भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गर्नुभएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धलाई निर्णायक मोडमा पुगेको दाबी गर्दै थप दुईदेखि तीन हप्तासम्म ‘अत्यन्त कडा’ आक्रमण जारी रहने चेतावनी दिनुभएको छ ।
पूर्वी इन्डोनेसियाको मोलुक्का सागर क्षेत्रमा बिहीबार बिहान शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा एक जनाको ज्यान गएको छ भने भवनहरूमा क्षति पुग्नुका साथै सर्वसाधारण त्रसित बनेर सडकमा निस्किएका छन् ।
नवलपरासी (पश्चिम) को प्रतापपुर गाउँपालिकास्थित गङ्गापुरमा रहेको इन्द्रा सुगर एन्ड एग्रो इन्डस्ट्रिज प्रालि अहिले सुनसान छ। उद्योगको मुख्य गेटमा ताल्चा झुण्डिएको छ, तर महीनौँदेखि तलब नपाएका कर्मचारी र आफ्नो पसिनाको मूल्य पाउने आशमा कुर्दै आएका किसानहरूको अनुहारमा चिन्ता प्रष्ट देखिन्छ।
रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि गाउँपालिका–५, मल्कवाङका ५० वर्षीय हिमबहादुर छन्त्याललाई सहरबजारको सुविधायुक्त बसाइ छाडेर भेडाबाख्राको पछि लागेर लेकबेसी गर्नुपर्ने बाध्यता थिएन् ।
बिहीबारदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसइई) मा बाँकेका दुई वटा बाल सुधार गृह र दुई वटा कारागारमा रहेका ४३ जना बालबन्दी तथा कैदी ले पनि सहभागिता जनाएका छन्।
सप्तरी प्रहरीले प्रतिबन्धित औषधीसहित एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने व्यक्ति विष्णुपुर गाउँपालिका–७ बस्ने २४ वर्षीय संजयकुमार साह हुन्।
मकवानपुरको मनहरी गाउँपालिकामा गाईपालनप्रति युवाको आकर्षण बढ्दै गएको छ । गाउँपालिकाले दुधको भुक्तानीको जिम्मा लिएसँगै गाईपालन गर्ने किसानको सङ्ख्या वृद्धि भएको हो । मनहरी–१ मकरीमा मात्रै दैनिक तीन हजार लिटरभन्दा बढी दुध सङ्कलन हुँदै आएको छ ।
महोत्तरी र धनुषाको सिमानामा पर्ने रातुपुल क्षेत्रमा प्रहरीले ठुलो परिमाणमा लागु औषध बरामद गर्दै चार जनालाई नियन्त्रणमा लिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७८० कायम भएको छ ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट २८ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।
बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने ‘बालाजु बाइसधारा’ (ल्हुति पुन्हि) मेला सुरु भएको छ । बाइसधारामा स्नान गरे मुक्तिनाथ र गोसाइँकुण्डमा स्नान गरेको पुण्य प्राप्त हुने जनविश्वास छ ।
बिहीबार बिहान ८ बजेबाट सुरु भएको यस वर्षको एसइई परीक्षा जिल्लाका सातै परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ। परीक्षा व्यवस्थित ढंगले सञ्चालन गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्थानीय तहसँगको समन्वयले पनि परीक्षा शान्तिपूर्ण बनाउन सहयोग पुर्याएको छ।
धनकुटा नगरपालिका–१ र ३ जोड्ने निबुवा खोलामा स्थानीय समाजसेवी द्रोर्ण प्रसाद गुरागाईंको सहयोगमा होम पाइप लगाइएको छ। समाजसेवी गुरागाईंले आवश्यक सामाग्री खरिद र ढुवानी गरिदिएपछि खोलामा होम पाइप स्थापना गरिएको हो।
विगत २५ वर्षदेखि डेढ बिघा जमिनले जीवन निर्वाह गर्दै आउनुभएका पूर्वी नवलपरासी देवचुली नगरपालिका–१, केउरानीका सत्यनारायण गुरौलेलाई अहिले त्यसको उत्पादनले खान पुग्दैन । कारण हो फोहोर पानीले सिँचाइ हुँदा उत्पादनमा कमी आएको छ । यस्तो पीडा गुरौलेलाई मात्र होइन, अन्य किसानले पनि भोगिरहेका छन् ।