कानुनी विवादमा परेका बालकहरूले आफूहरू सुधारका लागि बालसुधार गृहमा बसेको भए पनि शिक्षा, सीप, कानुनी सुविधा र छिटो न्यायको व्यवस्था आवश्यक रहेको बताएका छन् ।
कालीकोटको रास्कोट नगरपालिका वडा १ मा एक जना गोठालाको मृत्यु भएको छ । सिराडी धौले भिरमा बाख्रा चराउन गएका अन्दाजी बर्ष २६ का दिपक बमको भिरबाट लडेर मृत्यु भएको हो ।
नेपाली कांग्रेसले सङ्गठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन जरा अभियानको घोषणा गरेको छ ।
भौतिक पूर्वाधार विकास कार्यालयले सम्झौता गरेको दुई महिना बितिसक्दा पनि निर्माणको काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।
झापाको बिर्तामोडमा घरको तीन तलामाथिबाट झरेर सख्त घाईते हुनुभएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले विदेशी नागरिकलाई कुटपिट तथा लुटपाट गर्ने घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ ।
नेपालभाषा मनोरञ्जन क्षेत्रका सर्जकलाई सम्मान गर्ने उद्देश्यका साथ ‘पेज थ्री पिपल्स च्वाइस अवार्ड ११४६’ को घोषणा गरिएको छ ।
भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीनवटा सवारीसाधन एक आपसमा ठक्कर खाँदा १५ जना घाइते भएका छन् ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का बनाउन अन्तिम समयसम्म पनि आफूले पहल गर्ने बताउनुभएको छ ।
पाँचौँ लमही मेयर कप नगरस्तरीय टि–२० प्रतियोगिताको उपाधि देउखुरी वारियर्सले जितेको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ उस्ताबेँसीमा शनिबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।
ज्येष्ठ नागरिक र असक्तहरुको लागि दिवा सेवा कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले बागलुङमा श्रीमद भागवत महापुराण पितृ सप्ताह सुरु भएको छ ।
प्रहरीको छापामारीका क्रममा पक्राउ परेका सहकर्मीको रिहाइ माग गर्दै व्यवसायीले भू-सेवा बन्द गरेपछि सुनसरी मालपोतको सेवा दुई दिनदेखि ठप्प भएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका –६ का बासिन्दाले वर्षौंदेखि देख्दैआएको पक्की सडकको सपना साकार भएको छ । गाउँपालिकाको विकट मानिने यस वडामा पहिलो पटक सडक कालोपत्र सुरु भएपछि स्थानीयमा खुसीयाली छाएको छ ।
कैलाली घर भइ विभिन्न कारणले काठमाडौँमा बस्दै आएका कैलालीका आफ्ना सहयोगीसँग सांसद जगतप्रसाद जोशीले भेटघाट गर्नुभएको छ ।