राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ ।
कर्णाली र सेती नदीमा डोटीको बोगटान फुड्सिल गाउँपालिकाले जलयात्रा ‘र्याफ्टिङ’ मार्फत पर्यटन प्रवर्धन गर्ने योजना बनाएको छ । गाउँपालिकाको क्षेत्रभित्र सेती र कर्णाली नदीको करिब ६५ किलोमिटर भूभाग पर्छ ।
उपसभामुख इन्दिरा रानामगरले खाद्य सुरक्षा एवं पोषणको अवस्थामा सुधार ल्याउन तथा दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि अन्तरराष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि किसानलाई वास्तविक अर्थमा न्याय गर्नुपर्ने बताउनुभएको छ ।
बाढीपहिरोबाट उच्च जोखिममा रहेका बाजुराका अधिकांश गाउँबस्तीका स्थानीयको चिन्ताको दिन सुरु भएको छ ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा हालै यहाँ चीनका विभिन्न सहरसँग भगिनी सम्बन्ध स्थापना भएका सहरबीच सहकार्य, साझेदारी र अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरियो ।
मदन भण्डारी फाउन्डेसन, उदयपुरले शनिबार जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा सात जना हरित प्रवर्तक नर्सरी सञ्चालकलाई सम्मान गरेको छ ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले धान उत्पादन राष्ट्रिय आवश्यकता र दिगो समृद्धिको अनिवार्य सर्त भएको बताउनुभएको छ । राष्ट्रिय धान दिवस २०८२ को अवसरमा आइतबार शुभकामना दिनुहुँदै नेपाल कृषिप्रधान देश भएकाले धान हाम्रो मुख्य बाली भएको उहाँले बताउनुभयो ।
विद्यार्थीलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिकाभित्रका उत्कृष्ट अङ्क ल्याउने बाह्र विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ‘गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम’अन्तर्गत पुरस्कृत गरिएको हो ।
बैतडीमा गत वर्षको तुलनामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा करिब दोब्बरले सुधार भएको छ । विसं २०८० परीक्षामा ३१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने २०८१ को एसइईमा ५२.२९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
पर्वतको फलेवास नगरपालिका–८ नेपानेमा गए राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले विकास गरी श्रम शक्ति तथा अन्य जनशक्तिलाई स्वदेशमै क्रियाशील गराइ आधुनिक कृषि प्रविधिको विकास तथा विस्तार गर्नुपर्ने खाँचो औल्याउनुभएको छ ।
सामाजिक स्वास्थ्य बिमाका आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिए पनि सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमाप्रति आकर्षण बढ्न सकेको छैन ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एवं सप्तरी क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य डा. सिके राउतले किसानको हक अधिकार स्थापित गराउनकै लागि जनमत पार्टीको उदय भएको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशमा रक्तअल्पताको समस्या उच्च रहेको पाइएको छ ।