मध्यपूर्वमा जारी युद्धको प्रत्यक्ष असर हिमालय राष्ट्र भुटानसम्म पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य तीव्र रूपमा बढेपछि भुटान सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ, जसले सर्वसाधारणको दैनिक जीवनमा थप दबाब सिर्जना गरेको छ ।
सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबारदेखि सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय भवनमा सुरु भएको छ ।
इरानका सर्वोच्च नेता मोज्ताबा खमेनीले अमेरिकी आक्रमणका कारण भएको विनाशलाई सम्बोधन गर्न प्ररित गर्दै मुलुकको पूर्वाधार पुनःस्थापना गर्न राष्ट्रव्यापी अभियानको आह्वान गर्नु भएको छ ।
मध्यपूर्वमा जारी युद्ध थप चर्किदै जाँदा सैन्य आक्रमण, प्रतिआक्रमण र आर्थिक असर एकैसाथ तीव्र बनेका छन् । इजरायल, इरान, लेबनान र खाडी क्षेत्रसम्म फैलिएको द्वन्द्वले क्षेत्रीय सुरक्षामात्र नभइ, विश्व अर्थतन्त्रमा समेत गम्भीर दबाब सिर्जना गरेको छ ।
सल्यानको कपुरकोट गाउँपालिका–४, किमुचौर नजिकै अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बाँकेमा १८७ जना सिफलिस प्रभावित नयाँ बिरामी भेटिएको भेरी अस्पतालले जनाएको छ । भेरी अस्पतालमा सञ्चालन भइरहेको सिफलिस (भिरिङ्गी) सम्बन्धी वैज्ञानिक अनुसन्धानको क्रममा गत तीन महिनामा गरिएको तथ्याङ्क संकलनमा १८७ जना सिफलिसका नयाँ बिरामी भेटिएको भेरी अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा. बद्री चापागाइँले बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ ।
सल्यानको कपुरकोट गाउँपालिका–४ किमुचौर नजिक अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–२, भार्चा छोसेरकी १६ बर्षिया छिमी ल्हामो गुरूङ माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको लागि तीन दिन अगाडि मात्रै मुस्ताङ आउनुभयो । दिब्यदिप माध्यमिक विद्यालय, छोसेरमा अध्ययनरत गुरूङ गएको कात्तिक महिनाको ११ गते घुम्ती शिक्षाका लागि पोखरा जानुभएको थियो ।
सुनसरीको इनरुवामा हनुमान जयन्तीको अवसरमा कलश यात्रा निकालिएको छ ।
आधा शताब्दीभन्दा बढीपछि मानवता पुनः चन्द्रतर्फ फर्किएको छ । नासाको आर्टेमिस–२ मिसन अन्तर्गत चार अन्तरिक्ष यात्री बुधबार शक्तिशाली रकेटमार्फत चन्द्रमाको परिक्रमा गर्ने ऐतिहासिक यात्रामा प्रस्थान गरेका छन्, जसले आगामी अवतरणको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ ।
गत भदौ २४ गते जेनजी आन्दोलनमा प्रदर्शनकारीबाट तोडफोड र आगजनी हुँदा क्षतिग्रस्त बनेको हरिवन नगरपालिकाको दमकल सञ्चालनमा आउन सकेको छैन् ।
सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्षको लागि बजेट निर्माणको तयारीमा जुटेको छ ।
नेपालगन्ज-१२, कोरियनपुरमा चैत १४ गते राति जलेको अवस्थामा भेटिनुभएकी सिर्जना बुढामगरको मृत्यु जलनकै कारण भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।
गण्डकी प्रदेशकै एकमात्र साझेदारी वनका रूपमा रहेको नवलपुरको मध्यविन्दु साझेदारी वन उपभोक्ता समूहले जैविक मल उत्पादन सुरु गरेको छ ।