लगानी बोर्ड नेपालले लगानीकर्ता सहजीकरण तथा गुनासो सुनुवाइ डेस्क स्थापना गरेको छ । एकल विन्दु सेवा केन्द्र सञ्चालनसम्बन्धी सेवा प्रवाहका लागि सुनुवाइ डेस्क स्थापना गरेको हो ।
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा शनिबार बिजुली कटौती गर्ने भएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला उद्यमशीलता व्यक्तिगत आर्थिक सशक्तीकरण मात्र नभई सामाजिक रूपान्तरण र राष्ट्रिय विकासको संवाहक भएको बताउनुभएको छ । महिला उद्यमी महासङ्घ नेपालले ललितपुरमा शुक्रबार आयोजना गरेको ‘नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८२’को समुद्घाटन समारोहमा उपराष्ट्रपति यादवले महिला उद्यमी आत्मनिर्भर, समावेशी र दिगो समाज निर्माणतर्फका प्रेरक शक्ति भएको बताउनुभयो ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वैदेशिक रोजगार विभागले २०८२ फागुन १७ देखि चैत १७ गतेसम्म दर्ता भएका मुद्दासँग सम्बन्धित विभिन्न व्यक्ति तथा संस्थासँग सम्बन्धित ३५२ आर्थिक दाबी तथा विवादका मुद्दाको विस्तृत सूची सार्वजनिक गरेको छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलस पाण्डे विजयी हुुनभएको छ । एडी लामालाई पराजित गर्दै कालिका कन्स्ट्रक्सनका कार्यकारी निर्देशक पाण्डे महासङ्घको अध्यक्ष हुुनुभएको हो ।
बेतन कर्णाली जलविद्युत् आयोजना निर्माणको चरणमा अघि बढेको छ । आयोजना निर्माणको अध्ययनको काम सकिएको छ । सुर्खेत र अछाम जिल्लाको सिमानामा निर्माण हुने जलविद्युत् आयोजनाको निर्माणपूर्वका सम्पूर्ण काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।
कोशी प्रदेशका साना तथा मझौला उद्यमीको वित्तीय पहुँच वृद्धि गर्न र व्यवसाय विस्तारका लागि आवश्यक पुँजी उपलब्ध गराउन कोशी प्रदेश सरकारले उद्यमी सहयोग योजना कार्यान्वयनमा ल्याएको छ । ‘आर्थिक विकासका लागि लगानी र नवप्रवर्तन’ (उदय) परियोजना अन्तर्गत ‘प्रादेशिक साना तथा मझौला उद्यमी कर्जा सुरक्षण कोष’ मा आबद्ध हुन निक्षेप तथा कर्जा सुरक्षण कोष र दुई ठुला वाणिज्य बैङ्कबिच सम्झौता भएको हो ।
गत भदौँ २३–२४ गतेको जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्था र भइरहेको उपचारबारे जानकारी लिन गृहमन्त्री सुधन गुरुङ अस्पताल पुग्नुभयो । मन्त्री गुरुङले काठमाडौँ मेडिकल कलेजमा उपचाररत जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे उपचारमा संलग्न चिकित्सक, घाइतेका परिवारसँग जानकारी लिनुभएको थियो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासको छुट्टै वेब पोर्टल सुरु गरिएको छ । कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले शुक्रबार वेब पोर्टलको सुरुवात गर्नुभएको हो । संवैधनिक इजलाससँग सम्बन्धित पेसी, महत्वपूर्ण आदेश, मुद्दाको लगत, इजलासका सदस्य तथा कर्मचारीलगायतको विवरण पोर्टलमा समावेश छ । इजलासको अधिकार क्षेत्र र इजलास गठनको अध्ययन प्रतिवेदन पनि पोर्टलमा उपलब्ध छन् । यसअघि यी विवरण सर्वोच्चको वेब पोर्टलमा हेर्ने व्यवस्था थियो । तर संवैधानिक इजलासको मात्र फरक लगत भने थिएन ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले नेपाली सेना, निजामती प्रशासन र कूटनीतिक समुदायसँग आफ्नो सम्बन्ध पूर्ववत् तथा मित्रवत् रहेको स्पष्ट पारेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले समसामयिक राजनीतिक सन्दर्भमा उठेका प्रश्नको समीक्षा गर्दै राज्यका प्रमुख संयन्त्रसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको हो । बैठकपछि महासचिव शङ्कर पोखरेलद्वारा जारी विज्ञप्ति अनुसार संविधान र प्रचलित कानुन अनुसार स्थापित नेपाली सेनालगायत सबै सुरक्षा निकाय, निजामती प्रशासन तथा अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धलाई निरन्तरता दिइने उल्लेख गरिएको छ
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी घराना शङ्कर ग्रुपका सञ्चालक शङ्कर अग्रवाललाई नियन्त्रणमा लिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अग्रवाललाई शुक्रबार विभागमा रहेको सुरक्षा टोलीले नियन्त्रणमा लिएको नेपाल प्रहरीका एक उच्च अधिकारीले पुष्टि गरेका छन् ।
नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज भएको सातौँ केन्द्रीय सचिवालय बैठकले निर्वाचनको संक्षिप्त समीक्षा गर्दै निर्वाचनमार्फत अभिव्यक्त भएको जनमतलाई सम्मान गर्ने निर्णय गरेको बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।
यातायात व्यवस्था कार्यालय, बुटवल परिसरबाट प्रहरीले दुई जना बिचौलियालाई पक्राउ गरेको छ ।
उदयपुरको प्रशिद्ध रौतापोखरी क्षेत्रमा चैत अन्तिमसाता ‘प्रथम रौतामाई–त्रियुगा पर्यटन महोत्सव’को आयोजना गरिएको छ ।