आइतबार बिहान बाजुराको गौमुल–३ मा आएको सुख्खा पहिरोले रौदीगाड लघुजलविद्युत आयोजनाको पावर हाउस पूर्णरूपमा क्षति पुर्याएको छ।
बर्दिबास युथ क्लबले महोत्तरीको बर्दिबास अस्पताललाई ‘थाइराइड रोग’को पहिचानका लागि आवश्यक पर्ने उपकरण सहयोग गरेको छ । ‘सिला मागलुमि ८००’ नामक उक्त उपकरणको रु २५ लाख बराबरको भएको बताइएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर ३।५ रेक्टर स्केलको भूकम्प गएको छ ।
प्युठानको ऐरावती गाउँपालिका–१, छेडाघाट को बस्तीमा शनिबार राति आगलागी हुँदा १३ घरपरिवारका घरगोठ जलेर नष्ट भएका छन्।
सप्तरी निर्वाचन क्षेत्र नं. ४ बाट सीताराम साह प्रतिनिधि सभाको निर्वाचनमा पहिलो पटकमै विजयी बन्नुभयो । शक्ति, सामथ्र्य र विरासत बनाएका प्रतिस्पर्धीलाई साहले निर्वाचनमा ३६ हजार ४१२ मत प्राप्त गरेर हराउनुभयो ।
परीक्षा नियन्त्रण कार्यालयको निर्देशनअनुसार बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रमै धमाधम भइरहेको छ।
बर्दीबास उद्योग वाणिज्य संघको चैत २४ गते हुने कार्यसमिति चुनाव नजिकिँदै जाँदा बजार क्षेत्र चुनावी माहोलले तातिरहेको छ।
स्याङ्जाको वालिङ नगरपालिका यतिबेला ‘गुलाबी सहर’ का रूपमा देशभर चिनिन थालेको छ । सहरका सडक, घरका भित्तादेखि लिएर सार्वजनिक संरचनासम्म गुलाबी रङले सजिँदै जाँदा यसले वालिङलाई अन्य नगरभन्दा फरक र आकर्षक बनाएको छ ।
धनकुटाको ऐतिहासिक सल्लेरी राष्ट्रिय वन अहिले स्थानीय बासिन्दा र त्यहाँ आवतजावत गर्ने यात्रुका लागि जोखिमका कारण बन्दै गएको छ। जीर्ण रुखहरू ढल्ने खतरा बढेसँगै दैनिक आवतजावत गर्नेहरूले त्रास महसुस गरिरहेका छन्।
सामाजिक अभियन्ताका रूपमा सव्रिmय समिना मियाँ पेसाले नर्सिङ सेवामा आबद्ध हुनुहुन्छ । मुस्लिम महिलाको अधिकार र समाजमा हुने बेथितिविरुद्ध बोल्दै आएकी उहाँ यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
बर्दियाका क्रसर उद्योग नियम मिचेर सञ्चालन हुँदै आएको पाइएको छ । बर्दियामा सञ्चालनरत सात क्रसर उद्योगमध्ये चार वटा सरकारले तोकेको मापदण्डविपरीत सञ्चालन भएको पाइएको हो ।
फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशा झा निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेस, नेपाली क
यहाँका विभिन्न सामुदायिक वनमा आगलागी हुँदा करोडौँ रुपियाँ बराबरको वन सम्पत्ति नष्ट भएको छ । शिवालय गाउँपालिकाका विभिन्न सामुदायिक वनमा लागेको आगोले वनजङ्गलमा ठुलो क्षति पुगेको हो ।
नेपालकै अत्यधिक गर्मी हुने स्थानका रूपमा परिचित नेपालगन्जमा यस पटक विद्युत् आपूर्ति अवरुद्ध नहुने नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ । नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्राका अनुसार पछिल्लो चार महिनामा गरिएको प्राविधिक सुधार र संरचनागत व्यवस्थापनका कारण यस वर्ष गर्मीयाममा नेपालगन्ज क्षेत्रमा लोडसेडिङ नहुने भएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा