सूचना प्रविधिको प्रयोग वृद्धिसँगै ‘डिजिटल’ हिंसा बढ्दै गएकाले कानुनी रुपमा नै न्यूनीकरण गर्नुपर्नेमा सांसद र युवा सङ्गठनका प्रतिनिधिले जोड दिएका छन् ।
नेपालगन्जस्थित भेरी अस्पतालमा एक सय ९० नयाँ भिरिङ्गी (सिफलिस) का बिरामी फेला परेका छन् । अस्पतालमा सञ्चालन भइरहेको सिफलिससम्बन्धी अनुसन्धानका क्रममा ती बिरामी फेला परेका हुन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कमलप्रसाद कोइराला नेपाली राजनीति वृत्तका बहुआयामिक व्यक्ति रहेको बताउनुभएको छ ।
नेपाली कुस्ती खेलाडीले किर्गिस्तानको बिस्केकमा हुने दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीस्थित एक अपार्टमेन्टमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ ।
बाजुराको बुढीगङ्गा नगरपालिका-६ बाम्काको बाम्का बजारमा बीस वर्षपछि शौचालय निर्माण गरिएको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका ४४ जनाले तोकिएकै समयमा निर्वाचन खर्च विवरण बुझाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा फेक अकाण्ट खोली ९० लाख रुपियाँ ठगी गर्ने ५० वर्षीया वन कुमारी गुरुङ पक्राउ परेका छन् ।
सल्यानका १९ वटै परीक्षा केन्द्रबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) का उत्तर पुस्तिका जाँच तथा परीक्षण कार्य सुरु गरिएको छ ।
बुटवल उपमहानगरपालिकाले मकै पकेट क्षेत्रका किसानलाई कृषि उपकरण वितरण गरेको छ।
सर्लाहीको कविलासी नगरपालिका–२, पिपरियास्थित बाल गोविन्द जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रबाहिर बिहीबार एसईई सञ्चालन भइरहँदा मोबाइलमा प्रश्नपत्र भेटिएपछि एक जना पक्राउ परेका छन् ।
दुवै पक्षले शत्रुता घटाउने प्रारम्भिक वार्ता सुरु गर्दा पाकिस्तानले अफगानिस्तानसँगको द्वन्द्व अन्त्य गर्ने मुख्य जिम्मेवारी काबुलमा रहेको बताएको छ । पाकिस्तानका विदेशमन्त्री इशाक दार बिहीबार चिनियाँ समकक्षी वाङ यीसँग बेइजिङमा वार्तामा सहभागी हुनुभयो ।
पहिलेका माध्यमिक शिक्षा परीक्षा (एसईई)मा परीक्षा सकिएको केही समयपछि मात्रै उत्तरपुस्तिका जाँच गरिन्थ्यो । फरक जिल्लामा उत्तरपुस्तिका जाँच हुँदैआएको थियो ।
पाँचथरको हिलिहाङ गाउँपालिका–५, बञ्चरेडाँडा स्थित गुराँसे–सुभाङ सडक खण्डमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।