पश्चिम नवलपरासीको एउटा सामान्य परिवारकी रिङ्गला यादवको राजनीतिक यात्रा अहिले नयाँ उचाइमा पुगेको छ । १२ वर्षअघि संसद्मा पुग्ने उहाँको सपना अहिले पूरा भएको छ । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले) बाट उहाँ समानुपातिकतर्फ सांसद हुनुभएको छ ।
जिल्लाका विभिन्न स्थानमा सहज रूपमा यातायात सञ्चालन गर्नका लागि चालु आर्थिक वर्षमा १९ वटा मोटरेबल पुल निर्माण हुने भएका छन् । बागमती प्रदेश सरकारले पूर्वाधार
सुशासनको आधारभूत तह पारदर्शितालाई लिइन्छ तर जिल्ला जिल्लामा सूचनाको हक प्रयोग गरी पारदर्शिता कार्यान्वयन नहुँदा सुशासनमा कमजोर देखिएको छ । सार्वजनिक निकायले सार्वजनिक गर्नुपर्ने सूचनासमेत सार्वजनिक नगर्दा सुशासनमा कमजोर देखिएको हो । सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ४ मा कुनै पनि सार्वजनिक निकायले सहजै रूपमा सेवाग्राहीले माग गरेका कागजात उपलब्ध र सार्वजनिक गर्नुपर्ने उल्लेख रहेको छ तर गत फागुन महिनामा जिल्लाको सोरु गाउँपालिका र आयुर्वेद स्वास्थ्य केन्द्र मुगुमा सूचनाको हक प्रयोग गरी सूचना उपलब्ध गराउन आग्रह गर्दासम्म सूचना उपलब्ध गराउनतर्फ चासो राखेनन् ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट १६ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।
युवा उमेरका रविन महतो पहिलो पटकमै सर्लाही क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो । सर्लाही क्षेत्र नं. २ बाट आलो
जाजरकोटको शिवालय गाउँपालिकाले शिक्षामा सुधार ल्याउनका विद्यालय समायोजनको तयारी गरेको छ । गाउँ गाउँमा सञ्चालन गरिएका विद्यालयमा विद्यार्थी कम भएपछि विद्यालय समायोजन, शिक्षक, कर्मचारी दरबन्दी मिलानको व्यवस्थापन जस्ता काम गर्नका लागि प्रधानाध्यापक, अध्यक्षसँग गृहकार्य थालिएको हो ।
प्रदेश सरकारले दलित समुदायका लागि विनियोजन गरेको दलितलक्षित बजेट कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ । कर्णाली प्रदेश सभा सदस्यले विगतमा कार्यविधि नबन्दा दलितलक्षित बजेट फ्रिज भएको तर अब भने कार्यविधि बनिसकेकाले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
प्रतिनिधि सभा सदस्यमा मोरङ–६ बाट निर्वाचित सांसद रुविना आचार्यले पहिलो चरणमा निर्वाचन क्षेत्रका अधुरा र अपूरा विकासनिर्माणका काम सम्पन्न गर्ने बताउनुभएको छ ।
दाङमा भएको सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा लमही नगरपालिका–७ बनघुस्रीमा बिहीबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।
बाजुराको बुढीगङ्गा नगरपालिका–६, बाम्काको बाम्काबजारमा २० वर्षपछि शौचालय निर्माण गरिएको छ । बजार स्थापना भएको २० वर्ष पुग्दा पनि अहिलेसम्म शौचालय निर्माण हुन सकेको थिएन । अहिले बुढीगङ्गा नगरपालिका–६ को वडापालिकाले पाँच लाख रुपियाँ रकम विनियोजन गरेपछि सुविधायुक्त शौचालय निर्माण गरिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
हेटौँडा उपमहानगरपालिका–१५ भोर्लेमा मुसा धपाउन गोठ नजिकै बालेको आगो सल्किँदा गोठमा आगलागी भएको छ । बिहीबार साँझ स्थानीय सानुकाजी स्याङवोको काठ र जस्ताबाट बनेको गोठमा आगलागी भएको हो ।
जाजरकोट सदरमुकाम खलङ्गास्थित होटल तथा पसलहरूमा संयुक्त बजार अनुगमन गरिएको छ। शान्तिचौतारा र गैरीखाली क्षेत्रमा रहेका ३४ वटा होटल तथा पसलमा गरिएको अनुगमनले बजार व्यवस्थापनको कमजोर अवस्था उजागर गरेको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङको टिमले दार्चुलाको विकट बस्ती व्यास गाउँपालिका–२, दुम्लिङको काठा दुम्लिङमा श्रमदानमार्फत झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । गत ११ गते गरिएको स्थलगत अनुमगन निरीक्षण (नापजाँच) पछि काठा दुम्लिङको मल्लो दुम्लिङखोलामा झोलुङ्गे पुल निर्माण गरिने इन्जिनियर डम्मर लिम्बूले जानकारी दिनुभयो ।