नासाको ‘आर्टेमिस-२’ मिसनका चार जना अन्तरिक्षयात्री शुक्रबार फ्लोरिडाको केनेडी अन्तरिक्ष केन्द्रबाट चन्द्रमातर्फ उडेका छन् । यो मानव इतिहासमा पचास वर्षपछि चन्द्रमाको नजिक पहिलो यात्रा हो ।
विपी राजमार्गको यात्रा डेढ वर्षदेखि कठिनाईपूर्ण बनिरहेको छ । हालका दिनमा भइरहेको मध्यम र हल्का वर्षाले पनि पटकपटक अबरुद्ध हुने गरेको उक्त राजमार्ग यो चैत महिनाको मध्यसम्म दुईपटक अबरुद्ध भैसक्यो ।
पाकिस्तानको अर्थतन्त्र चालु आर्थिक वर्ष (सन् २०२५-२६) को दोस्रो त्रैमासमा ३.८९ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि मुख्यरूपमा औद्योगिक क्षेत्रको सशक्त प्रदर्शनका कारण भएको सरकारी तथ्याङ्कले जनाएको छ ।
सर्लाहीको गोडैतामा एसईईको परीक्षा केन्द्रभित्रै मोबाइल फोन लगेर चिट चोरी गर्ने तीन जना परीक्षार्थी शुक्रबार पक्राउ परेका छन् ।
दमकमा रातिको समयमा मादक पदार्थ र लागु औषध सेवन गरेर होहल्ला गर्ने तथा अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
म्यान्मामा पाँच वर्षअघि बल प्रयोगमार्फत सत्ता कब्जा गरेको सैन्य नेतृत्वले अब नागरिक आवरणमा शासनलाई निरन्तरता दिन खोजेको सङ्केत देखिएको छ । शुक्रबार संसद्वारा जुन्ता प्रमुख मिन आङ ह्लाइङलाई राष्ट्रपतिमा निर्वाचित गरिनु त्यसैको पछिल्लो कदमका रूपमा हेरिएको छ ।
गौतम बन्धु राष्ट्रिय समाज कर्णाली प्रदेश समन्वय समितिको आयोजनामा बिहीबार रुकुम पश्चिम जिल्लास्तरीय भेला सम्पन्न भएको छ ।
हेटौँडामा माध्यामिक शिक्षा परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ परेका छन् । हेटौडा उपमहानगरपालिका –१० भुटनदेवी मन्दिररोड स्थित सोलिड्यारेटी माविमा एसईईको परीक्षा केन्द्रमा शुक्रबार अर्का विद्यार्थीको परीक्षा दिन आएका सिन्धुली जिल्ला मरिण गाउँपालिका –४ का वर्ष १७–१८ को विराज विकलाई पक्राउ गरिएको हो ।
उत्तर पश्चिमी पाकिस्तानमा विस्फोटक पदार्थले भरिएको गाडीमा आत्मघाती बम विस्फोट हुँदा तीन जना महिला र दुई बालबालिकाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले रेडियो नेपालले मुलुकको लोकतन्त्र स्थापना र यसको संस्थागत गर्नमा ठुलो योगदान रहेको बताउनुभएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डिपिआर) टोली र रक्षा समाचारदाताबिच आज सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा सेनाको टोली विजयी भएको छ ।
नेपालको पहिलो प्रसारण माध्यम रेडियो नेपाल ७६ औँ वर्षमा प्रवेश गरेको अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।
पछिल्लो अमेरिकी गुप्तचर मूल्याङ्कनअनुसार इरानसँग अझै पनि उल्लेखनीय सैन्य आक्रमण क्षमता कायम रहेको देखिएको छ ।
हेटौँडाबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१०, भुटनदेवीस्थित सोलिड्यारिटी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा (एसइई) केन्द्रबाट उनलाई पक्राउ गरिएको हो ।
राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले जिल्लास्तरीय अन्तरक्रिया गोष्ठी तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला आर्थिक गणना कार्यालय कपिलवस्तुको आयोजनामा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।