राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक माफी माग्दै उक्त माफीको मूल्य न्यायमार्फत सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८२ हुने भएको छ । महोत्सवको आकर्षण ‘लन्डन ब्रिज’ राखिने आयोजकको भनाइ छ । महोत्सव चैत २६ देखि २०८३ वैशाख ६ गतेसम्म सञ्चालन हुने आयोजकको भनाइ छ ।
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
बिचौलिया गरेको आरोपमा कैलाली प्रहरीले दुई सरकारी कार्यालयबाट १२ जनालाई पक्राउ गरेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्ड रातको समयमा थप तीन दिनका लागि बन्द गरिने भएको छ ।
पाँचथरमा अरिङ्गालको समूहले टोक्दा एकजना घाइते हुनुभएको छ ।
मधेश प्रदेशसभाको बिहीबारको बैठकमा प्रदेश सरकारले विनियोजन गरेको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट समयमा कार्यान्वयन हुन नसकेको भन्दै सत्तासीन तथा प्रतिपक्षी दलका सदस्यले चिन्ता व्यक्त गरेका छन् ।
मकवानपुर गढी गाउँपालिका –२ स्थित मोरे गाउँमा विद्युत बिस्तारका लागि फलामे पोल गाड्ने क्रममा हाइटेन्सनको तारमा ठोक्किएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा हनुमान जयन्तीको अवसरमा बिहीबार भव्य शोभायात्रा निकालिएको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार र शनिबार सबै प्रदेशका तराई भू–भागमा हावाहुरीको सम्भावना रहेको बताएको छ ।
नेपाली नयाँ वर्षको अवसरमा पोखरामा २१ औँ फेवा नववर्ष महोत्सवको तयारी गरिएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा हुने महोत्सव आगामी चैत २९ गतेदेखि वैशाख १ गतेसम्म सञ्चालन हुनेछ ।
बिहीवारदेखि देशभर सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कोसी प्रदेशबाट ७३ हजार ८५२ विद्यार्थी सहभागी भएका छन् ।
रुकुमपश्चिममा आजैबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका चेकजाँच सुरु भएको छ । आजैबाट परीक्षा सुरु भएता पनि परीक्षा लगत्तै उत्तरपुस्तिका जाँच गर्न सुरु गरिएको हो ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाताहरूलाई सम्मान गरेको छ।
नेपाल नागरिकता (दोस्रो संशोधन ऐन) २०८२ प्रमाणिकरण भएपछि काभ्रेपलाञ्चोक जिल्लामा पछिल्लो समय आमाको नामबाट, पितृत्व र मातृत्व दुवै ठेगाना नभएको नेपाली नागरिकता प्रमाणपत्र लिनेको सङ्ख्या बढ्दै गएको छ ।