रौतहट जिल्लाको निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य रवीन्द्र पटेल सक्रिय नेताका रूपमा परिचित हुनुहुन्छ । उहाँ सांसद बन्नुभन्दा अगाडिदेखि नै जिल्लामा विकास, सु
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद राष्ट्रिय राजनीतिको ऐना भएको उल्लेख गर्दै लोकतन्त्र र मुलुकको सार्वभौमिकताको रक्षार्थ सभामुख र संसदले जिम्मेवार भूमिका खेल्नुपर्ने बताउनुभयो।
काठमाडौँ विश्वविद्यालय (केयु) बाट सबैभन्दा कम उमेरमा विद्यावारिधि (पिएचडी) गर्नुभएका डा. राम लामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बन्नुभएको छ ।
नेपालगन्ज उपमहानगर पालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु भएकी २२ वर्षीय सिर्जना बुढामगरको घटनाबारे छानबिन गर्न बाँके प्रहरीले समिति गठन गरेको छ ।
लमजुङमा बर्ड फ्लू रोगको सम्भावित जोखिमलाई मध्यनजर गर्दै बाह्य जिल्लाबाट कुखुरा र अण्डा आयातमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ ।
मकवानपुरको विकट पालिका राक्सिराङ गाउँपालिका–४, घोरकोटेकी सुन्तली परियारले ५१ वर्षपछि आफ्नै घरमा नागरिकता प्राप्त गर्नुभएको छ । दुई वर्षअगाडि श्रीमान् गुमाए
प्रकृतिको कुचीकारका रूपमा चिनिने गिद्धको संरक्षणमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोर दिइएको छ। विषादीको प्रयोग नियन्त्रण गरी लोपोन्मुख अवस्थामा पुगेका गिद्धको सुरक्षा गर्न कृषक र स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहने सरोकारवालाहरूले बताएका छन्।
गुल्मी जिल्लामा लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका सवारीसाधन व्यवस्थापन नहुँदा सरकारी कार्यालयपरिसरमै थन्किएर बसेका छन् । यस्ता सवारीको व्यवस्थापनका लागि दुई वर्षअघि गठन गरिएको समितिको प्रतिवेदन तयार भए पनि त्यस अनुसार काम अघि बढ्न नसक्दा समस्या यथावत् रहेको छ ।
सञ्चार प्रविधिको तीव्र विस्तारसँगै बर्दियामा मोबाइल फोन हराउने घटनामा उल्लेख्य वृद्धि देखिएको छ । पछिल्ला तीन आर्थिक वर्षमा मात्रै ४७९ वटा मोबाइल हराएको उजुरी जिल्ला प्रहरी कार्यालय बर्दियामा दर्ता भएको छ तर तीमध्ये आधाभन्दा बढी मोबाइल अझै फेला पर्न सकेका छैनन् । प्रहरीको तथ्याङ्क अनुसार दर्ता भएका उजुरीमध्ये १७६ वटा मोबाइल मात्रै फेला पार्न सकिएको छ भने २९३ वटा घटनामा अनुसन्धान जारी रहेको छ ।
राजनीतिमा लागेको पुगनपुग छ महिनामै एउटा युवाले दशकौँदेखि स्थापित राजनीतिक दलका उम्मेदवारलाई किनारा लगाउला भनेर कमैले अनुमान गरेका थिए । यस्तै भएको छ, रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा । यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तौफिक अहमद खान विजय हुँदा सबै स्तब्ध भएका छन् ।
कालीकोट जिल्लाको पलाँता र पचालझरना गाउँपालिकालाई राष्ट्रिय राजमार्गसँग जोड्ने पक्की पुल निर्माणको सम्झौता मिति सकिएको एक वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन।
एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको खोटाङ जिल्लाबाट निर्वाचित सांसद आरेन राईले आफ्नो जिल्लालाई अब समृद्धिको बाटोमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । श्रम
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खश जुम्ली भाषा
हुम्लाको जिल्ला अस्पताल चिकित्सकको अभावमा चलिरहेको छ । सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा चिकित्सक अभाव भएपछि यहाँका बिरामीले सास्ती खेप्नु परेको हो ।केही दिनअघि चङ्खेली गाउँपालिका–२ का अक नेपाली भिरबाट लडेर गम्भीर घाइते हुनुभयो । उहाँलाई उपचारका लागि जिल्ला अस्पताल हुम्ला पु¥याइयो तर अस्पतालले यहाँ उपचार सम्भव नहुने भन्दै अन्यत्र रेफर गरिदियो । सुर्खेत लैजान आफन्तले सिमकोट विमानस्थल पु¥याए पनि विमानस्थलमै उहाँको निधन भयो ।
सुर्खेतकी इनिशा विक ‘मृत्यु’ प्रकरणमा सुर्खेत जिल्ला अदालतले घटनामा संलग्न भनिएका चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । आइतबार र सोमबारसम्म दुवै पक्षको बहसपछि जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको एकल इजलासले घटनामा संलग्न भएको अभियोग लागेका चारै जनालाई मङ्गलबार राति पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।