स्थानीय सरकारले खाद्य अधिकारलाई प्राथमिकता दिनुपर्ने सरोकारवालाले बताएका छन्। आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा खाद्य अधिकारलाई विशेष प्राथमिकतामा राख्नुपर्नेमा उनीहरूले जोड दिएका हुन्।
डडेलधुराको विकट चुरे पर्वतको भावर हालको परशुराम नगरपालिका–१, गिरेगडागाउँको दलित परिवारमा जन्मिएकी हरिना कामी यस पटकको निर्वाचनपछि प्रतिनिधि सभा सदस्य हुनुभएको छ । उहाँ नेपाली कांग्रेसको दलित कोटाबाट समानुपातिक सदस्य हुनुभएको हो ।
चालु आर्थिक वर्षको चैत दोस्रो साता सम्ममा ताप्लेजुङमा १२ करोड रुपियाँ बढी राजस्व रकम सङ्कलन भएको छ । साढे नौ महिनाको अवधि अर्थात् गत साउनदेखि चैत महिनाको दोस्रो सातासम्ममा सङ्घ र प्रदेश मातहतका निकायबाट उक्त राजस्व रकम सङ्कलन भएको हो ।
बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरका टिकाराम चुदाराले दारको काठबाट बन्ने ठेका, मदानी, पुङ र पुचाइको व्यापार थालेको ५० वर्ष बित्यो। यही व्यापारले उहाँको परिवारको जीविकोपार्जन धानेको छ।
सरकारले काजमा बसेका चिकित्सकलाई दरबन्दी रहेको कार्यालयमा पठाउँदा डडेलधुरा अस्पतालले चार जना विशेषज्ञ चिकित्सक पाएको छ । पहुँचका भरमा सुगम क्षेत्रमा काजमा बसेका विशेषज्ञ चिकित्सकलाई दरबन्दी रहेको कार्यस्थलमा फर्काउने सरकारी अभियान अन्तर्गत डडेलधुरा अस्पतालका चार जना विशेषज्ञ चिकित्सकको काज फिर्ता गरिएपछि अस्पतालले पुनः चिकित्सक पाएको हो । सङ्घीय सरकारमातहत रहेको सुदूरपश्चिमको एक मात्रै डडेलधुरा अस्पतालमा विषय विशेषज्ञ चिकित्सक नबस्दा पहाडी ग्रामीण भेगका गरिब, निमुखा जनता खर्चिलो उपचार गर्न बाध्य थिए ।
झ्याल, भनसुन र पहुँचका आधारमा आउने योजनामा बन्देज लगाउन सरोकारवालाले आग्रह गरेका छन्। कर्णाली प्रदेश योजना आयोगद्वारा आयोजित आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा यस्तो विषय उठाइएको हो।
बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने ‘बालाजु बाइसधारा’ ९ल्हुति पुन्हि० मेला सुरु भएको छ ।
यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको आजदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको छ । बिहीबार पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा विद्यार्थी सामेल भएका छन् ।
लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले रैथाने थारु खानाको संरक्षण तथा प्रवर्धन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले परिवर्तनको महशुस हुनेगरी उच्च मनोवलका साथ सेवामा जुट्न आग्रह गर्नुभएको छ ।
सरोकार भएकाहरूले बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत
लोकतान्त्रिक प्रणालीको मुटु नै विधायिका हो । विधायिकामा जनअभिमत रहन्छ । जनइच्छालाई आवधिक निर्वाचनले संस्थागत गरी विधायिकामा पुग्न सक्ने संरचना निर्माण भएको हुन्छ । अनेक आरोहअवरोधबिच नेपालले लोकतान्त्रिक प्रणालीको छ/सात दशकदेखि अभ्यास गरिरहे पनि त्यसबाट वाञ्छित जनसन्तुष्टि दिन सकिएकोे छैन । विशेष गरी संविधान सभाले एक दशकअघि गणतान्त्रिक विधि निर्माण गरेपछि जनअपेक्षा चुलिएको थियो तर त्यसपछिको विधायिकी अभ्यासले भने समग्र आर्थिक तथा सामाजिक विकासलाई जनइच्छा अनुरूप संस्थागत गर्न सकेन । संविधान निर्माणपछि २०७४ सालमा वाम
प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।
नेपालको संविधान २०७२ जारी भएपछि प्रतिनिधि सभाको चुनावमा एउटै दलले दुई तिहाइ त के सामान्य बहुमत पनि ल्याउन सम्भव छैन भन्ने भाष्य खडा भएको थियो । यो भाष्यले पनि गत फागनु २१ गते भएको चुनावी नतिजा विशेष महत्वपूर्ण प्रतीत भयो । विशेष गरेर ती मानिसका लागि जसले अत्यन्त भरोसाका साथ केही उम्मेदवारले जित्ने विश्वास बोकेका थिए । हुन पनि कुनै खास उम्मेदवारप्रति उसको नीति र चरित्रमाथि भावनात्मक रूपमा निवेश
महिला सशक्तीकरण र श्रममा समान अवसरको सन्देश बोकेको घुम्ती सडक नाटक ‘बाटैबाटो’ सुदूरपश्चिमका विभिन्न जिल्लामा मञ्चन भइरहेको छ।