गुल्मीमा उत्कृष्ट सहकारी र कर्मचारी सम्मानित हुनुभएको छ। ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ गुल्मीको आयोजनमा भएको सहकारिताको वर्तमान समस्या र अवस्थाको बारेमा गरिएको अन्तरक्रिया कार्यक्रममा यस जिल्लाका उत्कृष्ट दुई सहकारी र दुई कर्मचारीलाई सम्मान गरिएको हो।
दोलखाका वन क्षेत्रमा अहिले ढकमक्क गुराँस फुलेर जङ्गल नै हराभरा बनेका छन् । जिल्लाको माथिल्लो भूभागका शैलुङ, कालिञ्चोक, जिरी, बोचलगायतका क्षेत्रमा वनभरि लालीगुराँस फुलेपछि गाउँबस्तीसमेत सुन्दर देखिएको छ ।
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत पाँचौं बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ पुन मगरले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा समसामयिक विषयदेखि महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल हुने भएको छ ।
युवापुस्ता मुलुकको भविष्य मात्र होइनन्, वर्तमानका सशक्त ऊर्जा हुन् । युवापुस्ताको लगन र क्षमताबाटै समाजले प्रगतिको गति लिन सक्छ । विश्वभर नै युवालाई आफ्नो लक्ष्यान्तर गर्ने अनेक बाधक तत्व खडा भएका हुन्छन् । लागुऔषधको कुलत त्यस्तै मूल बाधक तत्व हुन सक्छ । लागुऔषधविरुद्ध अनेक कार्य सञ्चालनमा भए पनि यसमा चाहेको सफलता प्राप्त हुन सकेको छैन । लागुऔषधले युवापुस्तालाई सताइरहेको छ
यो युवा र अवसरको समय हो । यो निर्णयको घडी पनि हो । नेपाल आज यस्तो ऐतिहासिक मोडमा उभिएको छ, जहाँ सानो निर्णयले पनि ठुलो दिशा तय गर्न सक्छ । विश्व तीव्र गतिमा प्रविधि, ज्ञान र नवप्रवर्तनमा आधारित अर्थतन्त्रतर्फ अघि बढिरहेको छ । कृत्रिम बुद्धिमत्ता, हरित ऊर्जा, जैवप्रविधि, डिजिटल सेवा र स्वचालन जस्ता क्षेत्रमा भइरहेका तीव्र विकासले विश्व अर्थतन्त्रको स्वरूप नै परिवर्तन गरिरहेको छ । यस्तो परिवर्ति
नेपालको लोकतान्त्रिक इतिहासको मूलधारमा नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन । यो स्वतन्त्रता, नागरिक अधिकार, बहुदलीय प्रतिस्पर्धा र संवैधानिक शासनका लागि भएका दीर्घकालीन सङ्घर्षको संस्थागत रूप हो ।
नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले आयोजना गरेको दुई दिने ‘बागलुङ मिडिया मेला–२०८२’ सम्पन्न भएको छ ।
विद्यालय राष्ट्रको शैक्षिक संरचनाको केन्द्र हो । शिक्षाबिना समाज उज्यालो र परिष्कृत बन्न सक्दैन । कुनै पनि देशलाई कमजोर बनाउने सबैभन्दा सजिलो उपाय त्यहाँको शिक्षा प्रणालीलाई कमजोर पार्नु हो भन्ने प्रचलित भनाइ छ । य
नयाँ वर्ष २०८३ को अवसर पारेर स्याङ्जाको वालिङमा पहिलोपटक ‘फर्स्ट एक्स्पो’ आयोजना गरिएको छ । ओमकार इभेन्ट हबको आयोजनामा यही चैत २६ देखि वैशाख २ गतेसम्म वालिङ खेलमैदानमा एक्स्पो सञ्चालन गर्न लागिएको हो ।
कर्णाली राजमार्गअन्तर्गत कालीकोटको मान्म खण्डमा पर्ने लामो समयदेखि धुलाम्मे सडक कालोपत्रे गरिएको छ । सडक सञ्चालनमा आएको लामो समयपछि उक्त धुलाम्मे सडक खण्ड कालोपत्रे गरिएपछि स्थानीयवासीलाई सहज भएको छ ।
नेपालको राजनीतिक र सामाजिक इतिहासमा २०८२ चैत १३ को मन्त्रीपरिषद् निर्णयले एउटा नयाँ मानक स्थापित गरेको छ । राज्यको बागडोर समालेको कार्यकारी निकायले पहिलो पटक एउटा ऐतिहासिक सत्यलाई आत्मसात् गर्दै स्वीकार गरेको छ– यो देशको झन्डै १५ प्रतिशत जनसङ्ख्यामाथि शताब्दीऔँदेखि संरचनात्मक र शासकीय अन्याय भएको छ । १०० बुँदे शासकीय सुधारको कार्यसूचीमा ‘औपचारिक माफी’ र ‘१५ दिनभित्र ऐतिहा
ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि फुटबल प्रतियोगिताको उपाधि तेह्रथुमले चुमेको छ । मैवाखोला गाउँपालिका–३ साँघुमा शनिबार सम्पन्न भएको प्रतियोगितामा धनकुटालाई पराजित गर्दै तेह्रथुमले उपाधि चुमेका हो ।
हिमाली जिल्ला हुम्लाका तीन वटा एसइई परीक्षा केन्द्रका उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएको छ । एक सयभन्दा कम परीक्षार्थी रहेका ती परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण सम्पन्न गरिएको हो ।
तनहुँको व्यास नगरपालिकाले व्यवस्थित सहरीकरणका लागि वडा नम्बर १० मा सञ्चालन गरेको वैरेनी जग्गा विकास आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।
१०० वर्ष अघिको गोर्खापत्र