पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसौँ सभा सम्पन्न भएको छ। प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले आर्थिक वर्ष २०८२–८३ को बजेट पारित गरेको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नवगठित राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)ले मुलुकमा सङ्कट र विपत्ति पर्दा जनताको सुरक्षा तथा सहयोगका लागि काम गर्ने बताउनुभएको छ ।
इन्डोनेसियाको मध्ये जाभा प्रान्तको आवासीय क्षेत्रमा पहिरोे जाँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता भएको अधिकारीहरुले शुक्रबार बताएका छन् ।
शुक्रबार धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित भरतपुरमा जेनजीले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचन तयारी व्यवस्थित ढङ्गले अघि बढिसकेको बताउँदै निश्चित रहन सबैलाई आग्रह गर्नुभयो ।
राजधानीमा जारी नेपाल प्रिमियर लिग ९एनपिएल० मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
यहाँको दोधारा-चाँदनी नगरपालिकामा निर्माण भइरहेको सुक्खा बन्दरगाहका लागि आवश्यक निर्माण सामाग्री र औजार आयातमा भन्सार छुटका लागि सिफारिस गरिएको छ ।
सडक विभागले एक सूचना निकाली गैँडाकोट र नारायणघाटको बिचमा रहेको नारायणी नदीको पुलमा पुग्ने (एप्रोच रोड) कालोपत्रे गर्ने कामका लागि आज र भोलि राति ११ बजेदेखि बिहान ४ बजेसम्म सबै यातायातका साधन सञ्चालनमा रोक लगाउने जनाएको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) १० वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य भएको १९ वर्ष बितिसिक्दा पनि विस्तृत शान्ति सम्झौतामार्फत गरिएका प्रतिबद्धतामध्ये द्वन्द्वपीडितका न्यायसम्बन्धी सवालको सम्बोधन हुन नसकेकामा चिन्ता जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) केन्द्रीय ‘कमाण्ड’ घोषणा गरिएको छ ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले राष्ट्रपति पौडेलले नेपाल विशेष सेवा –दोस्रो संशाेधन ) अध्यादेश ,२०८२ जारी गरेको जानकारी दिनुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा समर्थित २८-बुँदे शान्ति योजनाको मस्यौदामा युक्रेनले मस्कोलाई निश्चित क्षेत्रीय तथा सुरक्षा सम्बन्धी छुट प्रदान गर्नुपर्ने प्रावधान रहेको छ ।
रोल्पाको नुवागाउँस्थित अरनिको माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी ५१ विद्यार्थीलाई एक लाख रुपियाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको हो ।
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्की रूसको विनाशकारी पूर्ण-स्तरीय आक्रमण शुरू भएको करिब चार वर्षपछि देशलाई नेतृत्व दिने आफ्नो क्षमताको कडा परीक्षामा पर्नुभएको छ ।
रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा स्कुल बसको ठक्करले बालकको मृत्यु भएको छ ।
लगभग ६० लाख विदेशी नागरिक हाल देशमा बसिरहेको जनाउँदै इरानका आन्तरिक मन्त्री इस्कन्दर मोमेनीले चालु वर्षमा १५ लाख भन्दा बढी आप्रवासी अफगानिस्तानमा फर्केको जनाउनु भएको छ ।