विभिन्न सामाजिक सञ्जालबाट नेपाली नागरिकसँग कुराकानी गरी विभिन्न प्रलोभन देखाइ रकम ठगी गर्ने एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण ऊर्जा लागत बढ्दै गएपछि जापानका प्रमुख एयरलाइन्सले इन्धन अधिभार बढाउने विषयमा विचार गरिरहेका छन् । यद्यपि सम्बन्धित अधिकारीले हालसम्म कुनै औपचारिक निर्णय नभएको बताएका छन् ।
हिमाली क्षेत्रको मौलिकतासँग जोडिएको चौँरी र त्यसबाट बन्ने उत्पादनको प्रवर्द्धन गर्दै पर्यटक आकर्षित गर्ने उद्देश्यले पाँचथरमा नवौँ संस्करणको चौँरी महोत्सव आयोजना गरिने भएको छ ।
संयुक्त राज्य अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले अमेरिकी सेनाका प्रमुख (चिफ अफ स्टाफ) जनरल र्यान्डी जर्जलाई पदबाट हट्न आग्रह गर्नु भएको छ । एक अधिकारीका अनुसार उहाँलाई तत्काल अवकास लिन भनिएको हो ।
नेपालभित्रै रहेका लाखौँ नागरिक मतदानको अधिकारबाट वञ्चित भइरहेको भन्दै कर्णालीका युवाले निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएका छन् ।
राष्ट्र निर्माण दलका अध्यक्ष एवं मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई भेटी तराई मधेसमा व्याप्त पानीको अभाव र विद्युत् समस्या समाधानका लागि ठोस पहल गर्न आग्रह गर्नुभएको छ ।
ललितपुर महानगरपालिकाले वातावरण सम्बन्धी विविध क्रियाकलापका लागि आधुनिक सुविधासहितको दुई वटा विद्युतीय भ्यान सञ्चालनमा ल्याएको छ ।
औषधी व्यवस्था विभागले औषधी बिक्रीवितरण तथा भण्डारणलाई व्यवस्थित, सुरक्षित र गुणस्तरीय बनाउन ‘कुशल फार्मेसी अभ्यास’ तथा ‘कुशल भण्डारण तथा वितरण अभ्यास’ अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ ।
इजरायल–अमेरिका र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री, तस्बिरलगायत सामाजिक सञ्जालमा पोष्ट गरेका कारण पश्चिम एसियाका विभिन्न मुलुकमा ११ नेपाली पक्राउ परेका छन् ।
साहित्यकार डा. देवेन्द्रप्रसाद भट्टका ‘काव्यऋषि मनिराजका अष्टदीप’ र ‘धर्तीमा झरेको दीप’ नामक दुई कृति लोकार्पण भएका छन् ।
दाङको देउखुरीमा कुटपिटबाट एक किशोरको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका सदस्यहरूसँग शुक्रबार सामूहिक छलफल गर्नुभएको छ । प्रधानमन्त्रीले विकास निर्माण र समसामयिक राजनीतिक विषयमा विभिन्न प्रदेशका सांसदसँग गर्दै आउनुभएको निरन्तर संवादको क्रममा आज गण्डकी प्रदेशका जनप्रतिनिधिसँग संवाद गर्नुभएको हो ।
गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको रोमानियाको दुई हजार ५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट अन्ततः बरामद भएको छ, जसले लामो समयदेखि रहँदै आएको अनिश्चितता अन्त्य गरेको छ ।
बाँकेको डुडुवा गाउँपालिकाले टेपरीस्थित डुडुवा नालामा ट्रस ब्रिज निर्माणको काम सुरु गरिएको छ । डुडुवा गाउँपालिका-१, टेपरीस्थित डुडुवा नालामा ट्रस ब्रिज निर्माण सुरु गरिएको हो ।
कालीकोट जिल्लामा एसईईको उत्तरपुस्तिका परीक्षणको काम सुरु भएको छ । जिल्लाका २० परीक्षा केन्द्रमध्ये १६ वटामा उत्तरपुस्तिका परीक्षणको काम सुरु भएको हो ।