यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँके जिल्लामा १६ हजारभन्दा बढी नयाँ मतदाताले फोटोसहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गराएका छन् ।
उत्पादित अलैँचीले मूल्य पाउन थालेपछि यहाँका किसान उत्साहित भएका छन् । यस वर्ष अलैँची प्रतिमन (४० किलोग्राम) रु ९८ हजारसम्ममा कारोबार भइरहेको टेम्केमैयुङ–५ चोलन्तीका किसान चक्रबहादुर विष्टले जानकारी दिनुभयो ।
पर्यटकिय नगरी सौराहा आउने पर्यटकलाई लक्षित गरी राप्ती नदीमा नौका विहारका लागि नयाँ रुट सञ्चालनमा ल्याइएको छ । निकुञ्जको पूर्वि क्षेत्रमा पर्ने जीन्दागानी घाटदेखि भिमपुर घाटसम्मको राप्ती नदीमा नयाँ रुट सञ्चालनमा ल्याइएको हो ।
बाजुराको बडीमालिका नगरपालिका–४ का ओलेनावासी अहिले घरमा आरामसँग सुत्ने गरेका भए पनि बर्खाको समय रातमा उनीहरू सधैँ जाग्राम रहने गरेका छन् । ओलेनावासीको घरको मुनि बुढीगङ्गा नदी बग्ने र त्यसले बर्खाको समय जमिन कटान गर्दै आएकाले आफूलाई कति बेला नदीले बगाउँछ भन्ने डरले उनीहरू अहिले घरमा राम्रोसँग सुत्ने गरेको भए पनि बर्खा रातमा भने सधैँ जाग्राम रहने गरेका हुन् ।
कैलालीको पूर्वी क्षेत्रमा रहेका पाँच वटा पालिकामा चालु आर्थिक वर्षमा २७१ जना क्यान्सर तथा मिर्गौलारोगी पाइएको छ । लम्कीचुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका, घोडाघोडी नगरपालिका, भजनी नागरपालिका र गौरीगङ्गाका नगरपालिकाका क्यान्सर तथा मिर्गौलापीडितले सरकारबाट पाउने सुविधा लिएर उपचार गराइरहेको तथ्याङ्कबाट यो तथ्य फेला परेको हो । ती क्यान्सर तथा मिर्गौलापीडित पालिकाबाट मासिक पाँच हजार रुपियाँका दरले सहयोग रकम लिएर उपचार गराइरहेका छन् ।
कोशीटप्पु वन्यजन्तु आरक्ष प्राकृतिक चुनौतीको सामना गर्दै आएको छ । सप्तकोशी नदी र नदी उकास क्षेत्रमा रहेको आरक्ष क्षेत्रको सबैजसो भूभागले कोशीको कटानको सामना गर्दै आउनु परेको छ ।
सरकारले राष्ट्रिय परिचयपत्र मार्फत मतदाता नामावलीमा नाम समावेश गर्न पाउने व्यवस्था मिलाएको एक हप्तामा नै स्याङ्जामा ६ हजारभन्दा धेरै मतदाता थपिएका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय महेन्द्रनगर, कञ्चनपुरले जेनजी आन्दोलनका क्रममा कार्यालयमा भएको आगजनी र तोडफोड गर्नेबारेमा छानबिनको मागसहित प्रहरीमा जाहेरी दिएको छ ।
हुम्लाको सर्केगाड गाउँपालिकामा फोरजी सेवा सञ्चालनमा आएको छ । जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाले फोरजी सेवा सञ्चालनमा ल्याएपछि खार्पुनाथ गाउँपालिकालाई समेत सहज भएको हो ।
त्रेता युगमा मर्यादा पुरुषोतम भगवान राम र जगत जननी माता सिताबिच भएको विवाहको सम्झनामा प्रत्येक वर्ष जनकपुरधाममा मनाइने साताव्यापी राम जानकी विवाहपञ्मी महोत्सवको आज चौथो दिन आइतबार भगवान रामको तिलकोत्सव कार्यक्रम हुने छ ।
दैलेखको दुल्लु नगरपालिका–८, पादुकास्थित रहेको पौवा दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । झन्डै दुई सय वर्ष पुरानो (पौवा दरबार) दुल्लु सांस्कृतिक सङ्ग्रहालय लामो समयसम्म मर्मतसम्भार नभएपछि जीर्ण बन्दै गएको हो ।
साहित्य सन्ध्याको ४७० औँ नियमित मासिक विशेष शृङ्खलामा ‘नेपाली प्रगतिशील साहित्यमा ज्येष्ठ नागरिकको योगदान’ र ‘साहित्यमा एआईको प्रयोग’ विषयमा परिचर्चा तथा विशेष कवि गोष्ठी आयोजना गरिएको छ ।
भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी काम भइरहेको छ ।
चार करोड रुपियाँ पेस्की लिएर ठेकेदार फरार भएपछि विराटनगर महानगरपालिकाको चार वटा वडालाई जोड्ने सडक छ वर्षदेखि अलपत्र छ । विराटनगर महानगरपालिका अन्तर्गत कोशी राजमार्ग पश्चिमको विकल्पका रूपमा विराटनगर–५, ६, ११ र १२ नम्बर वडालाई जोड्ने सडक शिलान्यास भएको छ वर्ष र निर्माण सम्पन्न हुनुपर्ने म्याद सकिएको तीन वर्ष बितिसक्दा समेत बन्न सकेको छैन ।
कर्णाली प्रदेश सरकारले हुम्लाका तीन गाउँपालिकामा स्वास्थ्य सेवा प्रदानका लागि चिकित्सकको व्यवस्था गरेको छ । ग्रामीणस्तरमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारको सामाजिक विकास कार्यालयले चिकित्सकको व्यवस्था गरेको हो ।