सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पुष्पा कुमारी चौधरीले मधेश प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्न आवश्यक बजेट विनियोजन गर्न सरकारसँग माग गर्नुभएको छ ।
शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी आज केवल धार्मिक आस्थाको केन्द्रमा सीमित नरही विश्व समुदायलाई जोड्ने सांस्कृतिक, आध्यात्मिक र कूटनीतिक थलोका रूपमा विकास हुँदै गएको छ । नेपालसहित थाइल्यान्ड, क्याम्बोडिया, भारत, म्यानमार, श्रीलङ्का, चीन, जापान, दक्षिण कोरिया, फ्रान्स, जर्मनी, रुसलगायतका देशले आफ्ना मौलिक वास्तुकला र बौद्ध परम्परा झल्काउने गरी विहार, गुम्बा र ध्यान केन्द्र निर्माण गरे
सन् १९८१ मा स्थापना भएको हो, गेटा आँखा अस्पताल । ‘तमसोमा ज्योतिर्गमय’ अर्थात् अन्धकारबाट प्रकाशतर्फ भन्ने आदर्श वाक्य रहेको नेपाल नेत्रज्योति सङ्घको छातामा रही सुदूरपश्चिम प्रदेशमा तीन वटा सेकेन्डरी आँखा अस्पताल र २६ वटा आँखा उपचार केन्द्र सञ्चालित छन् । सबै स्थानीय तहमा कम्तीमा एक आँखा उपचार केन्द्र स्थापना गर्ने उद्देश्य अनुरूप हालसम्म अस्पतालले प्रदेशका नौ वटै जिल्लामा आँखा उपचार
भौगोलिक विषमता, आर्थिक विपन्नता र अशिक्षाका कारण मानव विकास सूचकाङ्कमा नेपाल निकै पछाडि रहेको छ तर आफ्नो संस्कृति, परम्परा, जाति, भाषाका क्षेत्रमा भने सम्पन्न छ । नेपालमा बस्ने करिब १२५ जातजातिमध्ये अति विपन्न र अशिक्षित जातिको रूपमा मुसहर रहेका छन् । विश्वमा करिब ४० लाख मुसहर रहेको अनुमान छ । यो जाति तराईका जिल्ला अनि भारतको विहार, उत्तर प्रदेश, झारखण्ड, पश्चिम बङ्गाल
न्याय सेवालाई थप प्रभावकारी बनाउन उच्च अदालत जनकपुरको राजविराज इजलासले अदालत परिसरमा न्यायसम्बन्धी सन्देशमूलक स्लोगन राखेपछि सेवाग्राहीमा अदालतप्रतिको विश्वास थप बढेको छ।
ताप्लेजुङ जिल्ला अदालतले महिलालाई जबरजस्ती करणी गर्ने एक व्यक्तिलाई १८ वर्षको कैद सजाय हुने फैसला सुनाएको छ ।
विद्युतीय अपराध कसूरमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पुतलीबजार नगरपालिका वडा नं–१ शहिदचोकबाट वडा नं–८ का ३२ वर्षीय सुजन खाँण ठकुरीलाई पक्राउ गरेको हो ।
साहित्यकार डा. देवेन्द्रप्रसाद भट्टका ‘काव्यऋषि मनिराजका अष्टदीप’ र ‘धर्तीमा झरेको दीप’ दुइटा कृति विमोचन भएका छन् । नेपाली साहित्य रचना, आध्यात्मिक चिन्तन र बौद्धिक ज्ञान एवं विचार विमर्श समेटिएका उक्त पुस्तक साहित्यकार प्राडा वासुदेव त्रिपाठी र वैष्णव परिषद् नेपालका अध्यक्ष स्वामी देवराज आचार्यले विमोचन गर्नुभएको हो ।
नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा यस पटक सिजाङ प्यानोरमा पनि आयोजना गरिएको छ । यस अन्तर्गत छ वटा चिनियाँ चलचित्र र वृत्तचित्र प्रदर्शन गरिने छ । महोत्सवमा चलचित्रका माध्यमबाट नेपाली दर्शकले चीनको चलचित्र बुझ्ने मौका पाउने विश्वास गरिएको छ ।
सडक विस्तार कार्य सुरु भएसँगै तनहुँ, लमजुङ र मनाङ जोड्ने मुख्य मार्ग डुम्रे–बेसीसहर सडक खण्डमा शनिबारदेखि दैनिक आठ घण्टा सवारी आवागमन बन्द गरिएको छ ।
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को दोस्रो दिन शुक्रबार बलिउड चलचित्र ‘सोले’ का निर्देशक रमेश सिप्पी र नायक राजेश हमालबिच ‘सिनेमा संवाद’ सम्पन्न भएको छ । पर्यटन बोर्डको हलमा भएको उक्त कार्यक्रममा निर्देशक सिप्पीले चलचित्र ‘सोले’ का विषयमा आफ्नो धारणा व्यक्त गर्नुभयो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्वको लक्ष्यभन्दा धेरै रकम सङ्कलन गर्ने गरी काम गर्नका लागि वीरगन्ज भन्सारका कर्मचारीलाई निर्देशन दिनुभएको छ । अर्थमन्त्री वाग्लेले शुक्रबार यहाँस्थित वीरगन्ज भन्सार कार्यालयको निरीक्षण गर्दै लक्ष्य अनुसारको राजस्व उठाउन दबाब पर्ने भए तापनि संवादमार्फत नै राजस्वको लक्ष्यभन्दा धेरै रकम उठाउन निर्देशन दिनुभयो ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि औपचारिक रूपमा प्रक्रिया अगाडि बढाएको छ । अर्थ मन्त्रालयले बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता तय गर्नका लागि शुक्रबार बजेट लेखन समिति गठन गरेको छ ।
वसन्तकालीन आरोहणका लागि १७० जना पर्वतारोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शुक्रबारसम्म १२ वटा हिमाल आरोहणका लागि ४६ जना महिला र १२४ जना पुरुष गरी १७० जनाले अनुमति लिएका हुन् ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ६७ पैसा र बिक्रीदर १४९ रुपियाँ २७ पैसा तोकिएको छ ।