मेलामा विद्यार्थीको विज्ञान क्षेत्र, कला, शिपसहित विभिन्न शैक्षिक सामग्रीहरू प्रदर्शन गरिएका छन् ।
नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले किसान र श्रमिकको प्रगति नभएसम्म मुलुकको विकास सम्भव नहुने बताउनुभएको छ ।
ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको छ । राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल जिल्ला समन्वय समिति ताप्लेजुङको आयोजनामा दान दिवस मनाइएको हो ।
बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
बाँकेमा असार मध्यसम्म करिब ११ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । असार १५ गते आइतबार विभिन्न स्थानीय तहमा धान रोपाई कार्यक्रम भइरहँदा बाँकेमा भने अधिका्रश खेत बाँझै छन् ।
बालबालिकालाई निष्क्रिय धूमपानको खतराबाट जोगाउने उद्देश्यले आइतबारदेखि नयाँ नियमअन्तर्गत यो कानुन लागु हुने छ र उल्लङ्घन गर्ने जोकोहीलाई कानुनी कारबाही हुनेछ ।
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसानको हितमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट-बुटवल सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटमाथि आजबाट छलफल सुरु हुने भएको छ । सभामा बजेट प्रस्तुत भएको तीन सातापछि प्रदेश सभामा बजेटमाथि छलफल सुरु गर्न लागिएको हो ।
विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली यहाँ आइपुग्नुभएको छ ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३ को मङ्सिरभित्र हुनुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उहाँले महाधिवेशन समयमा नै गर्न पार्टी पदाधिकारीमा देखिनुपर्ने तदारुकता अझै नदेखिएको बताउनुभयो । त्यसबाट महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छाएको उहाँले बताउनुभयो ।
राष्ट्रपति कार्यालयद्धारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेल सहभागी हुनुहुन्थ्यो । रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको आधार मात्र नभएर व्यवसायिक बनाउनुपर्ने बताउनुभयो ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सजिलो, सुरक्षित र समुन्नत कृषि प्रणाली निर्माण गर्दै किसानलाई सम्मानित जीवन सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय वृक्षारोपण दिवस २०८२ को अवसरमा रौतहटमा १ हजार तीन सय वृक्षरोपण गरिएको छ ।