लेखापढी व्यवसायी आन्दोलित बनेपछि सर्लाहीको हरिवनस्थित नापी र मालपोत कार्यालयको सेवा प्रभावित बन्न पुगेको छ ।
दाङका दस स्थानीय तहले आवामी आर्थिक वर्ष डेढ अर्ब बढी सङ्घीय सरकारबाट अनुदान प्राप्त गर्ने भएका छन् । आर्थिक वर्ष २०८३/८४ मा सङ्घीय सरकारबाट एक अर्ब ५५ करोड ५२ लाख अनुदान पाप्त गर्ने भएका हुन् ।
सप्तरीमा किशोरीलाई ललाई–फकाई बेपत्ता बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
आगामी चैत २३ देखि २८ गतेसम्म चौथो संस्करणको जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ । बागलुङ जेसीजको आयोजनामा गण्डकी प्रदेश स्तरमा फुटबल प्रतियोगिताका हुन लागेको बागलुङ जेसीजकी अध्यक्ष अन्जिला श्रेष्ठले बताउनुभयो ।
सुशासन लामो समयसम्म नारामा सीमित बन्यो । सुशासन अब व्यवहारमै लागु हुने सङ्केत देखिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम सुरु गरेको छ । नवयुवा (जेनजी)
आर्थिक वर्ष सकिन करिब साढे तीन महिना बाँकी रहँदा सल्यानमा विकास निर्माणका लागि छुट्याइएको बजेटको खर्च निकै सुस्त देखिएको छ।
यतिबेला मध्यपूर्व फेरि युद्धको दल दलमा फसेको छ । आफैँमा सधैँ कुनै न कुनै देश आन्तरिक वा छिमेकसँगको मनमुटावमै रहने यहाँका राष्ट्रहरू अहिले नचाहेरै पनि युद्धको छायामा जेलिनु परेको छ । त्यसमा पनि अझ अमेरिका जस्ता शक्ति राष्ट्र नै प्रत्यक्ष युद्धमा सामेल भएपछि मध्यपूर्व र एसिया प्रशान्त अहिले निकै अशान्त बनेको छ । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण सुरु गरेपछि यो युद्धले शान्तसँग बसिरहेका यहाँका अरू
हाम्रो राजनीतिक प्रणालीमा राजनीतिक दलहरूले निर्वाचनको माध्यमबाट शासनसत्ता सञ्चालन गर्ने परिपाटी बसेको २००७ सालपछि मात्रै हो । २००७ सालपछि पनि ३० वर्ष त निर्दलीय पञ्चायत प्रणाली चलेको थियो । सात सालपछि राजनीतिक पार्टीहरूको शास
अविरल वर्षासँगै परेको असिनाले दोलखाको वैतेश्वर गाउँपालिका–८ एवोमा लाखौँ रुपियाँ बराबरको आलुखेतीमा क्षति पुगेपछि किसान चिन्तित बनेका छन्।
रेडियो नेपाल आफ्नो औपचारिक स्थापनाकालको ७६ औँ वार्षिकोत्सव मनाउँदै छ । विसं २००७ चैत २० गते स्थापना भएको रेडियो नेपाललाई झन्डै ७४ वर्षपछि सार्वजनिक सेवा प्रसारण ( पिएसबी) मा रूपान्तरण हुने गरी २०८१ असोज २२ गते राजपत्रमा सार्वजनिक सेवा प्रसारण ऐन प्रकाशित भएपछि सरकारको मातहतमा रहेको रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारणमा एकीकरण र रूपान्तरण हुने क्रम जारी छ । यद्यपि यी दुई दुई संस्था हा
नेपालगञ्ज बसपार्कमा यात्रुहरूलाई लुटपाट गर्ने प्रयास गरेको आरोपमा चार जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत लिइएको परीक्षाका उत्तरपुस्तिका परीक्षण सुरु गरिएको छ। जिल्लामा परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण थालिएको हो।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक, जातीय विविधताले समेत पर्यटनमा सम्भावना बोकेको देश हो । विश्वकै उत्कृष्ट तालहरू, हिमाल, धार्मिक तथा ऐतिहासिक सम्पदा मात्र होइन, कृषि पर्यटन, साहसिक पर्यटन र खेल पर्यटनले पनि नेपालको पर्यटन विकासमा महत्वपूर्ण टेवा पु¥याइरहेका छन् । मन्दिर, चैत्य, विहार, परम्परागत ठाँटीहरूले उत्तिकै पर्यटनमा सुगन्ध थपेको छ । दिनहुँजसो मनाइने फरक फरक जातजातिका
तनहुँका २२ वटै परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका जाँच तथा परीक्षण कार्य सुरु गरिएको छ । छिटो, व्यवस्थित र समयमै नतिजा प्रकाशन गर्ने उद्देश्यसहित सरकारले परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्न निर्देशन दिएपछि जिल्लाभर सोहीअनुसार कार्य अघि बढाइएको हो ।