अर्धनिषेधित क्षेत्रबाट हटाउन निर्वतमान प्रधानमन्त्री सुशिला कार्कीलाई अन्तिम पटक मुस्ताङको जनप्रतिनिधिले ज्ञापनपत्र बुझाएका थिए । तीन दशकदेखि निषेधित क्षेत्रका कारण उपल्लो मुस्ताङमा विदेशी पर्यटकको आगमन न्युन रहेको भन्दै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, केपी शर्मा ओलीलाई पटक–पटक ज्ञापनपत्र बुझाउँदा आश्वासन मात्रै पाएको मुस्ताङका जनप्रतिनिधिले यसपटक नजिताको प्रतिक्षामा छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारी निकाय तथा सार्वजनिक संस्थाको संस्थागत क्षमता विकासमार्फत नागरिकलाई सहज, छरितो र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।
करिब पाँच दशकपछि मानवयुक्त अन्तरिक्ष यात्रा पृथ्वीको कक्षाभन्दा बाहिर निस्कँदै चन्द्रमातर्फ अग्रसर भएको छ । नासाको आर्टेमिस द्वितीय मिसन अन्तर्गतका अन्तरिक्ष यात्रीले एक दिन पृथ्वी वरिपरि परिक्रमा गरेपछि इन्जिन प्रज्वलन गर्दै चन्द्र यात्राको ऐतिहासिक चरण सुरु गरेका छन् ।
सुनसरीको इनरुवा नगरपालिका-३ मा सप्तरङ्गी साहित्य समाज कोशी प्रदेशले वरिष्ठ समालोचक तथा साहित्यकार स्व.उपेन्द्र बस्नेत ‘पागल’को स्मृति सभा तथा रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ ।
गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेसले बलिायो प्रतिपक्षी भूमिका खेल्नुपर्ने बताउनुभएको छ । शुक्रबारदेखि बागलुङमा सुरु भएको दुई दिने मिडिया मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र स्थानीय तहका छाता सङ्गठन (गाउँपालिका राष्ट्रिय महासङ्घ तथा नेपाल नगरपालिका सङ्घ) बीच समसामयिक विषयमा छलफल भएको छ ।
सप्तरी प्रहरीले मोटरसाइकल चोरी घटनामा संलग्न तीन जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजविराज नगरपालिका वडा १० का १९ बर्षीय शिवनन्दन यादव, वडा नम्बर ४ का १९ बर्षीय सञ्जु यादव र सोही वडाका १९ वर्षीय मो. अफताव रहनु भएको हो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारी कार्यालय परिसरमा अनधिकृत रूपमा सक्रिय रहदै आएका ‘बिचौलियाहरूको प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ ।
प्रतिनिधि सभाको रिक्त सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डिपी) अर्यालको एकल उम्मेदवारी दर्ता भएको छ ।
धनुषाको मिथिला नगरपालिका-१०, लालगढबाट ४० हजार रुपियाँ घुस रकमसहित सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका छन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला उद्यमशीलता व्यक्तिगत आर्थिक सशक्तीकरण मात्र नभई सामाजिक रूपान्तरण र राष्ट्रिय विकासको संवाहक भएको बताउनुभएको छ ।
धनुषाको मिथिला नगरपालिका–१०, लालगढबाट ४० हजार रुपियाँ घुस रकमसहित सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–३, गैडाटारमा सिँचाइका लागि निर्माण गरिएको बाँध भत्किएको एक वर्ष बितिसक्दा पनि पुनः निर्माण हुन नसक्दा किसान समस्यामा परेका छन् ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–५, साइटारस्थित बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।
नेपालगन्ज बसपार्कमा यात्रुहरूलाई धम्की, डरत्रास तथा हातपात गर्दै ५९ हजार रुपियाँ नगदसहित मोबाइल फोन लुटेर फरार रहेका चार जनालाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ ।