नेपाली सेनाले करिब ९० हजार अवकाश प्राप्त सैनिकहरूबिच पुनर्मिलन गराउने हेतुले २०७० सालबाट भूतपूर्व सैनिक सम्मेलन कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
मकवानपुरको थाहा नगरपालिका–१२ टिष्टुङस्थित त्रिभुवन राजपथमा ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
एसइई परीक्षाको दोस्रो दिन शुक्रबार रौतहटबाट मर्यादाविपरीत कार्यमा संलग्न तीन जना पक्राउ परेका छन्।
भूमि सुधार तथा मालपोत कार्यालय, बाँकेले सेवाग्राहीका लागि कार्यालय प्रवेशसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)समक्ष तनहुँ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय ऊर्जा तथा जलस्रोत विभाग प्रमुख इन्जिनियर श्रीराम न्यौपानेले ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत तथा कार्यगत सुझाव पेस गर्नुभएको छ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले नदीजन्य पदार्थको ठेक्का लगाउने पालिकालाई उत्खनन कार्यमा कडाइका साथ अनुगमन र नियमन गर्न ध्यानाकर्षण गराएको छ।
राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा विलम्ब भएको छ । पटक पटक म्याद थप गर्दा पनि आयोजनाको काम अधुरै छ । आयोजनाको निर्माण चालु आर्थिक वर्षभित्रै सम्पन्न भइसक्नुपर्ने हो तर पूर्वनिर्धारित लक्ष्य अनुसार निर्माण सम्पन्न हुन नसकेपछि काम अधुरै बनेको हो ।
कर्णाली प्रदेशको मानव अधिकारको अवस्थामा यस वर्ष पनि सुधार आउन सकेन । राज्य पक्ष र गैरराज्यपक्षबाट ज्यादतीका घटना भइरहेको हुँदा मानव अधिकारको अवस्थामा सुधार आउन नसकेको हो ।
गर्मीको मौसम सुरु भएसँगै एअरकन्डिसनर (एसी) लगायतका सामग्रीको माग बढ्न थालेपछि भारतबाट एसीको अवैध आयातसमेत बढेको पाइएको छ।
दार्चुला–तिङ्कर सडक अन्तर्गतको तुसारपानी–कोठेधार–तिङ्कर सडक निर्माण गरिरहेको नेपाली सेनाले चालु आर्थिक वर्ष २०८२/८३ मा व्यास गाउँपालिका–२, दुम्लिङसम्म गाडी गुडाउने लक्ष्य राखेको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानले मालपोत कार्यालय परिसरबाट एक जना विचौलियालाई पक्राउ गरेको जनाएको छ।
साढे चार करोड रुपियाँभन्दा बढी लगानीमा सल्यानको त्रिवेणी गाउँपालिकाका ग्रामीण बस्ती जोड्ने सडक कालोपत्रे तथा स्तरोन्नति गरिँदैछ। लुहाम–पोखरी–सिम्क सडक खण्डमा कालोपत्रे र स्तरोन्नतिको काम संघीय सरकार र गाउँपालिकाको साझेदारीमा अघि बढाइएको हो।
टेबलटेनिसका स्यान्टु श्रेष्ठ र कराँतेकी एरिका गुरुङले शुक्रबार २० औँ एनएनआइपिए स्पोर्ट्स अवार्ड–२०८२ को सर्वोत्कृष्ट खेलाडीको अवार्ड जित्नुभएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए) ले स्थानीय आयोजक बनेपा नगरपालिकाको चण्डेश्वरी मन्दिरपरिसरमा आयोजना गरेको कार्यक्रममा दुवैलाई अवार्डसहित जनही एक लाख रुपियाँले पुरस्कृत ग¥यो । प्रतिभाशाली खेलाडीको अवार्ड पुरुषमा तेक्वान्दोका अभिषेक बराल र महिलामा बक्सिङकी स्वस्तिका तिरुवाले हासिल गर्नुभयो । अभिषेक र स्वस्तिकाले ट्रफीसहित जनही ५० हजार रुपियाँ प्राप्त गर्नुभयो ।
प्रचण्ड गर्मीले छटपटिएको बेला शीतल वर्षा हुँदा आनन्द लाग्छ । उकुसमुकुस भएका देशवासी र विदेश पलायन भएका युवामा भर्खरै सम्पन्न निर्वाचनले शीतलता प्रदान गरेको छ । यो वेदनाले छटपटिएकी नेपाल आमाको पुकार पनि हो । माओवादी द्वन्द्वको त्रासदीपूर्ण वातावरण र रोजगारीका अवसर केही नहुनाले युवा पलाएन भएका हुन् । रोजगारीका अवसर अझै सिर्जना भई नसकेकाले पलायन हुने क्रम जारी छ । सरकारमा बस्नेह
सरकारी छाप र सरकारी कर्मचारीको दस्तखत किर्ते गरी ठगी गरेको अभियोगमा मोरङ प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ ।