इच्छाकामना गाउँपालिकाले ४५ चेपाङ परिवारलाई घर हस्तान्तरण गरेको छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङका अनुसार रु तीन करोड १९ लाख ६३ हजार १२८ को लागतमा ती घर निर्माण गरिएको हो ।
कर्णाली राजमार्गमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
गोरखामा जम्मा १३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । पानी नपर्दा अधिकांश किसानका खेतहरु बाझै रहेका कारण सोचेजस्तो रोपाइँ हुन नसकेको कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा निर्माणाधीन बहुसांस्कृतिक पार्क (उद्यान)मा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक)को प्रतिमा स्थापना गरिएको छ ।
चिकित्सकीय लापरवाही सम्बन्धी मुद्दामा उपभोक्ता अदालतबाट क्षतिपूर्ति प्राप्त गर्नेगरी भएका फैसलाहरूप्रति चिकित्सकहरूमध्ये केहीबाट व्यक्त गरिएका भ्रामक अभिव्यक्तिप्रति उपभोक्ता हित संरक्षण मञ्च नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
लहान नगरपालिका–१२ स्थित भोटियाटोलमा श्रमिक महिलाको सशक्तीकरणका लागि ‘श्रमिक भवन’ निर्माण कार्य सुरू गरिएको छ । महिला श्रमिकको पहिचान, आत्मसम्मान र अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण हुने यो भवनको आज एक समारोहबीच शिलान्यास गरिएको हो ।
कञ्चनपुरसहित सुदूरपश्चिमका तीन जिल्लामा भारी वर्षा भइरहेको छ । आइतबार रातिदेखि कञ्चनपुर, कैलाली र डडेल्धुरामा लगातार भारी वर्षा भइरहेको हो ।
करिब एक महिनाको बिचमा सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हवल्दारसम्म दुई हजार एक सय ९६ जनाको बढुवा गरेको छ ।
बुटवल १२ स्थित नयाँगाउँ माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार जिपिए ल्याएका विद्यार्थीहरुलाई जनही ५१ हजार रुपियाँसहित सम्मान गरेको छ ।
गुल्मीको धुर्कोट गाउँपालिका–१, नयाँगाउँलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ ।सबै प्रक्रियागत सूचक र चरण पूरा गरेको हुँदा यस वडालाई जिल्लामै पहिलो पटक एक औपचारिक समारोहका बिच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुभएको हो ।
तनहुँमा नरभक्षी चितुवाको बिगबिगी नियन्त्रणमा आउन सकेको छैन । चितुवाको आक्रमणबाट जिल्लामा आठ वर्षमा १७ बालबालिकाको मृत्यु भएको भने २१ घाइते भएका छन् । चितुवाबाट जिल्लाको भानु, बन्दीपुर, आँबुखैरेनी, व्यास पालिकामा बढी प्रभावित छन् ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ चुरियामाई मन्दिरको जङ्गलमा दुई ट्रक एक आपसमा ठोक्किँएर दुर्घटनामा परेका चालकको तीन घण्टापछि उद्धार गरिएको छ ।
झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक फर्निचर उद्योगमा गएराति आगलागी भएको छ ।
वि.स. २०३२ सालमा न्युक्लियस बीउ आलु उत्पादनका लागि स्थापना भएको आलुबाली विकास केन्द्र निगाले सिन्धुपाल्चोकले वर्षौंदेखि गुणास्तरयुक्त बीउ आलु तथा आलु बियाँ उत्पादन गरी देशभरका कृषक समुदायमा बीउ एवम् प्रविधि हस्तान्तरण गर्दै आएको छ । उ
माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी थिइन् ।