गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २३ गते । निर्झर दिलचेत वाङ्मय प्रतिष्ठानले भाषा, साहित्यलगायत विभिन्न विधामा स्रष्टा सम्मान गरेको छ । राजधानीमा आयोजित सम्मान कार्यक्रममा कीर्तिगौरव सम्मानबाट भाषाविद् मुकुन्दशरण उपाध्याय सम्मानित हुनुभएको छ ।
यसै गरी काव्यगौरव सम्मानबाट प्राडा विष्णुविभु घिमिरे हुनुभएको छ भने नारी सेवा सम्मान भुवन गिरीलाई प्रदान गरिएको छ । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वन्यायप रिषद्का सदस्य रामप्रसाद श्रेष्ठ र राजनीतिज्ञ प्रेम कैदीले संयुक्त रूपमा उहाँहरूलाई सम्मान गर्नुभएको थियो ।
पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले भाषा नै सार्वभौम राष्ट्र र सम्पूर्ण नेपालीको अस्तित्व रहेको बताउनुभयो । उहाँले भाषाको रक्षा गर्ने दायित्व राष्ट्रका तिनै अङ्ग र सम्पूर्ण नेपालीको रहेको बताउनुभयो । कार्यक्रममा वरिष्ठ अधिवक्ता परशुराम कोइरालाले काव्य वाचन गरेर सबैलाई सिर्जनात्मक सन्देश दिनुभएको थियो ।