विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका तथा त्यहाँ अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो र अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएका तीन नेपालीको उद्धार गरिएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले निजी सचिवालयका कर्मचारीको सेवा सुविधा हेरफेर गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रीपरिषद्को बैठकले सचिवालयमा कार्यरत कर्मचारीका सेवा सुविधा हेरफेर गर्ने निर्णय गरेको हो । त्यसका लागि सरकारले मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ को अनुसूची हेरफेर गर्ने निर्णय गरेको छ । स्वकीय सचिवालयका कर्मचारीको पारिश्रमिक तथा सुविधा हेरफेर गर्नका लागि ऐनको अनुसूची हेरफेर गर्न लागिएको जनाइएको छ ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुलुकको दिगो विकास, रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहकारी क्षेत्रको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभएको छ।
सल्यानको दार्मा गाउँपालिका–५ का वडा अध्यक्ष सुदीप केसी २० वर्षपछि पुनः अध्ययनमा फर्किएर माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुनुभएको छ।
भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने भएको छ । त्यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी थालेको छ ।
धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ । गुर्जासँगै म्याग्दीका छवटा स्थानीय तहका ४५ वटै वडामा सडक पुगेको हो ।
पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’
सात नम्बर वैद्यनाथ बाहिनीको २५ औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको शिविरमा विशेषगरी ज्येष्ठ नागरिक, महिला र बालबालिकाले सेवा लिनुभएको थियो ।
लेखापढी व्यवसायी आन्दोलित बनेपछि सर्लाहीको हरिवनस्थित नापी र मालपोत कार्यालयको सेवा प्रभावित बन्न पुगेको छ ।
दाङका दस स्थानीय तहले आवामी आर्थिक वर्ष डेढ अर्ब बढी सङ्घीय सरकारबाट अनुदान प्राप्त गर्ने भएका छन् । आर्थिक वर्ष २०८३/८४ मा सङ्घीय सरकारबाट एक अर्ब ५५ करोड ५२ लाख अनुदान पाप्त गर्ने भएका हुन् ।
सप्तरीमा किशोरीलाई ललाई–फकाई बेपत्ता बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
आगामी चैत २३ देखि २८ गतेसम्म चौथो संस्करणको जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ । बागलुङ जेसीजको आयोजनामा गण्डकी प्रदेश स्तरमा फुटबल प्रतियोगिताका हुन लागेको बागलुङ जेसीजकी अध्यक्ष अन्जिला श्रेष्ठले बताउनुभयो ।
सुशासन लामो समयसम्म नारामा सीमित बन्यो । सुशासन अब व्यवहारमै लागु हुने सङ्केत देखिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम सुरु गरेको छ । नवयुवा (जेनजी)