कालीकोट जिल्लाका स्थानीय तह जोड्ने जीर्ण सडकमा यात्रुले जोखिम पूर्ण यात्रा गर्ने बाध्य छन् । स्थानीय तहका जनप्रतनिधिले आफ्नो कार्यकालमा सडक विस्तारलाई प्राथमिकता दिए पनि सडकको स्तरउन्नती नहुँदा ग्रामीण सडकमा जोखिम बढ्दै गएको हो ।
मिथिलामा मनाइने प्रख्यात धार्मिक, सांस्कृतिक पर्व विवाहपञ्चमीले सामूहिक सद्भाव, सहयात्रा र अमर प्रेमको सन्देश दिने बताइएको छ । मधेशी आयोग र मिथिला संस्कृति समाजद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा राम/सीताको विवाह भएको दिनको स्मरणमा हरेक वर्ष मङ्सिर शुक्ल पञ्चमीका दिन मनाइने पर्वमा सम्पूर्ण मिथिलावासीले दीप प्रज्वलन, मङ्गल गीत, झाँकी, भजन, नाचगानसहित सामूहिक रूपमा मनाएर धार्मिक सद्भाव दर्साउँदै आएको जानकारी दिइएको छ ।
देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व सङ्कलनमा समेत ह्रास आएको छ ।
नायिका मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’ को ‘सम्पूर्ण’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अपुर्भ तामाङको आवाज तथा शब्द रहेको छ भने सङ्गीत मनिष गुरुङले गर्नुभएको छ । गीत ‘जिटुवान डिजिटल’ को अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।
दंगीशरण गाउँपालिका वडा नम्बर ३ हेकुली र वडा नम्बर ५ सलौराबिचको सीमा क्षेत्र माया खोलामा अझै पनि पुल नबन्दा दुबै गाउँका बासिन्दा आवत–जावतमा वर्षौंदेखि समस्या भोगिरहेका छन् ।
श्रीमद्भागवत गीता जयन्ती–२०८२ को अवसरमा श्रीमद्भागवत गीता दर्शन परिचर्चा, योग शिविर तथा गीता ज्ञान साधक सम्मान कार्यक्रम आयोजना गरिने भएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६४ पैसा र बिक्रीदर १४२ रुपियाँ २४ पैसा निर्धारण गरिएको छ ।
धेरै उत्पादन हुने समयमा बिक्री नभएर बारीमै कुहिने गोलभेँडा र काउलीले अहिले भने राम्रो मूल्य पाउँदा सर्लाहीका किसान खुसी भएका छन् । प्रशस्त गोलभेँडा उत्पादन हुने जिल्लाका रूपमा सर्लाही प्रख्यात छ । यहाँ हिजोआज स्थानीय जातको गोलभेँडा भर्खरै उत्पादन हुन थालेको छ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा अपेक्षा अनुसार रकम जुट्न सकेको छैन ।
कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जका सबै गोदाम रासायनिक मलले भरिएका छन् । कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जका कामु प्रादेशिक प्रमुख दुर्गाप्रसाद पाण्डेयका अनुसार हाल कार्यालयको वीरगन्जस्थित सबै गोदाम रासायनिक मलले भरिएका छन् ।
बर्दियाको राजापुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य कम्पनी) द्वारा उत्पादित करिब २५ हजार क्विन्टल चामल अहिले पनि गोदाममै थन्किएको छ । चामल थन्किएपछि नयाँ धान खरिदको सिजन चलिरहेका बेला धान भण्डारण गर्न भने ठाउँ अभाव भएको छ ।
आज विश्व टेलिभिजन दिवस हो । यो दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा मनाइन्छ ।
आर्थिक वर्ष २०८०/८१ मा विभिन्न किसिमका प्राकृतिक विपत्बाट ४९० जना बालबालिका पीडित तथा प्रभावित भएको देखिएको छ । ३४ औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा बिहीबार सार्वजनिक गरिएको बालबालिकासम्बन्धी राष्ट्रिय स्थिति प्रतिवेदन, २०८२ अनुसार प्राकृतिक विपत्बाट पीडित बालबालिकामध्ये १७७ जनाको मृत्यु भएको छ भने ३११ जना बालबालिका घाइते भएका छन् । यसै गरी प्राकृतिक विपत्का कारण दुई जना बालबालिका बेपत्ता भएको देखिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बैठकले ‘घर फर्क अभियान’ अन्तर्गत पार्टीमा आएका नेताहरूलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले विगतमा एमाले छाडेका तर पछिल्लो समय पार्टीमा फर्किएका नेताहरूलाई प्रतिनिधि बनाउने निर्णय गरेको हो ।