बगदादस्थित अमेरिकी दूतावासले इरान समर्थक सशस्त्र समूहले आगामी एक दुई दिनमा इराकमा आक्रमण गर्न सक्ने चेतावनी दिएको छ । हाल इराकलाई संयुक्त राज्य अमेरिका, इजरायल र इरानबिचको युद्धमा तानिएको छ भने अमेरिकी संरचना र इरान समर्थक समूह दुवैलाई लक्षित गरी आक्रमण गरिएको छ ।
पश्चिम बागलुङको निसीखोला गाउँपालिका–२, देविस्थानको उच्च भागमा पर्छ ‘अर्नाकोट’ गाउँ । कठिन भूगोलका कारण विकासमा पछि परेको अर्नाकोटमा पानीको मुहान सुक्दै जानु र लिफ्ट खानेपानी आयोजना जीर्ण बनेपछि खानेपानीको खोजीमा बसाइसराईको दर बढ्दो छ ।
राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले नव गठित सरकारलाई रचनात्मक सहयोग गर्ने बताउनुभएको छ ।
प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्टलाई नियन्त्रणमा लिएको छ ।
दाङको घोराही उपमहानगरपालिका–१५, काठेकोहलस्थित सरस्वती माध्यामिक विद्यालयमा अध्ययनरत २६ जना छात्रालाई निःशुल्क साइकल वितरण गरिएको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले इरानविरुद्धको युद्धका मुख्य उद्देश्य पूरा भइसकेको उल्लेख गर्दै अब थप के हासिल गर्न बाँकी छ भन्ने स्पष्ट नभएको बताउनुभएको छ ।
मालपोत कार्यालय भरतपुरमा सेवाग्राहीलाई दुःख दिने र अनधिकृत रूपमा कार्य सम्पादनमा अवरोध पुर्याउने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जेनजी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ ।
विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् ।
झापाको अर्जुनधारामा मन्दिरभित्र ग्रीलको काम गर्ने क्रममा करेन्ट लागेर एक युवाको ज्यान गएको छ । बिहीबार दिउसो १२ बजतिरको समयमा अर्जुनधारा –४ भाङबारीस्थित विन्दाबासिनी मन्दिर परिसरमा ग्रीलको काम गरिरहेका २३ वर्षीय गोविन्द मण्डलको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा तीन वटा अध्यादेश पेश गर्नुभएको छ ।
स्वतन्त्र सांसद महावीर पुनले आफू सदनमा पक्ष, विपक्ष भन्दा निष्पक्ष रूपमा प्रस्तुत हुने बताउनुभएको छ । फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बसेको पहिलो बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीले अवैध रूपमा चोरी निकासी भइरहेको कटपिस ढुङ्गासहित दुई वटा बोलेरो जिप नियन्त्रणमा लिएको छ ।
सरकारी खर्चमा मितव्ययिता कायम गर्न सरकारले सरकारी सञ्चार माध्यममा मात्र सूचना प्रकाशन–प्रसारण गर्न गराउन निर्देश गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् खरिद सम्झौता (पिपिए) र विद्युत् उत्पादन अनुमतिपत्रहरूको विस्तृत अध्ययन तथा समीक्षा गर्न दुईवटा उच्चस्तरीय समिति गठन गरेको छ।