गुल्मी जिल्लाका सङ्घीय सांसद, जिल्ला समन्वय समिति प्रमुख तथा स्थानीय तहका प्रमुखहरूबिच भएको भर्चुअल बैठकले १६ महत्त्वपूर्ण निष्कर्ष सार्वजनिक गरेको छ।
१०० वर्ष अघिको गोर्खापत्र
नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौँमा बिहीबारबाट सुरु भएको छ । चैत २३ सम्म जारी हुने निफ हिशान्त फराहमन्दद्वारा निर्देशित इरानी फिल्म ‘माई डटर्ज हेयर’ प्रदर्शन गर्दै सुरु गरिएको हो ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता एवं १७ वडाका अध्यक्ष नवीन मानन्धरले संस्कृति तथा सम्पदा संरक्षण गर्न पत्रकारले तथ्यमा आधारित रिपोर्टिङ गरी सचेतना फैलाउनुपर्ने बताउनुभएको छ ।
‘लक्षिमा–शेरबहादुर रानाभाट स्मृति पुरस्कार’ यस वर्ष वरिष्ठ साहित्यकार गणेशबहादुर जिसीलाई प्रदान गरिएको छ । भेरी साहित्य समाज केन्द्रीय समिति, बाँकेको आयोजनामा सम्पन्न गरिएको पुरस्कार वितरण तथा सम्मान अर्पण कार्यक्रममा वरिष्ठ साहित्यकार जिसीलाई साहित्य, पत्रकारिता तथा रेडियो नाटक क्षेत्रमा पु¥याएको योगदानका लागि उक्त पुरस्कार प्रदान गरिएको हो ।
सप्तरी प्रहरीले छात्रावासमा भएको कुटपिट घटनापछि एक युवकलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
सरकारले राजस्व बढाउने र चुहावट नियन्त्रण गर्न जिम्मेवारी तोकेरै कार्ययोजना बनाउने भएको छ । अर्थ मन्त्रालयमा बिहीबार बसेको राजस्व चुहावट नियन्त्रण समितिको बैठकले चुहावट नियन्त्रण कार्य नतिजामै देखिने गरी बिहीबारदेखि काम सुरु गर्ने निर्णय गरेको हो ।
आज (शसुक्रबार) देखि बागलुङ बजारमा सुरु हुने बागलुङ मिडिया मेलाको तयारी पूरा भएको छ । मेलाको उदघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबाट गरिने भएको छ ।
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ६७ पैसा र बिक्रीदर १४९ रुपियाँ २७ पैसा तोकिएको छ ।
सरकारले मुलुकमा भ्रष्टाचार र अनियमितता नियन्त्रण गरी सुशासनको प्रत्याभूति गराउन कडा निर्देशन जारी गरेको छ । त्यसका लागि सरकारले सार्वजनिक निकायमा हुने भ्रष्टाचार र अनियमितता रोक्न नयाँ नीति अख्तियार गर्दै सम्बन्धित कार्यालय प्रमुखलाई नै जिम्मेवार बनाउने निर्णय गरेको हो ।
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लागेको छ भने अन्य भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिम एसियामा जारी द्वन्द्वले विश्व अर्थतन्त्रमा नै कम्पन पैदा भइरहेका बेला मुलुकमा भित्रिने रेमिट्यान्स आप्रवाहलाई भने छोएको छैन । बढ्दो रेमिट्यान्स आप्रवाहले अर्थतन्त्रलाई बलियो सहारा दिइरहेको छ तर यही रेमिट्यान्सका भरमा टिकेको अर्थतन्त्रमा उत्पादन र लगानी सुस्त रहँदा दीर्घकालीन दिगोपनप्रति प्रश्न उठेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् आयोजनाको अनुमतिपत्र र विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) बारे अध्ययन गर्ने भएको छ । सो प्रयोजनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णयमार्फत बिहीबार विद्युत् खरिद सम्झौता तथा अनुमतिपत्रसम्बन्धी समिति गठन गर्नुभएको हो ।
सरकारले नेपाललाई आरोग्य पर्यटन (वेलनेस टुरिजम) को हब बनाउने लक्ष्यसहित अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्यताका साथ मनाउने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय आरोग्य दिवस आयोजक समितिको बैठकले आगामी वैशाख २ गते ७५३ वटै स्थानीय तह र सातै प्रदेशमा प्रभावकारी, सहभागितामूलक र दीर्घकालीन प्रभाव पार्ने गरी पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने निर्णय गरेको हो ।
नेपाल महिला चेम्बरले नेपाल चेम्बर अफ कमर्सको ७५औँ वार्षिकोत्सव हीरक जयन्तीका अवसरमा देशका विभिन्न क्षेत्रमा ऐतिहासिक योगदान पु¥याएका अग्रणी नेपाली महिलालाई सम्मान गरेको छ । बिहीबार आयोजित कार्यक्रममा राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकुदलगायत विविध क्षेत्रमा योगदान दिएका महिला व्यक्तित्वलाई सम्मान गरियो ।