मानिसको जीवनको यात्राले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ बाटो टुङ्गिएको जस्तो लाग्छ । सपना अधुरै रोकिन्छन् । भविष्य अँध्यारो लाग्ला । तर, त्यही अँध्यारोभित्र उज्यालो पनि हुन्छ, जसलाई देख्ने आँट गर्नुपर्छ । शिशिर दाहालको कथा त्यही उज्यालो खोज्ने साहसको कथा हो ।
सुनसरीमा लागुऔषध नियन्त्रणका लागि तीनमहिने अभियान सुरु गरिएको छ। बढ्दो लागुऔषध कारोबार तथा सेवनलाई ध्यानमा राख्दै जिल्लाका सुरक्षा निकाय र सरोकारवाला निकायसँग समन्वय बैठक गरी अभियान थालिएको हो।
राजस्व छलि गरेको आशंकामा कपिलवस्तुबाट ट्रकसहित मालसामान बरामद गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले पछिल्लो एक हप्तामा आठ लाखभन्दा बढी राजस्व संकलन गरेको छ। गत आइतबारदेखि शुक्रबारसम्म आठ लाख ३८ हजार २५० रुपियाँ राजस्व संकलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो।
बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तर्राष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तर्राष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।
संयुक्त अरब इमिरेट्स को अबुधाबीस्थित अज्बान क्षेत्रमा मिसाइल तथा ड्रोन अवरोधका क्रममा खसेको अवशेष लागेर सात जना नेपाली नागरिक घाइते भएका छन्।
मकवानपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन्।
बर्दियाको राजापुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उत्पादन गरेको १७ हजार क्विन्टल चामल अझै गोदाममै थन्किएको छ। बजार मूल्य अनुसार समायोजन गर्दा पनि चामल न्यून मात्रामा मात्र बिक्री भएको छ।
कास्कीको पोखरा महानगरभित्र पर्ने फेवातालको मापदण्डमा पर्ने संरचनाहरू भत्काउन थालिएको छ। शनिबार बिहान ५ देखि ९ बजेसम्म महानगरले ३२ संरचनामा डोजर चलाएको छ।
गत भदौमा भएको जेनजी आन्दोलनका बेला आगजनीबाट क्षतिग्रस्त भएको भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको घर भत्काउने क्रममा घरको छतबाट लडेर एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।
लमजुङको विश्वप्रसिद्ध पर्यटकीय गाउँ घलेगाउँमा नयाँ वर्ष २०८३ को अवसर पारेर नवौँ स्मार्ट भिलेज आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
सप्तरी प्रहरीले विभिन्न मुद्दामा संलग्न पाँच जना प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार चोरी मुद्दामा दुई जना र लागुऔषध मुद्दामा दुई जना र अभद्र व्यवहार मुघामा एक जना गरी पाँच जनालाई पक्राउ गरिएको छ ।
सर्लाहीको उत्तरपूर्वी भेगस्थित ईश्वरपुर नगरपालिका वडा नं. १२ का चुरेबस्तीमा अज्ञात वन्यजन्तुले जङ्गल चर्न गएका चौपाय मार्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।
देशका अधिकांश सरकारी निकाय खर्च कटौती र मितव्ययिता नीति अपनाइरहेका बेला, पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सवारी साधनमा विलासिताका कारण विवादको सामना गरेको छ।
शैक्षिक सत्र सुरु हुनअघि नै बाजुरामा पाठ्यपुस्तक पुगेको छ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, सुदूरपश्चिम प्रदेश र जनकशिक्षा सामग्री केन्द्र, धनगढीले चैत ११ गते बसेको संयुक्त बैठकले चैत १६ देखि पाठ्यपुस्तक वितरण सुरु गर्ने निर्णय गरेसँगै जिल्लामा किताबहरू पुगेका हुन्।