• २१ चैत २०८२, शनिबार

मालपोत कार्यालय सल्यानबाट विचौलिया पक्राउ

blog

प्रतीक इच्छुक शर्मा
सल्यान, चैत २० गते ।
जिल्ला प्रहरी कार्यालय सल्यानले मालपोत कार्यालय परिसरबाट एक जना विचौलियालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा शारदा नगरपालिका–१ निवासी तिलक कँवर रहनुभएको छ। मालपोत कार्यालयमा सेवा लिन आएका सेवाग्राहीलाई अनावश्यक दुःख दिने तथा अवैध रूपमा संकास्पद गतीविधिमा संलग्न रहेको आरोपमा उहाँलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार पक्राउ परेका कँवरमाथि थप अनुसन्धान भइरहेको छ।

प्रहरीले सेवाग्राहीलाई सास्ती दिने, बिचौलियामार्फत काम गराउने तथा अनियमित गतिविधिमा संलग्न हुने प्रवृत्तिविरुद्ध कडाइ गर्ने जनाएको छ।