काठमाडौँको कोटेश्वरमा सवारी दुर्घटना परी घाइते भएका सहचालक सुरेन्द्र गालेको उपचारको क्रममा मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा गौतम र नेपालका लागि जापानका राजदूत महामहिम माइदा तोरुबीच आइतबार शिष्टाचार भेट भएको छ ।
आइतबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले पेश गरेको बाधा अड्काउ फुकाउसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।
सरकारले बारा र पर्सामा करिब ९० प्रतिशतलाई हैजाविरुद्धको खोप लगाएको छ ।
कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
क्रिकेट एसोसियसन अफ नेपालद्वारा सञ्चालित एनपीएलको दोस्रो संस्करणको क्रिकेट प्रतियोगितमा अनलाइनमार्फत सट्टाबाजी कार्यमा सङ्लग्न आठ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनले बनाएको सरकारले जेनजी आन्दोलनका घाइते र मृतकको योगदानलाई खेर जान नदिने बताउनुभएको छ ।
काठमाडौँ महानगरपालिका–१० बानेश्वरनजिक थापागाउँमा उहाँ बस्दै आउनु भएको घरमा पत्रकार खनिया आइतबार मृत अवस्थामा भेटिनुभएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको राजनीतिमै पुनःसंरचना नभएसम्म विश्वसँग जोडिएर जान नसक्ने बताउनुभएको छ । आज यहाँ आयोजित प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत् एकता घोषणा सभामा उहाँले विश्वसँग जोडिएर जान ‘जेनजी’ पुस्ताले उठाएका माग सम्बोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
तनहुँको दमौलीस्थित रहेको राष्ट्रिय परोपकार महासंघ नेपालद्वारा सञ्चालित बृद्धाश्रमलाई एक कार्यक्रमबिच शैयासहितको सामग्री शनिबार हस्तान्तरण गरिएको छ ।
‘न्वागी’ माटो, कृषि र पशुपालनसँग जोडिएको एक पर्व हो । पछिल्लो आधुनिक र डिजिटल दुनियाँमा छुट्टै पहिचान बनाएको बागलुङ पश्चिमकै ठुलो मेला ‘न्वागी पर्व’ मा लाग्ने गर्छ ।
दाङमा पाँच हजार बढी नयाँ मतदाताले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि नाम दर्ता गराएका छन् ।
तीन जिल्लामा आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।
सरकारले तोकेको समर्थन मूल्यमा आफ्ना शेयर सदस्य किसानको धान खरिद गरिरहेका सहकारी संस्थालाई धान नबिक्ने चिन्ताले सताउन थालेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीले आफूले लिएका ठेक्काको काम नगर्दा र कर्मचारीले जिम्मेवारीको निर्णय समयमै नगर्दा राज्यले ठूलो नोक्सानी बेहोरिरहनु परेको बताउनुभएको छ ।