जिल्लास्थित सरकारी कार्यालयहरू बाट प्रवाह हुने सार्वजनिक सेवा पछिल्ला दिनमा बिचौलियामुक्त, छिटो र सहज बन्दै गएको छ ।
संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर बसेको देखिन्छ । विशेषगरी ग्रामीण समाजमा परम्परा, संस्कार र सामाजिक संरचनासँग गासिएर बसेको जातीय विभेद् पूर्ण रूपमा अन्त्य हुन अझै समय लाग्ने देखिन्छ ।
इरानले अमेरिकी दुई युद्ध विमान खसाल्नु पछिल्लो २० वर्षयताकै दुर्लभ घटना भएको जनाइएको छ । यस घटनाले इरानको प्रतिकार क्षमता अझै कायम रहेको देखाएको विश्लेषण गरिएको छ ।
सल्यानबाट प्रहरीले २५ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन (एप)’ र ‘वेबसाइट’ (युआरएल) बन्द भएका छन् ।
विश्वविख्यात आरोही मिङ्मा ग्याल्वो शेर्पाले सगरमाथा नेपालीको गौरव र पहिचान भएकाले यसबारेमा विश्वभर प्रचार गर्न सकिएमा मात्रै पर्यटक आवागमनमा वृद्धि ल्याउन सकिने बताउनुभएको छ ।
बर्दियाका दुध उत्पादन गर्ने किसान र दुग्ध सङ्कलन केन्द्रले दुधको रकम नपाउँदा पीडित बनेका छन् ।
मध्यपूर्वमा बढ्दो सैन्य तनाबका बिच संयुक्त अरब इमिरेट्स (यूएई) बाट घर विदामा आउनुभएका प्रदिप सुबेदीलाई बर्षा र हिमपातले आइतबार हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ मा पर्ने मुक्तिनाथ मन्दिरमा पुग्न निकै सकस भयो ।
जुम्लाको दुर्गा माध्यामिक विद्यालय लाम्राका माध्यामिक शिक्षा परीक्षा (एसईई) का केन्द्राध्यक्ष र एक निरीक्षक निष्कासित भएका छन् ।
सुदूरपश्चिम प्रदेशको दुर्गम हिमाली जिल्ला दार्चुलामा ईलाका प्रशासन कार्यालय स्थापनाको तयारी तीव्र पारिएको छ।
पछिल्लो समयमा बाँकेको नेपालगन्ज लगायतको सीमावर्ती क्षेत्र लागुऔषध सेवन र बिक्री वितरणको केन्द्र बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले निरन्तर अभियान चलाए पनि लागु औषधको सेवन र कारोबार रोकिएको छैन।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।
ओखलढुङ्गा जिल्लामा मानसिक रोगीको संख्या वर्षेनी तीव्र रूपमा बढ्दै गएको छ। स्वास्थ्य कार्यालय रुम्जाटारको पछिल्लो तथ्यांकअनुसार जिल्लामा मानसिक स्वास्थ्य समस्या गम्भीर बन्दै गएको हो।
जिल्ला प्रहरी कार्यालयले हरित पैदल यात्राका साथ समूहगत दौड प्रतियोगिता सम्पन्न गरेको छ । शनिबार प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारबाट सुरु भएको वाकाथन ८ किलोमिटर दूरीको सुकेटारसम्म पुगेर सम्पन्न भएको हो ।
स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य स्थिर छ । यो प्रवृत्ति गत शुक्रबारदेखि कायम छ । सुनको मूल्य भने गत बिहीबारदेखि नै स्थिर छ । अघिल्लो दिनको तुलनामा गत शुक्रबार चाँदीको मोल तोलामा रु ५० ले बढेको थियो ।