उदयपुरको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद सूर्यबहादुर तामाङले मुलुकमा विधिको शासन स्थापना र सुशासनका लागि आफूले प्रतिनिधि स
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुलुङ भाषा
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक सोमबार दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
निर्झर दिलचेत वाङ्मय प्रतिष्ठानले भाषा, साहित्यलगायत विभिन्न विधामा स्रष्टा सम्मान गरेको छ । राजधानीमा आयोजित सम्मान कार्यक्रममा कीर्तिगौरव सम्मानबाट भाषाविद् मुकुन्दशरण उपाध्याय सम्मानित हुनुभएको छ ।
प्रदीपकुमार चौधरी (पिके) को डेब्यु निर्देशकीय चलचित्र ‘तरङ्ग’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । देवदत्त क्रियसनले आइतबार चलचित्रको पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा प्रमुख कलाकारद्वय वरुण अधिकारी र रविना केसी देखिनुभएको छ । उत्सव पाण्डेले तयार गर्नुभएको पोस्टरमा कलाकारद्वय अधिकारी र केसीको मौन प्रेमभाव झल्कन्छ । चलचित्रमा वरुण र रविनासँगै बारात लिम्बू, कृष्ण थापा, सारा राई, उज्ज्वल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सन्जोग, विशाल सेनेहाङ र बालकलाकार प्रंशु चौधरी प्रमुख भूमिकामा देखिनुभएको छ ।
नेपाल आयाल निगमनले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ । मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले गरेको शनिबार र आइतबार बिदा दिने निर्णयलाई उपाभोक्ताले सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी नेतृत्वका लागि उम्मेदवारी दिने व्रmम सुरु भएको छ । यसअघि वस्तुगततर्फको समूहले उम्मेदवारी दिएकोमा एसोसिएटतर्फ पनि समूह बनाएर उम्मेदवारी घोषणा हुन थालेको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ सरकारले निजी क्षेत्रलाई हेर्ने र परिभाषित गर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको आठौँ प्रदेश सभाको उद्घाटन गर्दै उहाँले नयाँ सरकारले निजी क्षेत्रलाई प्रवर्धन गर्ने कार्यक्रम लागु गरेकोमा स्वागत पनि गर्नुभयो । उहाँले अब सरकारबाट पहिले थुन्ने अनि सुन्ने क्रम बन्द हुने आश्वासन पाएको बताउनुभयो हो ।
अर्थतन्त्रमा कर्जा प्रवाह बढाउने उद्देश्यसहित नेपाल राष्ट्र बैङ्कले साना तथा मझौला उद्योग (एसएमई) कर्जाको जोखिमभार घटाएको छ । नयाँ व्यवस्थालाई उत्पादनमूलक क्षेत्र पुनर्जीवनतर्फको सङ्केतका रूपमा हेरिएको छ ।
शैक्षिक सत्र सुरु नहुँदै विद्यालयले भर्नाको नाममा विद्यार्थीबाट शुल्क असुल्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै प्रकारका शैक्षिक संस्थालाई सचेत गराएको छ । शैक्षिक सत्र सुरु नहुँदै भर्ना गरेर विद्यार्थीबाट असुलेको रकम फिर्ता गर्न मन्त्रालयले आइतबार निर्देशन दिएको छ । शुल्क फिर्ता गराउने प्रक्रिया तत्काल सुरु गर्न स्थानीय तहलाई निर्देशन दिँदै मन्त्रालयले फिर्ता नगरेमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप ३३ जना विशेषज्ञ चिकित्सक तथा जनस्वास्थ्य प्रशासकको काज फिर्ता गरेको छ । मन्त्रालयले पहुँचका आधारमा सुगम क्षेत्रका अस्पतालमा काज मिलाएर लामो समयदेखि कार्यरत विशेषज्ञ चिकित्सक तथा जनस्वास्थ्य प्रशासकको दरबन्दी भएको स्थानमै पठाउने निर्णय गरेको छ ।
ट्रमाटिक ब्रेन इन्जुरी (मस्तिष्कमा गम्भीर चोट) भोगेका बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित डकुमेन्ट्री फिल्म “द एभरेस्ट ड्रीम” आज नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा प्रिमियर गरिएको छ। प्रिमियर कार्यक्रममा उपस्थित नेपालका लागि बेलायती राजदूत रब फेन डकुमेन्ट्री फिल्म हेरेर भावुक हुनुभयो ।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमा आक्रमण गरेलगत्तै लागू गरिएको इरानको इन्टरनेट अवरूद्धता अहिलेसम्म रेकर्ड गरिएको ‘सबैभन्दा लामो’ राष्ट्रव्यापी अवरूद्धता भएको इन्टरनेट अनुगमन तथा विश्लेषण गर्ने संस्था नेटब्लक्सले जनाएको छ।