विनय कसजू स्मृति प्रतिष्ठानले साहित्य, पत्रकारिता र महिला सशक्तीकरण क्षेत्रमा काम गर्ने ६ जनालाई पुरस्कृत तथा सम्मान गरेको छ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले पार्टी पुनःगठन र एकतालाई लिएर गरेको गरेको घोषणाले पार्टी भित्र नयाँ उर्जा र एकताको आवश्यकता झनै स्पष्ट भएको बताउनुभयो ।
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले चालु आर्थिक वर्षको तीन महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ ।
म सपनाको संसारमा भुलेर हावामा तैरिरहेछु । यसैमा अपार आनन्दको अनुभूति गरिरहेछु । यत्तिकैमा मलाई एक्कासि एउटा तर्कना आउँछ । तर्कना त्यतिखेर आउँछ, जतिखेर मेरा आँखा सामुन्ने मध्याह्नको
सुदूरपश्चिम प्रदेशमा पर्ने बाजुरा र कर्णाली प्रदेशमा पर्ने मुगु जिल्लालाई जोड्ने झुगला पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ ।
जब अलेक्जेन्डर बोकर र उनकी श्रीमती जुलिया स्वार्ज आइतबार बिहान ब्युँझिए समाचारका शीर्षक उनीहरूले आशा गरेको जस्तो थिएन । उनीहरूले सञ्चालन गरिरहेको कम्पनीको एउटा ट्रक बोकर अजिलो फर्निचर लिफ्टलाई पेरिसको लुभा सङ्ग्रहालयबाट गरगहना चोरीमा प्रयोग गरिएको र त्यो ट्रक अझै पनि सङ्ग्रहालयको कौसीमुनि रहेको तस्बिर सबैतिर प्रकाशित थियो ।
जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका वाड नं १ देखि ३ सम्मको सडक निर्माणका लागि विनियोजन गरेको रकम सरकारले रोकिएपछि अहिले यहाँका दुर्गम गाउँ बस्तीका स्थानीय निकै आक्रोशित बनेका छन् ।
पश्चिम नेपालकै सबैभन्दा सुविधासम्पन्न सहर नेपालगन्जको नजिकै भएर पनि विगत ५० वर्षदेखि विद्युत माग गर्दै आएका डुडुवा गाउँपालिका–१ चौफेरी र सो वरिपरिका बासिन्दाको बिजुली बाल्ने सपना पूरा भएको छ ।
म्याग्दीको मङ्गला गाउँपालिका– १ कुहुँ गाउँमा सडकछेउछाउमा रोपिएका रङ्गीन फूलहरुले गाउँको आकर्षण बढाएको छ ।
सिन्धुपाल्चोकका किसानहरु परम्परागत खेती छाडेर फुलखेतीअन्तर्गतका कामिनी पत्ता उत्पादनमा लाग्दै आएका छन् । कामिनी पत्ताको पात, हाँगा, फुल विवाह, ब्रतवन्ध, विभिन्न पार्टी, कार्यक्रममा सजावटका लागि प्रयोग गरिन्छ ।
कागखोलामा आएको बाढीले तहसनहस भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीमा सरकारी तथा निजी सहयोगबाट पुनर्निर्माण भइरहेको छ । २०८० साल साउन २८ गते आएको बाढीबाट पीडितलाई राहत तथा प्रभावित क्षेत्रको भौतिक संरचना निर्माणले स्थानीयकै दैनिकी सहज बन्न थालेको छ । पूर्वसूचनाका कारण कुनै मानवीय क्षति नभए पनि सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्धलगायत भौतिक पूर्वाधार गरी एक अर्बको क्षति भएको थियो ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०२५ गण्डकी प्रदेशका विभिन्न जिल्लामा सुरु भएको छ । पोखरामा सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि राज्यदेखि समाजसम्मको सामूहिक प्रतिबद्धता आवश्यक भएको बताउनुभएको छ ।
वैदेशिक रोजगारीमा जाँदा दलालको फन्दामा परेर अलपत्र परेका बैतडीका एक युवाको मालदिभ्सबाट सकुशल उद्धार भएको छ ।
रुपन्देहीमा महिलाले नेतृत्व गरेको एक मात्र सामुदायिक वन जिल्लाकै नमुना बन्दै गएको छ । रुपन्देहीको कञ्चन गाउँपालिका–५, पिपरीचापामा रहेको पिपरीचापा महिला सामुदायिक वन उपभोक्ता समूह जिल्लाकै नमुना बन्न सफल भएको छ ।
हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७२३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ ।