• १९ चैत २०८२, बिहिबार

सुख्खा पहिरो जाँदा कर्णाली करिडोरको खच्चा सडक बन्द

blog

खच्चामा सुख्खा पहिरो गएपछि रोकिएका यातायातका साधन र यात्रुहरु । तस्बिर : राजन राजत

राजन रावत

हुम्ला, चैत १९ गते । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिका– १ को खच्चामा सडक अवरुद्ध भएको छ । सो क्षेत्रमा सुख्खा पहिरो गएपछि यातायात बिहीबार बिहानबाट अवरुद्ध भएको हो ।

बिहान एक्कासी माथिबाट सुख्खा पहिरो खसेपछि कर्णाली करिडोरको खच्चामा यातायात सेवा अवरुद्ध भएको प्रहरी नायव उपरिषक शंकर खड्काले बताउनुभयो । सुख्खा पहिरो खस्दा सडकमा बाटो भरिएपछि सडक अबरुद्ध भएको उहाँले बताउनुभयो । यसबाट सिमकोट लगाएतका स्थानबाट जिल्लाका दक्षिणी क्षेत्र लगाएत सुर्खेत र नेपालगंज जाने यातायातका साधन तलबाट माथि आउने दुई दर्जन बढी यातायातका साधनहरु रोखिएका छन् । 

सो क्षेत्रमा सधै सुख्खा पहिरो खसेर यातायात सेवा अवरुद्ध हुने गर्छ । सडकमा खसेको पहिरो पन्छाउन जेसीवी झिकाउने कार्य भई रहेको प्रहरीले जनाएको छ ।