सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुराको उच्च हिमाली क्षेत्रलाई भेडा हबको रुपमा विकास गरिने बताउनुभएको छ ।
पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट स्थायी पुनःनिर्माण थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
डा. ज्योति तुलाधरको ‘आधुनिक काव्य व विद्रोहया सः–छगू विश्लेषण’ समालोचना सङ्ग्रह पाटन सङ्ग्रहालयमा विमोचन गरिएको छ ।
जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएर सहिद हुनुभएको इटहरी–१४ का मोहन सरदार घर बनाउने मिस्त्रीको काम गर्नुहुन्थ्यो । गत भदौ २३ गते जेनजी पुस्ताको आन्दोलनबारे उहाँलाई खासै जानकारी थिएन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बैतडीमा मतदाता नामावली दर्तामा उल्लेख्य वृद्धि भएको छ ।
रुस–युक्रेन युद्धको अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको शान्ति योजनाप्रति कडा आपत्ति जनाउँदै अमेरिकी सांसदहरूले अहिलेको स्थितिबारे गम्भीर चिन्ता प्रकट गरेका छन् ।
पश्चिम नेपालको केन्द्रविन्दु बाँकेको कोहलपुर नगरपालिका–१४ मा रहेको योयो प्लाइउड इण्डष्ट्रिज प्रालिलाई बन्द गरिँदा त्यहाँ कार्यरत छ सय कामदार बेरोजगार भएका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालसँग निवर्तमान सांसद रामहरि खतिवडाले भेटवार्ता गर्नुभएको छ ।
धनुषाको मिथिला नगरपालिका–२, हजरा चौकस्थित जनकपुर–ढल्केवर सडकखण्डमा आइतबार बिहान कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
बढ्दो माग र अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ ।
बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा शव फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गर्दै अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक व्यक्तिको शङ्कास्पद मृत्यु भएपछि अनुसन्धान सुरु गरिएको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिले पर्यटकको चहलपहल निकै बढेको छ । विशेषगरी वर्षायाम सकिएर खुलेको मौसमका कारण मनाङमा आउने विदेशी पर्यटकको दैनिक सङ्ख्या उल्लेख्य रूपमा बढेसँगै स्थानीय होटल व्यवसाय, यातायात तथा व्यापार–व्यवसायसमेत फाइदा उन्मुख बनेका छन् ।
प्रदेश अस्पताल बेनीमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ नहुँदा प्रसूति सेवा बन्द भएको छ । जिल्ला सदरमुकाममा रहेको एक मात्रै सरकारी अस्पतालमा कार्यरत चिकित्सकले अस्पातबाट बाहिरीए पछि गत महिना देखिनै प्रशुति सेवा ठप्प हुँदा प्रसुती सेवा लिनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता सृजना भएको छ ।
झापामा सवारी दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ । मेचीनगर नगरपालिका वडा नं. १५ हेद्लुबारीमा रोकिराखेको प्र.१–०१–००१ त ९९७७ ट्याक्टरसँग प्र.१–०१–०१३ प. ३३३६ नम्बरका मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ३८ वर्षीय बिनोद राउतको ज्यान गएको हो ।
जिल्लाको सिमकोट गाउँपालिका–५ सिमस्थित घाँस काट्ने क्रममा भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् ।