राष्ट्रिय तथ्याङ्क कार्यालय र सहकारी विभागले सहकारी संस्थाको पहिलो पटक सर्वेक्षण गर्न सुरु गरेका छन् । केही वर्षदेखि सहकारी संस्था शिथिल भई अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा विभाग र कार्यालयले देशभरका सहकारी संस्थाको सर्वेक्षण सुरु गरेका हुन् ।
२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारबाट सुरु भएको छ । परीक्षाको पहिलो दिन सबै केन्द्रमा सौहार्दपूर्ण वातावरणमा परीक्षा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
इरान वार्ता र सम्झौताको पक्षमा नआएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ढुङ्गेयुगमा फर्काइदिने चेतावनी दिनुभएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । उहाँले अबका दुई/तीन साता इरानमाथि भीषण आक्रमण हुने बताउनुभएको छ ।
सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी कार्ययोजना कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रक्रिया सुरु गरेको छ । शासकीय सुधारसम्बन्धी कार्ययोजनामा समावेश भएका शिक्षासँग सम्बन्धित विषयलाई कार्यान्वयन गर्न लागिएको मन्त्रालयले जनाएको छ । मन्त्रीपरिषद्ले चैत १३ गते पारित गरेको कार्ययोजनामा शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप अन्त्य गरिने, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न ६० दिनभित्र विद्यालय/विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी सङ्गठनका संरचना हटाउने विषयलाई प्राथमिकतामा राखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले न्याय दिलाउने गरी चालिएको कदमलाई प्रतिशोध भन्न नमिल्ने दावी गर्नुभएको छ । सङ्घीय संसद्को अधिवेशन प्रारम्भ भएको अवसरमा बिहीबार प्रतिनिधि सभामा शुभकामना मन्तव्य दिँदै सभापति लामिछानेले न्याय पाउने पहिलो हक सहिदकी आमाको भएकोसमेत बताउनुभयो ।
डुम्रे–बेसीशहर–चामे सडक योजना अन्तर्गत डुम्रे–वेसीशहर सडक खण्डको भानु नगरपालिकामा सडक विस्तारका लागि दैनिक आठ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।
अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा सुरक्षास्थितिलाई मध्यनजर गर्दै पश्चिम एसिया क्षेत्रबाट छ लाख बढी यात्रु भारत फर्किएको भारत सरकारका एक उच्च अधिकारीले बिहीबार जानकारी दिनुभएको छ।
गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुग्नुभएको छ ।
नेपाली कांग्रेसले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न समिति गठन गरेको छ ।
पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोल र डिजेलमा १५–१५ रुपियाँ वृद्धि गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक माफी माग्दै उक्त माफीको मूल्य न्यायमार्फत सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८२ हुने भएको छ । महोत्सवको आकर्षण ‘लन्डन ब्रिज’ राखिने आयोजकको भनाइ छ । महोत्सव चैत २६ देखि २०८३ वैशाख ६ गतेसम्म सञ्चालन हुने आयोजकको भनाइ छ ।
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
बिचौलिया गरेको आरोपमा कैलाली प्रहरीले दुई सरकारी कार्यालयबाट १२ जनालाई पक्राउ गरेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्ड रातको समयमा थप तीन दिनका लागि बन्द गरिने भएको छ ।