श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य हर्कराज राईले एक पालिका एक उद्योग र एक घर एक रोजगारी हुनुपर्नेमा जोड दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले कामको प्रलोभन देखाइ पैसा माग्ने १६ जना बिचौलियालाई पक्राउ गरेको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाले एक परिपक्व, सुझबुझयुक्त र अभिभावकीय सदनको रूपमा आफ्नो पहिचान स्थापित गरेको बताउनुभएको छ।
गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित रुपमा स्वदेश फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।
यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ ।
इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको छ । उक्त आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध सम्बन्धी विषयमा अमेरिकी जनतालाई सम्बोधन गरेलगत्तै भएको बताइएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराइएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद वर्षमान पुनले पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) का उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधिसभा निर्वाचनमा हिजोका प्रमुख दलहरुको पराजयले गम्भीर शिक्षा दिएको र यो अस्थायी पराजय भएको बताउनुभएको छ ।
भारतको रक्षा निर्यात गत आर्थिक वर्षमा चार अर्ब डलरभन्दा बढी पुगेको छ । यो देशको स्वदेशी हतियार उत्पादन र निर्यातमा एक नयाँ माइलस्टोनको सङ्केत हो । रक्षा मन्त्रालयले बिहीबार जारी गरेको तथ्याङ्क अनुसार सन् २०२४ देखि निर्यातमा ६० प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।
बिहिबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा झापाका दुई जना कैदी बन्दीले परीक्षा दिएकाछन् ।
नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले पार्टी जेनजी विद्रोहले उठाएको मुद्दालाई निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले यो सरकार कामले बोल्ने भोषण कम गर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउप्रति आपत्ति जनाएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पहिलो प्रतिनिधि सभाको बैठकमा उपस्थित हुनुभएको छ ।