तीन महिना अघिसम्म खानेपानी बोकेर घरमा ल्याउँदै आउनुभएको जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरको रुम्टा गाउँकी चित्रदेवी सापकोटा अहिले घरमै खानेपानीको सुविधा हुँदा दङ्ग हुनुहुन्छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताउनुभएको छ । मङ्गलबार नेपाल एयरलाइन्सको ६७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले एसइई परीक्षामा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई पुरस्कृत गरेको छ । माध्यमिक शिक्षा परीक्षा एसइईमा नगर उत्कृष्ट हुने छात्र र छात्रालाई नगरपालिकाले ५०/५० हजार नगदसहित सम्मान गरेको हो ।
सप्तकोशी नदीको काटानबाट तत्काल रोकथाम गर्न नदीको स्परहरुमा बालुवा भरिएका बोराहरु तयारी अवस्थामा राखिएको छ । सप्तकोशी नदीको पूर्वी तटबन्ध कुशाहा, मधुवनदेखि चतरासम्मका स्परहरुको सुरक्षाका लागि भरिएका माटो र बालुवाका बोराहरु राखिएको छ ।
इटहरीस्थित पिसजोन आवासीय माध्यमिक विद्यालयमा “ट्रेड फेयर २०८२” सम्पन्न भएको छ । विद्यालयको आयोजनामा व्यापार मेलामा विद्यार्थीहरूले आफैँले उत्पादन गरेका सामग्रीहरू प्रस्तुत गरी व्यावहारिक व्यापारिक अभ्यास गरेका थिए ।
बर्सातमा जोखिमको समस्या आउने भन्दै चितवन राष्ट्रिय निकुञ्जले सोमबारदेखि निकुञ्जभित्र जिप सफारी बन्द गरेको छ । निकुञ्जले सूचना जारी गर्दै वन्यजन्तु तथा चराको प्रजननको
म्याग्दीको मालिका गाउँपालिका-१, निस्कोटका घरघरमा खानेपानीका धारा जडान गरिएको छ । वर्षौदेखि सफा र स्वच्छ खानेपानी सुविधाबाट बञ्चित भएका निस्कोटवासीहरु घरघरमा धारा जडान गरी खानेपानी पानी आउन थालेपछि खुसी भएका छन् ।
चेपाङ समुदायका विपन्नलाई आवासको व्यवस्था गरिएको छ । चितवनको इच्छाकामना गाउँपालिकाले विपन्न ४५ चेपाङ परिवारलाई आवासको व्यवस्था मिलाएको छ ।
नेपाली महिला क्रिकेट टिमले पहिलो पटक टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुगेर इतिहास रचेको छ । विश्वकपको एसिया क्षेत्रीय छनोटको सुपर थ्रीको उपविजेता बनेर नेपाल ग्लोबल छनोटमा पुग्न सफल भयो । नेपाली महिला क्रिकेट टोलीले अहिलेसम्म प्राप्त गरेको यो सबैभन्दा ठूलो सफलता मानिएको छ ।
सत्यवति गाउँपालिका–८ भार्सेका ५६ वर्षीय यमबहादुर थापाले १५० बोट किवी रोप्नुभएको छ । उहाँले अन्नबाट भन्दा बढी आम्दानी हुने भएपछि नसरीसहितको किवी खेती विस्तार गर्नुभएको छ ।
शुक्लाफाँटा नगरपालिका–११ वनहरा नदी तटीय क्षेत्रमा झोपडी बनाएर बस्दै आएका भूमिहीन परिवार सुरक्षित स्थानमा सर्ने तयारीमा जुटेका छन् । कोही झोपडी बनाउन व्यस्त छन् भने कोही झोपडीमा च्यातिएका त्रिपाल र कपडा राख्नमा व्यस्त छन् ।
क्यान्सर रोगीको सङ्ख्या विश्वमा बढ्दो छ । थरिथरीका क्यान्सरले धेरैलाई सताइरहेको छ ।
बाल श्रम, महिला हिंसा तथा लागुऔषधविरुद्ध सचेतना कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।कार्यक्रममा बालबालिकाको अधिकार, महिलामाथि हुने विभिन्न खाले हिंसा तथा युवामाझ बढ्दो लागुऔषध दुरुपयोगका असरबारे विश्लेषणात्मक प्रस्तुति दिइएको थियो ।
आमुख– पूर्वीय यात्रासाहित्यको सुरुवात ऋग्वेदबाट नै छिटफुट रूपमा भएको पाइन्छ । ऋग्वेदको सिर्जना इसा भन्दा बिस हजार वर्ष अगाडि भएको प्रो. अनिलचन्द्र दासको दाबी छ । (डा. भोलाशङ्कर व्यास, भारतीय साहित्य की रूपरेखा, पृ.२२)
टर्कीले आफ्नो राजधानी अंकारामा २०२६ को नेटो नेताहरूको शिखर सम्मेलन आयोजना गर्ने भएको छ । टर्कीले जुलाईमा २०२६ को नेटो राष्ट्र प्रमुख र सरकार शिखर सम्मेलन आयोजना गर्ने आशा गरेको छ ।