अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले कास्कीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको भवन तथा जग्गा गैरकानूनी रूपमा निजी विद्यालयलाई भाडामा दिएको मुद्दामा संलग्न आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
तीन जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीय स्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा पर्यटकीय ताल निर्माण गरिने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानसँग एक करोड ३८ लाख रुपियाँभन्दा बढीको धान खरिद गरेको छ ।
पश्चिम नवलपरासीको रामग्राम र पाल्हीनन्दनमा समुदायस्तरमा शिविर सञ्चालन गरेर क्षयरोगी (टिबी) को खोजी गरिएको छ । रामग्राम –१८ बन्जरीयामा एआई प्रविधिसहितको एक्सरेमार्फत शङ्कास्पद व्यक्तिहरूको चेकजाँच गरिएको छ ।
कैलालीको विश्व सिमसार तथा जैविक विविधताले महत्वपूर्ण क्षेत्र घोडाघोडीमा आइतबार घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सवको उद्घाटन भएको छ ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न गृहमन्त्री ओमप्रकाश अर्यालको सक्रियतामा तीन वटै सुरक्षा निकायका लागि आवश्यक सवारी साधनको खरिद अनुमति दिएसँगै प्रक्रियासमेत अघि बढेको छ।
पहाडी जिल्लाको ग्रामीण भेगका महिला खर काट्न निकै व्यस्त छन्। घर गोठ छाउनुका साथै गाईवस्तुका लागि दसैँ अघिदेखि खर काट्न ग्रामीण भेगका महिला निकै व्यस्त रहेका छन्।
सप्तरीका क्रिकेट खेलाडी क्रिकेट अभ्यासका लागि श्रमदान गरेर पिच निर्माण गर्न जुटेका छन् ।
त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगतजननी माता सीताबिच भएको विवाहको सम्झनामा प्रत्येक वर्ष मनाइने साताव्यापी राम–जानकी विवाहपञ्चमी महामहोत्सव अन्तर्गत शनिबार धनुष यज्ञ कार्यक्रमको आयोजना गरिएको छ ।
धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय दृष्टिले आकर्षकस्थलका रूपमा परिचित फूलबारी (कोन्ज्योसोम) डाँडाको फेदीमा रहेको बालेश्वरी मन्दिर पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म पनि सम्पन्न भएको छैन ।
गोरखाको पालुङटार नगरपालिका–९ सेराफाँटको चुक्ती खोलामा चार महिनामा ६० प्रतिशत मोटरेबल पुल निर्माण समपन्न भएको छ ।
नेपाल दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेको छ । श्रीलङ्काको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा नेपाल भारतसँग सात विकेटले पराजित भयो ।
कुनै समय मालपोत र नापी कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राही र बटुवाको शौच गर्ने ठाउँको रुपमा रहेको सदरमुकाम मलङ्गवास्थित माल पोखरीको मुहार फेरिएको छ ।
पट्के खडेरी, मल अभाव, सिँचाइमा विद्युत आपूर्ति नहुनु लगायतको कारणले गतवर्षको तुलनामा यस वर्ष धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा ४ हजार ५ सयभन्दा बढी नयाँ मतदाताले नाम दर्ता गराएका छन् ।