• २२ चैत २०८२, आइतबार

जुम्लाको दुर्गा मावि लाम्राको एसईई परीक्षा केन्द्रका केन्द्राध्यक्ष र निरीक्षक निष्कासित

blog

जुम्लाको दुर्गा माध्यामिक विद्यालय । तस्बिर: नेत्र शाही, जुम्ला ।

नेत्र शाही 

जुम्ला, चैत २२ गते । जुम्लाको दुर्गा माध्यामिक विद्यालय लाम्राका माध्यामिक शिक्षा परीक्षा (एसईई) का केन्द्राध्यक्ष र एक निरीक्षक निष्कासित भएका छन् ।

 परीक्षा केन्द्रमा अङ्ग्रेजी विषयको दिनमा एक परीक्षार्थीको उत्तरपुस्तिका हराएको र केही समय पछि पाइएको भन्ने समाचार प्रकाशन भएको थियो । 

सो विषयमा प्रकाशित समाचारको आधारमा जिल्ला परीक्षा समन्वय समितिले सो केन्द्रमा भौगोलिक रुपमा घटनाको अध्ययन, अनुसन्धान गरेर बैठक बसि केन्द्राध्यक्ष मुकुन्द शर्मा र कक्षा कोठाका निरीक्षक हरिदेवी रावललाई यस वर्षको परीक्षामा नरहने गरि जिम्मेवारीबाट हटाइएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष दीपक पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार केन्द्राध्यक्ष शर्मालाई जिम्मेवारीबाट हटाई सोही विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर शाहीलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । 

त्यस केन्द्रमा चार जनाको कपिको सिरियल समेत नमिलेको लगायतका लापरवाही भएको अनुसन्धानबाट पाइएको प्रजिअ पौडेलले थप्नुभयो ।

यता शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रछाने लुहारका अनुसार लापरवाही भएका केन्द्राध्यक्ष र निरीक्षक उहाँलाई जिम्मेवारीबाट हटाइएको छ । समाचार अनुसार संलग्न भएका भनिएका अन्य व्यक्तिलाई समेत परीक्षामा जिम्मेवारी नदिइने बताउनु भयो ।

सो केन्द्रमा सो विषयको अध्ययन गर्न, अनुसन्धान गर्न शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रछाने लुहार, सुरक्षा निकायको टिम त्यहाँ पुगेर आएपछि जिल्ला सदरमुकाममा जिल्ला परीक्षा समन्वय समितिको बैठक बसेको थियो ।