ओखलढुङ्गा जिल्लामा मानसिक रोगीको संख्या वर्षेनी तीव्र रूपमा बढ्दै गएको छ। स्वास्थ्य कार्यालय रुम्जाटारको पछिल्लो तथ्यांकअनुसार जिल्लामा मानसिक स्वास्थ्य समस्या गम्भीर बन्दै गएको हो।
जिल्ला प्रहरी कार्यालयले हरित पैदल यात्राका साथ समूहगत दौड प्रतियोगिता सम्पन्न गरेको छ । शनिबार प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारबाट सुरु भएको वाकाथन ८ किलोमिटर दूरीको सुकेटारसम्म पुगेर सम्पन्न भएको हो ।
स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य स्थिर छ । यो प्रवृत्ति गत शुक्रबारदेखि कायम छ । सुनको मूल्य भने गत बिहीबारदेखि नै स्थिर छ । अघिल्लो दिनको तुलनामा गत शुक्रबार चाँदीको मोल तोलामा रु ५० ले बढेको थियो ।
हुम्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ। दक्षिणी क्षेत्रमा वर्षा भइरहेको बेला सदरमुकाम सिमकोटभन्दा माथिल्लो क्षेत्रका विभिन्न गाउँमा हिमपात परेको हो।
तनहुँको व्यास नगरपालिकाले खेलकुदको व्यवसायिक विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यले ‘नगरप्रमुख कप अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।
गुल्मीमा भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्थाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ। जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न सातौं साधारणसभाबाट अध्यक्षमा पुनः पदमप्रसाद पाण्डे सर्वसम्मत निर्वाचित हुनुभएको हो।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सहकारी क्षेत्रलाई व्यवस्थित र विश्वासिलो बनाउन परदर्शिता, उत्तरदायित्व र जवाफदेहितालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । बैठक सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ बजे बस्ने सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
मुस्ताङमा हिमपात र वर्षा भए पनि आइतबार पोखरा–जोमसोम हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको छ ।
गुल्मी जिल्लाको मालिका गाउँपालिका–७ घमिरमा शनिबार सञ्चालन गरिएको निःशुल्क औषधिसहितको बृहत् स्वास्थ्य शिविरबाट एक हजार ३०० नागरिकले लाभान्वित भएका छन् ।
जाजरकोटमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा खटिएका चार जना निरीक्षकलाई निष्कासन गरिएको छ।
धनुषाको मिथिला नगरपालिका–७, ढल्केबरस्थित जङ्गल नजिकका बस्तीमा चितुवा प्रवेश गरेर खसीबाख्रा खाइदिन थालेपछि स्थानीय त्रसित बनेका छन् । केमलीपुर, गैरीटोल र ऐक्लेबर वस्तीका वासिन्दा चितुवाबाट त्रसित बनेका हुन् ।
नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।
नयाँ शैक्षिक सत्र २०८३ का लागि रुकुम पश्चिममा किताब आइपुगेका छन् । जनक शिक्षा सामग्री केन्द्रबाट अनुमति प्राप्त व्यवसायीहरुले जिल्लाका विभिन्न विद्यालयहरुका लागि किताब खरिद गरेर ल्याएका हुन् ।
बाँसुरी मेरो अभिन्न साथी हो । यदि म चिकित्सक नभएको भए एउटा राम्रो बाँसुरीवादक हुन सक्थेँ कि ? प्रथम पटक कसले मेरो हातमा बाँसुरी थमाइदियो र को ले बजाउन सिकाइदियो । मलाई हेक्का छैन । म गर्भमा हुँदा बा बितिसक्नुभएको थियो । मेरो काठे मञ्जुषामा नयाँ–पुराना एक दर्जन बाँसुरी छन् । फरक फरक बाँसुरीका धुन बजाएर प्रत्येकलाई क्रियाशील बनाइराखेको छु । आजको यो अठारौँ शताब्दीको बढ्दो आकर्षणले म चिकित्सक बनेँ । चिकित्सा