दाङको घोराहीदेखि तुलसीपुर जोड्ने निर्माणाधीन चारलेन सडकखण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१८ स्थित दुधरास–बेलझुण्डी सडकखण्ड।
कुनै समय दुर्गन्ध र फोहोरको पर्याय मानिने बागमती नदी किनारका कोरिडोरहरू आजभोलि निकै लोभलाग्दा देखिन थालेका छन् ।
इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी समाचार एजेन्सी फर्सले जनाएको छ । फर्सका अनुसार, अमेरिकाको यो प्रस्ताव इरानलाई बिहीबार एक ‘मैत्रीपूर्ण’ देश मार्फत पठाइएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा खर्च बढाएर एक ट्रिलियन ५०० बिलियन डलर बनाउन प्रस्ताव गर्नुभएको छ । यो दशकमा सबैभन्दा ठूलो रक्षा खर्चको अनुरोध हो र यसले राष्ट्रपति ट्रम्पको प्राथमिकता अमेरिकी सैन्य लगानीमाथि केन्द्रित रहेको देखाउँछ ।
ट्राफिक प्रहरीले सडकमा ट्राफिक नियम पालना गराउन कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरीले काठमाडौँका विभिन्न स्थानमा ट्राफिक लाइटको पालना नगर्ने सवारी चालकहरूलाई धमाधम नियन्त्रणमा लिई कारबाही सुरु गरेको हो ।
अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि इरानमाथि संयुक्त रूपमा ठूला सैन्य आक्रमण सुरु गरेपछि मध्यपूर्व क्षेत्रमा युद्धको अवस्था झन् गम्भीर र जटिल बन्दै गएको छ । यस सङ्घर्षका क्रममा निरन्तर हवाई आक्रमण, प्रतिआक्रमण र सैन्य गतिविधि बढ्दै गइरहेका छन्, जसले क्षेत्रीय सुरक्षा अवस्था कमजोर बनाएको छ ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका ४ सोलाबाङमा शनिबार दिउँसो गाडी र अटो ठोक्किएर दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
पश्चिमी भारतको महाराष्ट्र राज्यमा एक कार सडकबाट नियन्त्रण बाहिर गएपछि ९ जना परिवारका सदस्यको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ । यो दुर्घटना शुक्रबार राति नासिक जिल्लाको डिन्डोरी शहरको शिवाजी नगर क्षेत्रमा भएको हो, जुन मुम्बईबाट लगभग ३०५ किलोमिटर उत्तरपूर्वमा पर्दछ ।
इरानले शनिबार प्रतिबन्धित विपक्षी समूहमा सदस्यता र इस्लामिक गणराज्यलाई ढाल्ने लक्ष्य राखेका कार्यमा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई फाँसीको सजाय दिएको न्यायपालिकाले जनाएको छ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले अलैँची, कफी र सुन्तला लगायतका विभिन्न कृषिजन्य योजनामा करोडौँ बजेट कार्यान्वयन गर्ने भएको छ ।
कोशी प्रदेश सरकारले ल्याएको ‘आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई पत्रकारहरूको सुझाव र सहमतिअनुसार संशोधन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
हिमाली जिल्ला हुम्लामा केही ढिला गरी सातै ओटा एसइई परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण कार्य सुरु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायत सेवा सुविधाहरु उपलब्ध गराउन निर्देशन दिएको छ ।
मनाङको नासो गाउँपालिका–२ डोनाखर्कमा अवस्थित डोना ताल । समुद्री सतहदेखि चार हजार १०० मिटर उचाइमा रहेको उक्त ताल मनास्लु हिमालको हिउँ पग्लिएर जमेको हो ।
राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेशस्तरीय समिति गठन गरिएको छ ।