अटिजम भएकाहरूको गरिमा, अधिकार र समाजमा समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
नेपाली राजनीतिमा बिपी कोइरालाको वैचारिक निष्ठाले प्रजातन्त्रको भ्रूण रोपियो । गणेशमान सिंहको त्यागले बहुदलीयताको पुनरागमन गरायो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वदायी संवेगले गणतन्त्र प्राप्त भयो । यी सबै घटनाक्रम आफैँमा युगीन उपलब्धि हुन्
मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी कुमारी तिवारीले बिहीबारदेखि देशभर सुरु हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई शुभकामना दिनुभएको छ ।
लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जनआकाङ्क्षाको प्रतिनिधित्व गर्ने संस्था पनि हो ।
‘नेपाल हाँसेको देख्न चाहन्छु’ भन्ने वाक्य हालका प्रधानमन्त्री बालेन शाहले बारम्बार व्यक्त गर्ने सङ्कल्प हो । यो केवल भावनात्मक अभिव्यक्ति मात्र नभई राष्ट्रिय दृष्टिकोण हो, जसले सुशासन, समावेशी विकास, र सांस्कृतिक आत्मविश्वासलाई जोड दिन्छ । बालेनले प्रस्तुत गरेको यो दृष्टि नेपाली समाजमा आशा र सकारात्मकता जगाउने प्रयासको रूपमा बुझिन्छ । देशमा बेरोजगारी, भ्रष्टाचार र पला
राजविराज नगरपालिकाले सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने काम सुरु गरेको छ। हनुमान मन्दिरदेखि नेता चोकसम्मको सडकखण्डमा अतिक्रमण गरेर बनाइएका संरचनामा नगरपालिकाले डोजर चलाएर भत्काउन थालेको हो।
चैत्रपूर्णिमाको अवसरमा काठमाडौँको बौद्ध क्षेत्रमा तामाङ समुदायले तेमाल जात्रा बुधबार धुमधामका साथ मनाइएका छन् । तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको पर्व हो । जात्राका अवसरमा बौद्धनाथ वरिपरि लामा गुरुले पूजापाठ गरेका थिए ।
नवलपुर उद्योग वाणिज्य संघको अध्यक्षमा बुद्धिसागर पोख्रेल निर्वाचित हुनु भएको छ । नयाँ नेतृत्व चयनका लागि बुधबार निर्वाचन भएकोमा बिहीबार बिहान मत गनेर सकिएको थियो ।
तेस्रो लालबन्दी महोत्सवको अवसरमा आयोजित मधेश प्रदेशस्तरीय नृत्य प्रतियोगितामा सर्लाही डान्स ग्रुप लालबन्दी पहिलो भएको छ । विजेता ग्रुपले नगद एक लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ । नृत्य प्रतियोगितामा उर्मिला लोप्चन तामाङ दोस्रो र रोजिना लामा तेस्रो हुनुभएको छ ।
‘द नेसनल डिजाइनर रन वे २०२६’ को उपाधि अकृति श्रेष्ठले जित्नुभएको छ । त्यस्तै अनिशा थापा प्रथम उपविजेता र युनिका राई द्वितीय उपविजेता बन्नुभयो । प्रतियोगितामा देशभरबाट आएका १९ जना महिला डिजाइनरले सहभागिता जनाएका थिए । उनीहरूले महिला मोडेलका लागि लक्षित आकर्षक र आधुनिक ड्रेस कलेक्सन प्रस्तुत गरेका थिए । परम्परा र आधुनिकताको सम्मिश्रण झल्काउने डिजाइनले रनवेमा दर्शकको मन जितेका थिए ।
पत्रकार तथा कवि सरोज ओझालाई साहित्य तथा काव्य अभिव्यक्तिमा अन्तर्राष्ट्रियस्तरमा पु¥याएको उल्लेखनीय योगदानको कदरस्वरूप उत्कृष्ट कवि तथा लरेट पुरस्कार २०२६ प्रदान गरिएको छ । पुरस्कार जेजबेक इन्टरटेनमेन्ट तथा म्युजिक बारले जेजाराइन्स्की र भ्याल्ज लभ ट्यान्डेम समूहसँगको सहकार्यमा साथै जेजबेक बिब्लियोमेनिया साहित्य समूहको संयोजनमा प्रदान गरिएको हो ।
आज (बिहीबार)देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा परीक्षा हलभित्र मोबाइल लैजान निषेध गरिएको छ। मोबाइल भेटिएमा जफत गरी नष्ट गरिने जनाइएको छ।
१०० वर्ष अघिको गोर्खापत्र
नेपालको अवस्था पछिल्लो समय सुधार भएको अमेरिकाको सरकारले प्रस्ट पारेको छ । नयाँ यात्रा सुझावपत्र (ट्राभल एडभाइजरी) जारी गर्दै नेपाल अब यात्राका लागि सुरक्षित रहेको प्रस्ट पारेको हो ।