शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत १९ गते । प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्टलाई नियन्त्रणमा लिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले बिहीबार काठमाडौँको गैरीधारा क्षेत्रबाट उहाँलाई नियन्त्रणमा लिइएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । ब्युरोले सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा भट्टमाथि अनुसन्धान गरिरहेको छ ।