नर्सरी व्यावसायी सङ्घ नेपालले काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो स्टलमा बिक्रीका लागि सजाएर राखेका रङ्गीचङ्गी फूलहरु। उक्त एक्स्पो यहीँ चैत १९ गतेबाट सुरु भई चैत २३ गते समापन हुनेछ। तस्बिरः विमलबहादुर विष्ट/रासस
गुल्मीको मालिकामा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा तेह्रसयले सेवा लिएका छन् । मालिका गाउँपालिका –७ घमिरमा खेलकुद तथा सांस्कृतिक युवा क्लवको आयोजना तथा वडा कार्यालयको समन्वयमा शिविर सञ्चालन गरिएको थियो।
नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर नवलपुरमा तेस्रो आदिवासी जनजाति महोत्सव हुने भएको छ । चैत २६ गतेदेखि वैशाख ७ गतेसम्म कावासोती –२ भाटटोला बेलचोकस्थित नवदुर्गा रंगशाला खेल मैदानमा महोत्सव आयोजना हुन लागेको शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
जुम्लामा एसर्ईई परीक्षाको उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी दिपक पौडेलका अनुसार शुक्रवारदेखि जुम्लामा उत्तरपुस्तिका परीक्षण सुरु भएको जानकारी दिनुभयो ।
गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ् सडकखण्ड पुनः बन्द भएको छ। उक्त सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिकाले खैरेनी बजारस्थित जुम्दी खोलाको पुल निर्माणको काम भइरहेको हुँदा शुक्रबारदेखि १० दिनका लागि सडक बन्द भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।
दाङमा चार जना साहित्यकार पुरस्कृत हुनुभएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाको १८ औं बार्षिकोत्सवको अवसरमा शनिवार घोराहीमा चारजना साहित्यकार पुरस्कृत हुनुभएको हो ।
युक्रेनी शहर निकोपोलको बजारमा शनिबार भएको रूसी ड्रोन आक्रमण परी पाँच जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएको अधिकारीले बताएका छन् । क्षेत्रीय गभर्नर ओलेक्सान्डर गन्जाले टेलिग्राम पोस्ट मार्फत आक्रमणमा तीन महिला र दुई पुरुष गरी पाँच जनाको मृत्यु भएको बताउनु भएको छ ।
ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–२ आम्बेगुदिनस्थित एक विद्यालयमा स्थापना गरिएको अक्षयकोषको रकमबाट ५६ जना विद्यार्थीलाई सम्मान गरिएको छ ।
चैत २३ देखि २८ गतेसम्म बागलुङको बाङेचौर खेल मैदानमा हुने चौथो संस्करणको गण्डकी प्रदेश स्तरीय ‘जेसिज कप’ फुटबल प्रतियोगितामा विभागिय टोली नेपाल प्रहरी र सेनासहित १२ टोली सहभागि हुने भएका छन् ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका –१ मा हजार दिनको आमालाई पोषण सामग्री वितरण गरिएको छ । गर्भावस्थादेखि सुत्केरीपछिको एक हजार दिनसम्मका आमाहरूलाई वडा कार्यालयले पोषणयुक्त खाद्य सामग्री उपलब्ध गराएको हो ।
ङको राप्ती गाउँपालिका –४ मा भएको ज्यानसम्बन्धी कसूर मुद्दामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका –२ निवासी आयुष्मान थापा मगरमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाइएको घटनामा अनुसन्धान गर्ने क्रममा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको हो।
दोस्रो योगिनी गोल्डकप फुटबल प्रतियोगिता–२०८२को उद्घाटन खेलमा आयोजक योगिनी युवा क्लब ‘बी’ र ब्रदर्श एफसी क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा पेमा छेडनद्वारा निर्देशित फिल्म ‘स्नो लियोपार्ड’ प्रदर्शन भएको छ ।
काठमाडौँको रानीबारीस्थित रानीदेवी माध्यमिक विद्यालयले शनिबार आफ्नो स्थापनाको स्वर्ण जयन्ती मनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो १५ औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।