जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले एक करोड एक लाख रुपियाँ हस्तान्तरण गरेको छ ।
जेनजी आन्दोलनका क्रममा भएको आक्रमणपछि बन्द रहेको मौलाकाली केबुलकार शनिबारदेखि सञ्चालनमा आएको छ । आन्दोलनका क्रममा आगजनी तथा तोडफोड हुँदा केबुलकार गत भदौ २५ गतेदेखि बन्द रहेको थियो । मौलाकाली केबुलकार प्रालिका व्यवस्थापक सुरज पौडेलले दुई महिनापछि केबुलकार पुनः सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । “प्राविधिकहरूद्वारा केबुलकारको आवश्यक मर्मत तथा परीक्षण गरेर पुनः सञ्चालनमा ल्याएका छौँ,” उहाँले भन्नुभयो ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनाको आयातनिर्यात आँकडालाई भटमासको तेलले उकासेको देखिएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको आँकडा अनुसार नेपालबाट सबैभन्दा बढी भटमास तेल ३८ अर्ब ४३ करोड रुपियाँ बराबरको १८ करोड ५२ लाख ५५ हजार किलो निर्यात भएको छ भने ३७ अर्ब ९६ करोड ४२ लाख ६३ हजार रुपियाँ बराबरको भटमास आयात भएको छ ।
सरकारी विद्यालयको जग्गा गैरकानुनी रूपमा निजी विद्यालयलाई दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कास्कीको पोखरा–१ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो चार रोपनी जग्गा र उक्त जग्गामा बनेको भौतिक संरचना स्थानीय अञ्जुली बोर्डिङ स्कुललाई गैरकानुनी रूपमा भाडामा दिएको आयोगले जनाएको छ । यस कार्यमा संलग्न भएको आरोपमा आयोगले दुवै विद्यालयका पदाधिकारीसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
कैलालीको गेटामा खुल्न लागेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दुई पटक दरखास्त आह्वान गरे पनि सम्भावित योग्य पात्र भेटिएको छैन । दुई पटकसम्म सार्वजनिक रूपमा सूचना आह्वान गर्दा पनि कसैले पनि आवेदन दिएको छैन । उपकुलपतिको योग्यता सम्बन्धमा विश्वविद्यालय ऐनले नै कडा प्रावधान तोकेका कारण उपयुक्त पात्र भेट्न नसकिएको शिक्षा, विज्ञान तथा
भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको आधा काम सम्पन्न भएको छ । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको १५.८ किलोमिटर सडकलाई छ लेनमा विस्तार गर्न दुई प्याकेजमा काम भइरहेको सो आयोजनाको भौतिक प्रगति ५० प्रतिशत पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन १३ वटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि तोकेको समयसीमाको अन्तिम दिन मात्रै पाँच वटा दलले दर्ताको निवेदन दिएका छन् ।
एउटै आमाबाट २८ सन्तानको जन्म भएको सुन्दा अनौठो लाग्छ अचेल । पछिल्लो पुस्तालाई त झनै बुढापाकाले सुनाउने दन्तेकथा जस्तो तर यो इलाम नगरपालिका–६ मा बस्दै आउनुभएकी ८३ वर्षीया बच्छीमाया कठेतको जीवनको वास्तविकता हो । १५ वर्षको उमेरदेखि कोख रित्तो नभएकी बच्छीमायाले बर्सेनि लगातार २८ सन्तानलाई जन्म दिनुभयो ।
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले जेनजीको नाममा ठुलो घुसपैठ भइरहेको बताउनुभएको छ ।सामाजिक सञ्जाल फेसबुकमार्फत केही उदाहरण प्रस्तुत गर्दै नेता बस्नेतले सचेत हुन सबैलाई आह्वान गर्नुभएको छ ।
त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगत जनन्ी माता सीताबिच भएको विवाहको सम्झनामा प्रत्येक वर्ष जनकपुरधाममा मनाइने साताव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको चौथो दिन आइतबार रामको तिलकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरीले सर्वोच्च अदालत तोडफोड र आगजनी गर्ने दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सर्वोच्च अदालत तोडफोड, आगजनी गर्ने र सुरक्षाकर्मीको हतियार लुटपाट गरेको अभियोगमा झापाको भद्रपुरका २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थानका ३० वर्षीय सुशील श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ।
नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्गलाई फराकिलो बनाउन आफ्नो पार्टीले अग्रमोर्चामा रहेर काम गर्ने बताउनुभएको छ ।
नेकपा (एमाले)को आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि जान पाँचथर जिल्लाबाट ३२ जनाको उम्मेद्वारी दर्ता भएको छ। एमाले पाँचथरले गठन गरेको निर्वाचन समितिमा आइबार उम्मेद्वारी दर्ता भएको हो।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले समग्र रुपमा मधेश प्रदेशको स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्य नीति आवश्यक भएको बताउनुभएको छ।