सप्तरी प्रहरीले कैद तथा जरिवाना तोकिएका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरी बिहीबार अदालतमा पेस गरेको छ। फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरी र ईलाका प्रहरी कार्यालय बोदेबर्साईनबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
महेन्द्र बहुमुखी क्याम्पस दाङको नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । साबिक राप्तीको जेठो क्याम्पसका रूपमा परिचित यो क्याम्पस हाल सुविधासम्पन्न चार तले भवन निर्माणको अन्तिम चरणमा रहेको छ ।
खोटाङको सुन्तलाको राजधानी भनेर परिचित घोर्ले गाउँबाट एक वर्षमा डेढ करोड बढीको सुन्तला बिक्री हुने गरेको छ।
सर्लाहीको चन्द्रनगरमा बिहीबार बिहान मोटरसाइकल चोरी गरेर भाग्दै गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
बैतडीस्थित ट्रमा सेन्टर सञ्चालनमा आउन सकेको छैन । पाटन नगरपालिका–८ खोड्पेस्थित ट्रमा सेन्टरका लागि निर्माण गरिएका संरचना प्रयोगविहीन बनेका छन् ।
ठाउँ ठाउँमा रोपाइँ महोत्सव गर्दै आएको पर्यटन राजधानी पोखरामा दाइँ महोत्सव हुने भएको छ । परम्परागत कृषि प्रणाली जोगाउँदै पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले यही मङ्सिर १३ गते शनिबार दाइँ महोत्सव गर्न लागिएको हो ।
नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि लमजुङबाट महाधिवेशन प्रतिनिधि छनोट हुन ४० जना आंकक्षी देखिनुभएको छ । लमजुङबाट महाधिवेशन प्रतिनिधि १० जना मात्र सहभागी हुन पाउने भए पनि ४० जनाले उम्मेदवारी दर्ता गराउनुभएको कार्यालय सचिव सरोज विश्वकर्माले बताउनुभयो ।
सधैं तरकारी उत्पादनको जिल्लाका रुपमा रहेको इलाममा पछिल्लो समय तरकारीको मूूल्य आकाशिएको छ । मंसिरको दोस्रो साता हुँदै गर्दा विगत वर्षमाभन्दा तरकारी र दालको मूूल्य बढी रहेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले ट्रेड युनियन नै प्रजातन्त्रको जरा भएको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।
एकल कातामा नेपालको प्रतिनिधित्व गर्नुभएकी सानुमायाले तीनवटै खेलमा हार खेप्नुभयो ।
१२५ वर्षको गौरवशाली इतिहास बोकेको देशको सबैभन्दा पुरानो सञ्चार गृह ‘गोरखापत्र संस्थान’ औपचारिक रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुने भएको छ।
नेपालगन्ज उपमहानगरपालिकाले डोजर चलाएर रत्न राजमार्ग अन्तर्गत सुर्खेतरोडको विपी चोकदेखि धम्बोजी चोकसम्म सडकको दुवैतर्फको नालादेखि सात फिटभित्र पर्ने संरचना हटाउन सुरु गरेको छ ।
गण्डकी प्रदेशसभाबाट पारित भएका दुई विधेयक प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रमाणीकरण गर्नुभएको छ ।
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई ढाकाको एक विशेष अदालतले भ्रष्टाचार तथा षड्यन्त्रसँग सम्बन्धित तीन वटा धोखाधडीका मुद्दामा २१ वर्षको जेल सजाय सुनाएको छ ।