परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय नेपालीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
जिल्लाको सीमावर्ती क्षेत्र मर्यादपुर बजारमा प्रहरीले लागुऔषध तथा श्रोत नखुलेको नगदसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
नेकपा (एमाले) निकट जनसङ्गठनहरूले पाँचथरको फिदिम बजारमा मसाल जुलुस निकालेका छन् ।
धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु भएको छ । प्रत्येक वर्षको चैत शुक्ल पूर्णिमाको दिनको अघिल्लो दिनदेखि सुरु हुने पाँचदिने मनमैजु (अजिमा) जात्रा सुरु भएको हो ।
प्राकृतिक तथा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेशमा अपेक्षित रूपमा पर्यटकीय गतिविधि सञ्चालन हुन सकेका छैनन् । पर्यटकीयस्थलको आवश्यक प्रवर्द्धनका साथै प्रचारप्रसारका लागि प्रभावकारी काम हुन नसक्दा पर्यटकको गतिविधि बढ्न नसकेको हो ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको ७६ औँ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरी शुक्रबार मनाइएको छ । वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा रेडियो नेपालको ऐतिहासिक योगदान, सार्वजनिक सेवा प्रसारणको महत्व तथा आधुनिक सञ्चार माध्यमका चुनौती र सम्भावनाबारे चर्चा गरिएको छ ।
खोटाङमा विद्यमान रहेका शान्ति, सुरक्षासम्बन्धी समस्या यथाशीघ्र समाधान गरिदिन माग गर्दै गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र बुझाइएको छ ।
कर्णाली प्रदेश सरकारले सरकारी सञ्चार माध्ययमा मात्र सूचना प्रकाशन प्रसारण गर्न अनुरोध गरेको छ ।
हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा अवस्थित होटलहरुको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमको रुपमा काममा लगाइएको पाइएको छ ।
जाजरकोटमा माध्यमिक शिक्ष परीक्षा (एसईई) परीक्षाको उत्तरपुस्तिका जाँच गर्न सुरु गरिएको छ । जाजरकोटका १६ वटा परीक्षा केन्द्रमा उत्तरपुस्तिका जाँच गर्न सुरु गरिएको हो ।
तनहुँ, लमजुङ र मनाङ जिल्ला जोड्ने डुम्रे-बेँसीसहर-चामे सडक खण्ड भोलि चैत २१ गतेदेखि दैनिक आठ घण्टा बन्द हुने भएको छ ।
काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्नेगरी तयारी थालेको छ ।
आगलागीबाट डेरी उद्योग नष्ट भई आर्थिक सङ्कटमा पर्नुभएका पर्वतका युवा उद्यमीलाई विदेशमा रहेका साथीभाइले आर्थिक सहयोग गरेका छन् ।
रौतहट सदरमुकाम गौरबाट शुक्रबार पाँच जना बिचौलिया पक्राउ परेको छ ।
सदरमुकाम रहेको सिमकोट बजारको अनुगमन गर्ने कार्य भएको छ ।