सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षा केन्द्रहरुमै परीक्षण गर्न सुरु गरिएको छ ।
रौतहटको गढिमाई नगरपालिका वडा नं.७, धरमपुर–धनाडी सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ ।
बाँकेमा पनि माध्यमिक शिक्षा परीक्षा (एसइई)को उत्तरपुस्तिका जाँच कार्य सुरु गरिएको छ । चैत १९ गते बिहीबारबाट सुरु भएको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को उत्तरपुस्तिका जाँच कार्य सुरु गरिएको शिक्षा विकास तथा समन्वय एकाई बाँकेका प्रमुख धनसुदन चौलागाईँले जानकारी दिनुभयो ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन बैतडीमा ५६ जना परीक्षार्थी अनुपस्थित भएका छन्।
पश्चिम नेपालका प्रमुख नाकाहरुमध्येको एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको गत आठ महिनाको अवधीमा करिब ५४ अर्बको कारोबार भएको छ ।
लहान नगरपालिका वडा नं. ८ स्थित सिधार्थ आधारभूत विद्यालयले भौतिक पूर्वाधारमा सम्पन्नता हासिल गरेपछि शैक्षिक सुधारतर्फ केन्द्रित हुन तयारी गरेको छ।
आँबुखैरेनी गाउँपालिकाले आफैँ आर्थिक स्रोत जुटाएर समस्तिपुर–गिरन्चौर र हिलेखर्क–बरादी चार किलोमिटर सडक कालोपत्रसहितको स्तरोन्नति थालेको छ ।
लुम्बिनी प्रदेशका अवैध क्रसर उद्योगहरू तत्काल बन्द गर्न गृह मन्त्रालयले निर्देशन दिएसँगै पश्चिम नवलपरासी प्रशासन सक्रिय भएको छ।
माओवादीको भूमिगत सङ्घर्षदेखि राजनीतिमा सक्रिय बागलुङबाट प्रतिनिधि सभामा पुग्नुभएको छ बलावती शर्मा ।
उखु खेतीका लागि चर्चित महोत्तरी जिल्लामा चिनी उत्पादन निरन्तर घट्दै गएको छ। रामनगरस्थित एभरेष्ट चिनी मिलका अनुसार चालु क्रसिङ सिजन ०८२/८३ मा पनि लक्ष्यअनुसार उत्पादन हुन सकेको छैन।
मुस्ताङको घरपझोङ गाउँपालिका–२,मार्फामा अवस्थित जनबाल माध्यामिक विद्यालयमा भारतीय दूतावासको लगानीमा सुविधासम्पन्न विद्यालय, छात्राबास भवन बन्ने भएको छ ।
पश्चिम बागलुङको निसीखोला गाउँपालिका–२, देवीस्थानको उच्च भागमा पर्छ ‘अर्नाकोट’ गाउँ । कठिन भूगोलका कारण विकासमा पछि परेको अर्नाकोटमा पानीका मुहान सुक्दै जानु र लिफ्ट खानेपानी आयोजना जीर्ण बनेपछि खानेपानीको खोजीमा बसाइँसराइ दर बढ्दो छ ।
इलाका प्रहरी कार्यालय बुटवलमा महिला, बालबालिका र ज्येष्ठ नागरिकको सेवा केन्द्र स्थापना गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसा, शोषण र दुव्र्यवहारका घटनाको उजुरी लिने, अनुसन्धान गर्ने र पीडितलाई उद्धार तथा कानुनी सहयोग प्रदान गर्ने उद्देश्यले उक्त सेवा केन्द्र स्थापना गरिएको हो ।
गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न केएमसी अस्पताल पुग्नुभएको छ। घाइतेहरूलाई निःशुल्क उपचार सेवा दिँदै आउनुभएका पूर्व सांसद डा. सुनिल शर्मालाई मन्त्री गुरुङले धन्यवाद दिनुभयो।