संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई क्षेत्रको विकासका लागि नेपाल वायुसेवा निगमको सदृढीकरण अपरिहार्य रहेको बताउनुभएको छ ।
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा सचिव डा सुरेन्द्र अर्यालले उक्त सन्देश सभासमक्ष टेबुल गर्नुभएको हो ।
जिल्लाको मायादेवी साझेदारी वन व्यवस्थापन समूहले एकै वर्षमा १० करोड बढीको सालको काठ उत्पादन गरेको छ । चालु आर्थिक बर्ष २०८१-०८२ मा ८७ हजार क्युफिट काठ उत्पादन गरेको हो ।
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा केही प्रावधान परिवर्तन भएको भन्ने सम्बन्धमा उठेका विषय छानबिन गर्न सभामुख देवराज घिमिरे समक्ष आग्रह गरिएको जानकारी दिनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पारदर्शिता, जवाफदेहिता र समन्वयलाई सुदृढ पार्न साझा प्रयास जरुरी रहेको बताउनुभएको छ।
स्थानीय कला संस्कृति लोप हुने भन्दै अहिले स्थानीय आफैँ बाजा बजाउने सीप सिक्न थालेका छन् ।
असारको तेस्रो साता सकिन लाग्दासमेत धनकुटा जिल्लामा करिब ९१ प्रतिशत रोपाइँ हुन बाँकी छ ।
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौं, नयाँ बानेश्वर अवस्थित लेट मि इन प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकाले बाँझो छाडिएका खेतबारीमा फलफूल खेती गर्ने भएको छ ।
गोरखाको पालुङटार नगरपालिकाको पुतलीखेत-बुढीचौर-लिगलिगकोट सडक कालोपत्रे भएको छ । पालुङटार नगरपालिका-१, पुतलीखेतबाट झण्डै साँढे ३ किलोमिटर सडक कालोपत्रे भएको हो ।
तारकेश्वर नगरपालिका–३ मा सुविधासम्पन्न पर्यटकीय पूर्वाधार निर्माण भएको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आज एक समारोहका बीच नागार्जुन रिसोर्टको उद्घाटन गर्नुभयो ।
केही वर्ष अघिसम्म बिहान सबेरै उठेर आधा घण्टाको उकालो ओरालो हिँडेर कुवाबाट पानी ल्याउनु धुपुकी मञ्जु शर्माको दैनिकी थियो । दैनिक दुई घण्टा खानेपानीको जोहोमै बित्ने गथ्र्यो । तर अहिले उहाँ घरकै आँगनमा जोडिएको धाराबाट सजिलै पानी प्रयोग गर्न सक्नुहुन्छ ।
कञ्चनपुरमा तीन विद्यालयको नतिजा शून्य आएको छ । शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका अनुसार शैक्षिक सत्र २०८१ मा भएको माध्यामिक शिक्षा परीक्षा (एसइई)को जिल्ला स्थित तीन विद्यालयमा नतिजा शून्य आएको हो ।
दोस्रो अन्तर्राष्ट्रिय महिला संसद् सम्मेलन तथा आइकोनिक महिला पुरस्कार २०२५ दुबईमा सम्पन्न भएको छ । यो सम्मेलनले महिला नेतृत्व, उद्यमशीलताल र अन्तर्राष्ट्रिय सहयोगको नयाँ युगको घोषणा गरेको छ ।
गाउँपालिका भन्ने बित्तिकै सबैको सोचमा आउँछ टोल र बस्ती जोड्ने सडक, इन्टरनेटसँग सहज पहुँच, बस्तीभरि झिलिमिली बत्ती ! तर, हुम्लाको अदानचुली गाउँपालिकाको १, २ र ३ वडाका बासिन्दालाई भने गाउँपालिकामा हुनु पर्ने यी आधारभुत सुविधा अहिलेसम्म ‘आकाशको फल, आँखा तरी मर’झैं छ ।