• २१ चैत २०८२, शनिबार

त्रिभुवन राजपथमा ट्रक दुर्घटना, चालक घाइते

blog

दुर्घटनाग्रस्त ट्रक । तस्बिर : सामाजिक सञ्जाल

अनिल पराजुली
हेटौँडा, चैत २१ गते ।
मकवानपुरको थाहा नगरपालिका–१२ टिष्टुङस्थित त्रिभुवन राजपथमा ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १७५० नम्बरको ट्रक शनिबार बिहान करिब १ः३० बजे दुर्घटनामा परेको हो । ट्रकको अगाडिको दाहिने साइडको पट्टा भाँचिएपछि सवारी सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा धादिङ बेनिघाटरोराङ गाउँपालिका–२ मौवाखोला निवासी २७ वर्षीय चालक धुर्व घले घाइते हुनुभएको छ । ट्रकबाट हाम फाल्दा उहाँको दाहिने खुट्टाको पौतालामा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

घाइते घलेलाई उपचारका लागि पालुङ अस्पताल पठाइएको छ । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको छ । दुर्घटनापछि राजपथ पूर्ण रूपमा अवरुद्ध भएको छ भने सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।