र सुन्दररानी सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको खौसापुर कृत्रिम जलाशय।