गुल्मी दरबार गाउँपालिका –४ मिसुका स्थित भित्री कच्ची सडकमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । बिरबासबाट मिसुका तर्फजादै गरेको चालक शेरबहादुर ढेंगाले चलाएको लु १ च ४९०६ नम्बरको बलेरो पिकअप जिप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ताप्लेजुङ, तेह्रथम र सङ्खुवासभा जिल्लाको सिमानास्थित तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा गुरास फुल्न थालेको छ ।
कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवातालको बीच भागमा अलपत्र परेका ११ जनाको आइतबार सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले सोमबारदेखि शनिबार र आइतबार बिदा दिने निर्णयलाई उपाभोक्ताले सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताउनुभयो।
नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
रुकुमपश्चिमस्थित नेपाली सेनाको चण्डीदल गणमा भूतपूर्व सैनिक सम्मेलन २०८२ सम्पन्न भएको छ । आइतबार गणको कार्य क्षेत्र रहेको रुकुमपश्चिम र रुकुमपूर्वका भूतपूर्व सैनिकहरुको सहभागितामा सम्मेलन सम्पन्न भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना उपसभापति डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठक आइतबार बसेर विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहलाई प्रदान गरिने अनुदानको सीमा तथा सवारी साधन कर बाँडफाँटसम्बन्धी प्रस्तावहरू स्विकृत गरेको छ ।
रत्ननगर नगरपालिकाले वार्षिक दुई करोड ४० लाख लगानी गरेर माध्यमिक तह (९–१२) मा निःशुल्क शिक्षा लागू गर्ने अन्तिम तयारी गरेको छ ।
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आफ्नो कार्यकालमा पूर्ण निष्पक्ष र तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
निर्वाचन आयोगले मतदाता नामावली सड्ढलन तथा अद्यावधिक कार्यक्रम आइतबारदेखि पुनः सञ्चालन गरेको छ । आयोगको चैत १८ गतेको बैठकले उक्त कार्यक्रम पुनः थाल्ने निर्णय गरेको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. नारायणदत्त कँडेललाई नियुक्त गर्नुभएको छ ।
जनकपुरमा भएको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई एक सय ६३ रनले हरायो । यस्तै वीरगन्जमा भएको अर्को खेलमा लुम्बिनी प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबलाई ५० रनले हरायो ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ स्थित रानीपौवा बसपार्कमा सेताम्मे हिउँमा पार्किमा राखेको सवारीसाधन र आसपासका क्षेत्र।
प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहाली गर्नुभएको छ ।